समयमै काम नगर्ने ४ निर्माण कम्पनीलाई स्पष्टीकरण, एक हप्ताभित्र पेस नगरे कालो सूचीमा पर्ने

समयमै काम नगर्ने ४ निर्माण कम्पनीलाई स्पष्टीकरण, एक हप्ताभित्र पेस नगरे कालो सूचीमा पर्ने



engineersnepal.com

सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम नगर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ। अनुगमन कार्यालयले कालोसूचीमा राख्न सिफारिस भएका ४ वटा निर्माण कम्पनीलाई स्पष्टीकरण माग गरेको हो। 

सोयाङ निर्माण सेवा मकवानपुर, फ्रेन्डस् अर्विट कन्सट्रक्सन सर्भिसेज झापा, एल.पी कन्स्ट्रक्सन एन्ड सप्लायर्स र कालिगंगा निर्माण सेवा पर्वत संग स्पष्टीकरण माग गरिएको छ। 


ADVERTISEMENT

सार्वजनिक खरिद अनुगमन कार्यालयले ४ निर्माण कम्पनीलाई ३० दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न सूचना पठाएपनि हालसम्म स्पष्टीकरण पेश नभएको जनाएको छ। 

कार्यालयले अबको एक हप्ताभित्र सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम ४ क को प्रयोजनार्थ लिखित स्पष्टीकरण पेस गर्न सूचित गरेको छ। अनुगमन कार्यालयले स्पष्टीकरण पेश नगर्ने निर्माण कम्पनीलाई स्वत कालोसूचीमा राख्ने छ।



Your Comments