नेइए निर्वाचन विवादमा जिप्रकाको रायः उम्मेदवारको वैधता कायम गर्नु

नेइए निर्वाचन विवादमा जिप्रकाको रायः उम्मेदवारको वैधता कायम गर्नु


इन्जिनियर्स नेपाल |  बैशाख ८, २०७८,


engineersnepal.com

बैशाख २४ मा हुने इन्जिनियर्स एशोसिएसनको निर्वाचनको उम्मेदवारी विवादमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले राय दिएको छ। 

कार्यालयले केन्द्रीय निर्वाचन समितिले खारेज गरेका उम्मेदवारीलाई बैधता कायम गर्नेगरी राय दिएको हो। 


ADVERTISEMENT

निर्वाचन समितिले चैत २६ गते एउटै ब्यक्ति दुई उम्मेदवारको प्रस्तावक वा समर्थक रहेको भन्दै देउकाजी गुरुङ, विरोध रिजाल, हिरामान वाइवा र लक्ष्मी नारायण चौधरी को उम्मेदवारी खारेज गरेको थियो। 

जिल्ला प्रशासन कार्यलयले दिएको रायमा इन्जिनियर्स एशोसिएसनको कार्यसमिति सहित सर्वदलिय बैठकले निर्णय गर्ने निर्वाचन समितिले जनाएको छ। 

केन्द्रीय निर्वाचन समितिका सदस्य उमेश कुमार गुप्ताले विहिबार कार्यसमिति सहित सर्वदलिय बैठकपछि निर्वाचन समितिको बैठक बस्ने बताए।

‘अहिले उम्मेवारीको विवादको विषयमा प्रशासन कार्यालयले  राय दिएको छ,’ गुप्ताले भने ‘भोली कार्यसमितिको बैठक बस्ने भन्नेछ। त्यहाँ स्टेक होल्डरसंग पनि छलफल होला। त्यसपछि निर्वाचन समितिको बैठकले उम्मेदवारीको विषयमा निर्णय गर्छ।’

निर्वाचन सम्बन्धी  विषयमा कार्यसमितिको पनि केही अधिकार भएको भन्दै उनले त्यसपछि मात्रै निर्वाचन समितिले निर्णय गर्ने बताए । 

May be an image of text



Your Comments