लोकसले पुल्चोक क्याम्पसमा माघ १७ देखि प्रविधि प्रदर्शनी गर्दै

लोकसले पुल्चोक क्याम्पसमा माघ १७ देखि प्रविधि प्रदर्शनी गर्दै


इन्जिनियर्स नेपाल |  माघ १४, २०७६, ललितपुर


#
engineersnepal.com

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा माघ १७ देखि १९ गतेसम्म राष्ट्रिय प्रविधि प्रदर्शनी हुने भएको छ । इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीको गैरनाफामूलक संस्था लोकसले प्रदर्शनी आयोजना गर्न लागेको हो ।
दिगो विकासका १७ लक्ष्यमध्ये तीनवटा लक्ष्य प्रदर्शनीका विषय छन् । दिगो विकाससम्बन्धी तेस्रो लक्ष्य ‘राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर,’ सातौँ लक्ष्य ‘खर्चले धान्न सकिने स्वच्छ ऊर्जा’ र ११औँ लक्ष्य ‘सहरहरू र समुदायहरूको दिगोपना’ मा आधारित रही प्रदर्शनी हुने लोकसका अध्यक्ष अनुसन्धान पोखरेलले इन्जिनियर्स नेपाललाई जानकारी दिए ।

No photo description available.
प्रदर्शनीमा सयभन्दा बढी स्टलहरु राखिने छन् । सो अवसरमा विद्यार्थीहरुले विभिन्न प्रोजेक्टहरु प्रदर्शन गर्ने छन् । तीन लक्ष्यका प्रोजेक्ट र हार्डबेयर, सफ्टवेयर र इलेक्ट्रिक्सबाट तीन वटा गरी ६ विषयमा प्रोजेक्ट विजेता छनोट गरी उनीहरुलाई पुरस्कृतसमेत गरिनेछ । 
अनुसार विद्यार्थीको प्राविधिक ज्ञानलाई परिस्कृत गर्दै नयाँ खोज तथा क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले प्रदर्शनी आयोजना गरिएको अध्यक्ष पोखरेलले जानकरी दिए । लोकसले संयुक्त राष्ट्रसंघ नेपालसँगको सहकार्यमा कार्यक्रम गर्न लागेको हो । 
प्रदर्शनीको खेलकुद तथा युवामन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्नेछन् । 


ADVERTISEMENT

No photo description available.

No photo description available.



1 Comments

Prakash Pun Magar

Jan. 30, 2020, 6:01 p.m.

Can i enter there freely??? i want to come there ...

Your Comments