काठमाडौंमा पावर समिटि सुरु, क्षेत्रीय बजार विस्तारमा नेपाललाई सहयोग

काठमाडौंमा पावर समिटि सुरु, क्षेत्रीय बजार विस्तारमा नेपाललाई सहयोग


इन्जिनियर्स नेपाल |  मंसिर ६, २०७६, काठमाडौं


engineersnepal.com

बिहिबारदेखि काठमाडौंमा ऊर्जा सम्मेलनको सातौं संस्करण ‘पावर समिट २०१९’ सुरु भएको छ । 

क्षेत्रीय विधुतको विकास तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको सम्मेलनको उद्घाटन ऊर्जा ,जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले गरे।

 दुई दिन सम्म चल्ने सम्मेलनको उद्घाटन गर्दै मन्त्री पुनले सरकारले आगामी ५ वर्षमा विद्युत उत्पादन हालको तुलनामा पाँच गुणा बढाउने लक्ष्य राखेकाले यसमा सहयोग गर्न लगानीकर्तालाई आग्रह गरे।

सम्मेलनमा नेपालसहित विभिन्न देशका मन्त्रीहरुको सहभागीता छ। बंगलादेशका विद्युत, ऊर्जा तथा खनिजमन्त्री नसरुल हमिदले नेपाल र बंगलादेशबीच विद्युत विकासमा सहकार्य गर्ने समझदारी भएको सोहीअनुसार काम अगाडि बढेको बताए।

भुटानका आर्थिक मामिला मन्त्री लोकनाथ शर्मा क्षेत्रीय विद्युत विस्तारका लागि प्रसारण लाइन महत्त्वपूर्ण रहेकाले यसमा भारत र बंगलादेशसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए।

सम्मेलनमा ।इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले विद्युतको बजार खोज्नमा सम्मेलनले सघाउ पुर्याउने विश्वास ब्यक्त गरे।

सम्मेलनमा छिमेकी देश, विकास साझेदार तथा सरोकारवाला निकायले विद्युतको क्षेत्रीय बजार विस्तारमा नेपाललाई सहयोग गर्ने बचन दिए।



Your Comments