कोरोनाका कारण थन्कियो इन्जिनियरिङ विधेयक

कोरोनाका कारण थन्कियो इन्जिनियरिङ विधेयक

‘लाइसेन्स लिन परीक्षा दिनुपर्ने प्रावधान कार्यान्वयनमा बिलम्ब’


इन्जिनियर्स नेपाल |  चैत २५, २०७६, काठमाडौं


#
engineersnepal.com

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण इन्जिनियरिङ विधेयक संसदमा थन्किएको छ । 

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले २९ जेठ २०७६ मा दर्ता गरेको ‘नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन विधेयक, २०७६’ राष्ट्रिय सभाले ९ पुष २०७६ मा पारित गरी प्रतिनिधि सभामा पठाएको थियो । 


ADVERTISEMENT

प्रतिनिधि सभाले पनि दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पठाएको छ । तर, प्रतिनिधि सभाको संसदीय विषयगत समितिमा दफावार छलफलको प्रारम्भ हुन सकेन । कारण– कोरोना भाइरसको महामारी । 

कोरोना भाइरसको जोखिम न्युनीकरण गर्न सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनका कारण बैठक बस्न नसक्दा प्रस्तावित विधेयकले संसदमा अपेक्षित गति लिन नसकेको हो ।
 
सोमबारबाट संघीय संसदको अधिवेशन नै अन्त्य भएको छ । यो विधेयक चालु अधिवेशनमा पास गर्ने तयारी थियो । तर, संसदको बैठक नै बस्न नसक्दा चालु अधिवेशनले पार लगाउन सकेन ।

 

इन्जिनियरिङ विधेयकः कलेजलाई सम्बन्धन परिषद्ले दिने कि बिश्वविद्यालयले  ?
 

आगामी बर्खे अधिवेशनलाई बजेट अधिवेशन समेत भनिन्छ । १५ जेठमै आगामी वर्षको बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता छ । जसले गर्दा आगामी अधिवेशन बजेटमै केन्द्रित हुनुको विकल्प छैन ।
 
‘परीक्षाको प्रावधान कार्यान्वयनमा बिलम्ब’

खासगरी यो विधेयकमार्फत सरकारले इन्जिनियरिङ लाइसेन्स लिन परीक्षा दिनुपर्ने प्रावधान कार्यान्वयनामा ल्याउन खोजेको छ । तर, विधेयक अधिवेशन नै अन्त्य भएका कारण कानुन बन्न समय लाग्दा इन्जिनियरले लाइसेसन्स दिन परीक्षा दिनुपर्ने प्रावधान कार्यान्वयनमा बिलम्ब हुनेछ । 

यता नेपाल इन्जिनियरिङ काउन्सिलले भने लाइसेन्स परीक्षाका लागि पाठ्यक्रमको प्रारुपको तयारी अगाडि बढाएको छ ।

 

५३ हजार ३९५ इन्जिनियर काउन्सीलमा दर्ता
 

 

एसोसिएशनको चुनाव अघि पास गर्ने दबाब

नेपाल इन्जिनियर्स एसोसिएशनको ३२ औं कार्यकारिणी समितिको निर्वाचनका बेला यो विषय निकै जोडतोडले उठेको थियो । 

धेरै मुद्वा मध्ये यो विषयलाई पनि प्रमुखताका साथ उठाएर चुनाव जितेका वर्तमान पदाधिकारीहरु जसरी पनि आफ्नो कार्यकालमा इन्जिनियरले लाइसेन्स लिनु अघि परीक्षा दिनुपर्ने प्रावधान कार्यान्वयनमा ल्याउन चाहन्छन् । 

त्यसकारण एसोसिएशनको आगामी चुनाव अघि इन्जिनियरिङ विधेयक पास गर्ने दबाब सरकारलाई बर्तमान पदाधिकारीहरुको छ । तर, विधेयक संसदमा रहेका कारण सरकारले चाहँदैमा छिटो हुने भन्ने ज्ञारेण्टी हुन्न । तथापि, एसोसिएशनको चुनाव अघि यो विधेयक पास गर्ने गरी वर्तमान पदाधिकारीहरुले भूमिका खेल्ने विश्वास कतिपयको छ । 

एसोसिएशनको अर्को चुनाव नियमित कार्यतालिका अनुसार २०७७ मंसिरमा हुनेछ । विशेष परिस्थिति भन्दै तीन महिनासम्म चुनाव सार्न सक्ने व्यवस्था पनि छ ।

 

शक्तिशाली बन्दै इन्जिनियरिङ परिषद, लाइसेन्स लिन परीक्षा दिनुपर्ने (विधेयकसहित)

 


 



Your Comments