इन्जिनियर्स दिवसको विशेष तयारी गर्दै नेइए, प्रधानमन्त्रीले उद्घाटन गर्ने

इन्जिनियर्स दिवसको विशेष तयारी गर्दै नेइए, प्रधानमन्त्रीले उद्घाटन गर्ने


इन्जिनियर्स नेपाल |  असार २०, २०७६, काठमाडौं


engineersnepal.com

नेपाली इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एशोसिएसनले ५७ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विविध कार्यक्रम गरी मनाउने घोषणा गरेको छ ।

नेपाल इन्जिनियर्स एशोसिएसनले हरेक वर्ष साउन ३ गतेलाई ‘इन्जिनियर दिवस’ को रुपमा विभिन्न कार्यक्रमहरुसहित मनाउँदै आएको छ । यो वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त दिवस उद्घाटन गर्ने कार्यक्रम रहेको एशोसिएनले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

कार्यक्रममा एशोसिएसनका अध्यक्ष प्रा.डा. त्रिरत्न बज्राचार्यले अहिलेको विश्वसको लागि ज्ञान नै ठूलो पुँजी भएको भन्दै चीन, सिंगापुरजस्ता विकसित राष्ट्रमा इन्जिनियरहरुले देश हाँकेको सुनाए । उनले यो वर्षको ईन्जिनियर दिवसका अवसरमा आयोजित विभिन्न सत्रहरुबाट आएका सुझावहरुलाई एकीकृत गरेर सरकारलाई बुझाउनेपनि स्पष्ट पारे ।

आफूहरुले पनि ‘ज्ञान नै शक्ति र श्रम नै भक्ति’ हो भन्ने मूल नारा आत्मासत गरेर अघि बढ्दै आएको बज्राचार्यले बताए । उनले भने,‘अहिले हामी ५२ हजार इन्जिनियरहरु रजिस्टर छौं । अहिले विभिन्न ४२ विधा छन् । हाम्रो मुल लक्ष्य भनेको नै सबै इन्जिनियरहरुलाई एक बनाउने हो ।’

उनले एशोसिएसनले अहिले गुणस्तरीय इन्जिनियरिङ सेवा र शिक्षालाई एकसाथ अघि बढाएको पनि विश्वास दिलाए । त्यस्तै, यो पेशा नै जोखिमयुक्त पेशा भएकोले आफूहरुले इन्जिनियहरुको सामूहिक दुर्घटना बीमाको माग गरेको पनि उनले स्पष्ट पारे ।

विकासका कार्यक्रम लिएर जनताको घरदैलोमा पुग्ने इन्जिनियरहरुको सेवालाई अधिकारसम्पन्न बनाउनु सरकारको कर्तव्य भएको एशोसिएनको ठम्याई छ । विज्ञप्तीमा भनिएको छ,‘यही यथार्थलाई आत्मसात गर्दै हामीले यस वर्ष ‘५७ औं इन्जिनियर दिवस’ को मूल नारा ‘समृद्ध नेपाल निर्माणका लागि इन्जिनियरिङ सेवा’ तय गरेका छौ ।’

इन्जिनियर दिवस समारोहमा मुलुकको समग्र पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका इन्जिनियरहरुको योगदानलाई समाजमा उजागर गर्ने उद्देश्यका साथ यस वर्ष एशोसिएसनले आगामी २०७६ साउन ३ र ४ गते दुई दिनसम्म भव्यताका साथ मनाउनका लागि काठमाडौंभित्र राष्ट्रियसभा गृह प्रदर्शनीमार्ग, र बाहिर प्रदेश राजधानीस्थित् एशोसिएसनका प्रादेशिक कार्यालयहरु धनगढी, सुर्खेत, बुटवल, पोखरा, हेटौंडा, जनकपुर र विराटनगरमासमेत विविध कार्यक्रमहरुको तय गरि मनाउन लागिएको पनि एशोसिएसनले स्पष्ट पारेको छ ।

त्यस्तै, उक्त अवसरमा इन्जिनियर समुदायको तर्फबाट समाज तथा राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्याउने इन्जिनियर–आर्किटेक्ट तथा संस्थालाई ६ओटा विधामा सम्मान गरिने कार्यक्रम रहेको पनि एशोसिएसनका महासचिव छविराज पोख्रेलले जानकारी दिए ।

