स्काफ र पुनर्निर्माण प्राधिकरणको आयोजनामा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै

स्काफ र पुनर्निर्माण प्राधिकरणको आयोजनामा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै


इन्जिनियर्स नेपाल |  मंसिर २, २०७६, काठमाडौं


engineersnepal.com

सोमबारदेखि काठमाडौंमा रेजिलेन्ट इन्फ्रास्ट्रक्चर फर बेटर टुमरो (उज्जवल भविष्यका लागि दिगो पूर्वाधार) विषयक तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

नेपालको पूर्वाधार क्षेत्रमा नयाँ आयाम थप गर्ने उद्देश्यसहित आयोजन भएको सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञ, सरोकारवाला, परामर्शदाता, निर्माण व्यवसायी, नेपालका सरकारका विभिन्न निकायका प्रतिनिधि, इञ्जिनियरलगायतको सहभागिता रहनेछ।

सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस (स्काफ) को २९ औं वाषिकोत्सवको अवसरमा सुरु भएको सम्मेलनमा इन्जिनियरिङ, परामर्श र निर्माण क्षेत्रमा ज्ञान, सीप तथा नवीनतम प्रविधि हस्तान्तरणबारे बृहत् छलफल हुने स्काफका महासचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

सम्मेलनका व्यवस्थापक ठाकुरप्रसाद शर्मा मल्लकालिन संरचना आजसम्म भएकाले आजका संरचनालाई पनि कसरी सदियौँसम्म जिवित राख्न सकिन्छ भन्ने विषयमा समेत सम्मेलनमा छलफल गरिने बताउँछन् ।

देश र समाजको आवश्यकताअनुसार नेपालमा सम्मेलन गर्न लागिएको स्काफका पूर्वअध्यक्ष एवं नेपाल इन्जिनियर्स एसोसियनका निवर्तमान अध्यक्ष हरेराम श्रेष्ठको भनाई छ । भन्छन्, ‘भूकम्पपछि देशले भोग्नुपरेको समस्यालाई फोकस गरेर कार्यक्रम हुँन लागेकाले यसको सान्दर्भिकता देखिएको छ।’

सम्मेलन स्काफ र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको संयुक्त आयोजनामा सुरु भएको हो ।



Your Comments