उर्जा सम्मेलनको दोस्रो दिनः विद्युतीय गाडीदेखि जलविद्युतमा लगानीसम्मको चर्चा

उर्जा सम्मेलनको दोस्रो दिनः विद्युतीय गाडीदेखि जलविद्युतमा लगानीसम्मको चर्चा


इन्जिनियर्स नेपाल |  मंसिर ६, २०७६, काठमाडौं


engineersnepal.com

उर्जा सम्मेलनको दोस्रो दिन प्रदुषण कम गर्न विद्युतको प्रयोग मागदेखि हेजिङ फण्ड सम्मको चर्चा भएको छ।
सम्मेलनमा बोल्ने वक्ताहरुले प्रदुषणको विकल्पमा विद्युतीय गाडीलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिए। साथै, जलविद्युतमा लगानीको आवश्यकतालाई समेत औँल्याए।

कन्साइ पावर जापानका महाप्रबन्धक मिचियाकी मास्टुमुराले नेपालमा जलाशय जलविद्ययुत आयोजनाको निर्माणमा ठूलो लगानी आवश्यक पर्ने बताए। उनले तमोर, उत्तरगंगा, दूधकोसी, नलसिंहगाडलगायत आयोजनामा धेरै लगानी चाहिने बताए। 

साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणी दिक्षितले अहिले ७० प्रतिशत सवारी इन्धनबाट चल्ने भएकाले प्रदुषण बढेको बताए।  वातावरण प्रदुषणको म्रमुख कारण यातायात नै रहेको भन्दै उनले विद्युतयि गाडी नै यो प्रदुषणको विकल्प रहेको बताए। 



Your Comments