नेईए महासचिवका बलिया उम्मेदवार डा.ढकाल : यस्ता छन् चुनावी एजेण्डा

नेईए महासचिवका बलिया उम्मेदवार डा.ढकाल : यस्ता छन् चुनावी एजेण्डा


इन्जिनियर्स नेपाल |  फागुन २२, २०७८,


engineersnepal.com

२२ फागुन, काठमाडौं । लामो समयदेखि स्थगित हुँदै आएको नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचन यहि २७ गते हुँदैछ । यतिखेर उम्मेद्बारहरु भोट माग्न व्यस्त छन् । 

 


ADVERTISEMENT

यसैअन्तर्गत एकीकृत प्रगतिशील इन्जिनियर समूहबाट महासचिवमा उम्मेद्बारी दिएका डा. शंकर ढकालले आफुलाई मतदान किन गर्ने ? भनेर चुनावी एजेन्डासहित प्रस्तुत भएका छन् । महासचिवका उम्मेद्बार ढकाल नेपालको पुनर्निर्माणमा स्वतन्त्र हिसाबले नवीन भुकम्प प्रतिरोधी प्रविधिको बिकाश र प्रविधि हस्तान्तरण गर्ने व्यक्ति रुपमा चिनिन्छन्। 

 

त्यस्तै विश्व भर कोभिड आक्रान्त भएको अबस्थामा नेपालमा विभिन्न खाले प्रतिकार प्रबिधि बिकाश गरि हरेक व्यक्तिको सजिलै सँग टेस्ट गर्न प्रयोग हुने स्वाब संकलन लगायतका प्रबिधिको बिकाश गर्ने समूहको प्राविधिक नेतृत्व गरेको व्यक्तिको रुपमा परिचय बनाएका छन् । नेपाली इन्जिनियरहरुको हकहित र आवाजलाई स्थापित गर्नको लागि अस्ट्रेलिया छोडेर ढकाल नेपाल आएका हुन्।

 

‘उम्मेद्बारी हकमा उमेर हद बन्दी राखेर नेइएलाई थप राजनीतिककरण गरेका छन, जुन अप्रजातान्त्रिक र अप्रगतिशिल छ ।  यसलाई बदलेर सम्पुर्ण नेइए सदस्यले स्वस्फूर्त उम्मेद्बारी दिन पाउने व्यवस्था गर्ने मेरो प्रतिवद्धता छ’ ढकालले सुनाए । 

 

इन्जिनियर्स एशोसिएसनलाई नेपाल बार एशोसिएसन, मेडिकल काउन्सिल जस्तो गरिमामय अवस्थामा पुर्याउने प्रमुख एजेन्डा ढकालको छ । यस्तै, देशकै दुर्गम ठाउमा काम गर्दै आएको इन्जिनियर र बिदेशमा रहेका इन्जिनियरको लागि मध्यनजर गर्दै अनलाइन भोटिङको व्यवस्था गर्ने उनको अर्को एजेन्डा हो । 

 

‘इन्जिनियर र आर्किटेकको एकतालाई हामीले मुख्य एजेन्डाका साथ अगाडी बढाएका छौ’, डा. ढकालले थपे ।  उमेर हदको विषयमा पनि उनी असन्तुष्ट छन र परिवर्तन गर्न चाहन्छन् । ‘मुख्यत यस भन्दा अगाडीका नेइएका टिमले उम्मेद्बारी हकमा उमेर हद बन्दी राखेर नेइएलाई थप राजनीतिककरण गरेका छन, जुन अप्रजातान्त्रिक र अप्रगतिशिल छ ।  यसलाई बदलेर सम्पुर्ण नेइए सदस्यले स्वस्फूर्त उम्मेद्बारी दिन पाउने व्यवस्था गर्ने मेरो प्रतिवद्धता छ’ ढकालले सुनाए । 

 

विभिन्न क्षेत्रमा कार्यरत इन्जिनियरहरुलाई  विशेष व्यवसायिक स्वास्थ्य र सुरक्षा (अकुपेश्नल हेल्थ एण्ड सेफ्टी) को व्यवस्था गरिनेछ । उनी भन्छन् ‘नेइएलाई राजनीतिक रुपमा ग्रसित हुन बाट बचाइ विशुद्ध पेशागत, निश्पक्ष, पारदर्शी  समाबेशी र समाजबादको बाटोमा लैजानको लागि मेरो उम्मेद्बारी रहेको छ ।’

 

नेपाल इन्जिनियरिङ काउन्सिलको सदस्यका लागि परिक्षा लिने व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता पनि डा. ढकालले व्यक्त गरे। प्राबिधिक क्षेत्रमा खोज अनुसन्धान तथा आविष्कार गर्न छुट्टै अनुसन्धान र विकास शाखा (रिसर्च एण्ड डेभलेपमेन्ट विङ्ग्स) विकास गर्ने प्रतिवद्धता पनि डा. ढकालको समूह एकीकृत प्रगतिशील प्यानलको रहेको छ ।

 

देश तथा विदेशमा रहनु हुने सम्पुर्ण इन्जिनियरहरुलाइ एकतावद्व गर्न र नेइएका गतिविधि जोड्ने प्रविधिको बिकाश गर्ने मुख्य चुनौती रहेको ढकाल बताउँछन् । हरेक बर्ष हजारौं इन्जिनियरहरु उत्पादन भएका छन् तर, तिनको रोजगारीको ग्यारेन्टीको लागि नेपाल सरकार र सम्बन्धित निकायहरुमा दरबन्दी बढाएर इन्जिनियरहरुको उचित व्यवस्थापनको लागि काम गर्ने र न्यूनतम र वैज्ञानिक पारिश्रमिक अनिवार्य लगू गर्ने मुद्धालाई डा. ढकालले आफ्नो चुनावी एजेण्डा स्वरुप जोडदार रुपमा उठाएका छन् । 
 



Your Comments