इन्जिनियर्स एशोसिएसनको चुनावमा २१ हजार ६४८ मतदाता, आफ्नो नाम हेर्नुहोस् (मतदाता नामावली सहित)
इन्जिनियर्स एशोसिएसनको चुनावमा २१ हजार ६४८ मतदाता, आफ्नो नाम हेर्नुहोस् (मतदाता नामावली सहित)

नेपाल इन्जिनियर्स एशोसिएसनले वैशाख २४ मा हुने निर्वाचानका लागि प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ।
३६ हजार ३५९ सदस्य रहेको इन्जिनियर्स एशोसिएसनमा २१ हजार ६४८ सदस्यले मात्रै निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् ।
ADVERTISEMENT
३३ औं केन्द्रिय कार्यकारिणी समिति, सातै प्रदेशको दोस्रो कार्यकारिणी समिति तथा नेपाल इन्जिनियरिङ परिषद्काे सदस्य पठाउने निर्वाचनको लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको हो ।
एशोसिएनको सदस्य भएपनि निर्धारित समयभित्र नविकरण नगरेका सदस्यले निर्वाचनमा मतदान गर्न पाउने छैनन्।
एशोसिएसनले प्रारम्भिक मतदाता नामावली उपरको दाबी विरोध तथा त्रुटी भएका नामहरु सच्याउने म्याद चैत १७ देखी १९ गतेसम्म दिएको छ।
नामावली हेर्न तलको लिंकमा जानुहोस्
http://neanepal.org.np/wp-content/uploads/2021/03/First-voter-list-2077-Final.pdf