मध्यपश्चिम विश्वविद्यालयले माग्यो इन्जिनियरिङ संकायमा ३ जना सह–प्राध्यापक (सूचना सहित)

मध्यपश्चिम विश्वविद्यालयले माग्यो इन्जिनियरिङ संकायमा ३ जना सह–प्राध्यापक (सूचना सहित)



engineersnepal.com

मध्यपश्चिम विश्वविद्यालयले इन्जिनियरिङ संकायमा ३ जना सह–प्राध्यापक माग गरेको छ। विश्वविद्यालयले कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र हाइड्रोपावर इन्जिनियरिङ विषयमा सह–प्रध्यापक माग गरेको हो । 

विश्वविद्यालयले करारमा पदपूर्तिको लागि योग्यता पुगेका व्यक्तिहरुले सह–प्रध्यापक पदमा दरखास्त हाल्न सक्ने जनाएको छ। 


ADVERTISEMENT

सह–प्रध्यापकहरुका लागि विशेष दक्षता भएको र सञ्चालनमा रहेका कार्यक्रमहरुको प्रभावकारी नेतृत्व गर्न सक्ने हुनुपर्ने विश्वविद्यालयले जनाएको छ। इन्जिनियरिङमा पीएचडी गरेकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ। 

विश्वविद्यालयले छनोट गर्दा महिला इन्जिनियरलाई बढी प्राथमिकता दिने पनि उल्लेख गरेको छ।



Your Comments