कल्याम्पहूकले एनईएको तयारी कक्षा संचालन गर्ने

कल्याम्पहूकले एनईएको तयारी कक्षा संचालन गर्ने


इन्जिनियर्स नेपाल |  असोज ७, २०७९,


engineersnepal.com

कल्याम्पहूक  एकेडेमीले सेप्टेम्बर २२ बाट नेपाल विद्युत प्राधिकरण मा तह ७ ईन्जिनियरका रूपमा प्रवेश गर्न चाहने इन्जिनियरहरूका लागि न्यूनतम शुल्कमा अनलाइन लोकसेवा कक्षाहरू अनलाइन सञ्चालन गर्ने तयारी गरेको छ।
 
प्राधिकरण नेपालको सबैभन्दा प्रतिष्ठित र नाफा कमाउने सरकारी संस्थान हो। यसले नेपालमा विद्युतीय ऊर्जाको उत्पादन, प्रसारण र वितरणको काम गर्छ। 

भर्खरै प्राधिकरणले ईलेक्ट्रीकल इन्जिनियर १७ सिट, सिभिल इन्जिनियर १० सिट र मेकानिकल इन्जिनियर ४ सिट को लागि दरखास्त आवेदन माग गरेको छ । 


ADVERTISEMENT

प्राधिकरणले प्रथम पत्र  र द्धतिय पत्र गरेर परीक्षा लिने गरेको छ । 
 
कल्याम्पहूक एकेडेमीले सरकारी जागिरका लागि इञ्जिनियरहरूका लागि बिभिन्न तयारी कक्षाहरू उपलब्ध गराउँदै आएको छ । संस्थापक बिक्की छन्त्यालका अनुसार कल्याम्पहूक ले धेरै विद्यार्थीहरूलाई स्मार्ट सिकाइमार्फत आफ्नो लक्ष्य हासिल गर्न मद्दत गरेको छ। 

प्राधिकरणको तयारी कक्षाहरूका लागि संकाय सदस्यहरूमा लोकसेवा तयारीको क्षेत्रमा गतिशील, ऊर्जावान र अनुभवी शिक्षकहरू समावेश छन्, साथै एनईएका इन्जिनियरहरूले आकांक्षीहरूलाई उनीहरूको तयारीमा मार्गदर्शन गर्नेछन्।
 
पाठ्यक्रमको कुल शुल्क न्यूनतम दश हजार रुपैयाँ तोकिएको छ। यो रकममा परीक्षाको पहिलो र दोस्रो पेपर दुवैको शुल्क समावेश छ।
 
 



Your Comments