उनकाअनुसार लाईफ टाईम अचिभमेन्ट अवार्ड (५ जना सदस्यहरुले संयुक्त सिफारिस गरी पठाउनुपर्ने), डिस्टिंग्युस्ड ईन्टरप्रेनरसिप अवार्ड, मार्टी नवराज विष्ट मेमोरियल अवार्ड, आउटस्ट्याण्डिङ युथ प्रोफेस्नल अवार्ड, आउटस्ट्याण्डिङ वुमन इन्जिनियर अवार्ड र इन्जिनियर्स अप्रिसिएसशन अवार्ड प्रदान गरिने कार्यक्रम रहेको छ ।

इन्जिनियरिङ र पूर्वाधार विकासको क्षेत्रमा देखिएका समस्या, भईरहेका प्रगतिहरु र अब अबलम्बन गर्नुपर्ने नीतिका सन्दर्भमा इन्जिनियर समुदायको तर्फबाट पेश गरिने प्रस्तुती उपर विस्तृत छलफल चलाई निष्कर्ष निकालिने छ । विभिन्न प्राविधिक सत्रको विशेष महत्व रहने छ ।’

विकासका कार्यक्रम लिएर जनताको घरदैलोमा पुग्ने इन्जिनियरहरुको सेवालाई अधिकारसम्पन्न बनाउनु सरकारको कर्तव्य भएको एशोसिएनको ठम्याई छ । उसले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘यही यथार्थलाई आत्मसात गर्दै हामीले यस वर्ष ‘५७ औं इन्जिनियर दिवस’ को मूल नारा ‘समृद्ध नेपाल निर्माणका लागि इन्जिनियरिङ सेवा’ तय गरेका छौ ।’

समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्न इन्जिनियरहरुको सशक्तिकरण हुनुपर्ने विषयलाई आफूहरुले विगतदेखि नै महत्वका साथ उठाउँदै आएको पनि महासचिव पोख्रेलले जनाए ।

विज्ञप्तीमा थप भनिएको छ, ‘यस ‘५७ औं इन्जिनियर दिवस’ को अवसरमा साउन ३ गतेका दिन पूर्वाधार विकासको क्रममा पेशागत इन्जिनियरहरुले भोग्दै आएका समस्या र चुनौती लगायतका विषयमा गहन वहस हुनुको साथै मूल नारामा केन्द्रित भई गरिने सेमिनारमा नेपाल सरकारका संवन्धित मन्त्रालयका माननीय मन्त्रीज्यूहरु लगायत विभिन्न राजनैतिक दलबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने माननीय युवा नेतृत्वहरुलाई आमन्त्रण गरी इन्जिनियरिङ र पूर्वाधार विकासको क्षेत्रमा देखिएका समस्या, भईरहेका प्रगतिहरु र अब अबलम्बन गर्नुपर्ने नीतिका सन्दर्भमा इन्जिनियर समुदायको तर्फबाट पेश गरिने प्रस्तुती उपर विस्तृत छलफल चलाई निष्कर्ष निकालिने छ । विभिन्न प्राविधिक सत्रको विशेष महत्व रहने छ ।’

त्यसैगरी साउन ४ गतेका दिन नेपालको उर्जा, सिंचाइ तथा खानेपानी, यातायात पूर्वाधार, संघीयता कार्यान्वयन, सुशासन र सूचना प्रविधिका सम्बन्धमा ३ वटा प्राविधिक सत्रको आयोजना गर्न लागिएको पनि उनले जनाए ।

उक्त दिवसको अवसरमा रक्तदान कार्यक्रम, वृक्षारोपण, विभिन्न विधाका उत्कृष्ट इन्जिनियर तथा अन्य व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम, अन्तरकृया तथा सेमिनार र सांस्कृतिक कार्यक्रम आयोजना गरिने पनि एशोसिएनले जनाएको छ । पत्रकार सम्मेलनको सञ्चालन एशोसिएसनका उप–महासचिव कपिल आचार्यले गरेका थिए भने कार्यक्रममा कोषाध्यक्ष रामएकबाल यादवको पनि उपस्थिति रहेको थियो ।

 

 

 



Your Comments