आईओइ बीई भर्नाः कुन कलेजमा कति सिट खाली ?

आईओइ बीई भर्नाः कुन कलेजमा कति सिट खाली ?


इन्जिनियर्स नेपाल |  चैत २३, २०७७,


engineersnepal.com

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) अन्तर्गतका कलेजहरूमा इलेक्ट्रोनिक्स कम्युनिकेसन एण्ड इन्फोरमेसन इन्जिनियरिङ विषयमा विद्यार्थीको भर्ना संख्या न्यून देखिएको छ।

सरकारी क्याम्पसमा छात्रावृती कोटामा भर्ना भएपनि  पूर्ण शुल्कमा सरकारीसंगै निजी कलेजमा थुप्रै सिट खाली रहेका छन् ।   निजी क्षेत्रको जनकपुर कलेज अफ इन्जिनियरिङमा  इलेक्ट्रोनिक्स विषयमा एकजना विद्यार्थी पनि भर्ना भएका  छैनन् । 


ADVERTISEMENT

बाँकी निजी कलेजमा अरु विषयमा विद्यार्थी भर्ना भएको देखिएपनि खाली सिट इलेक्ट्रोनिक्स इन्जिनियरिङमा रहेको देखिन्छ । 

हालसम्मको क्याम्पस तथा कलेजको भर्ना सिट संख्या हेर्दा सबैभन्दा बढी सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना भएका  छन् ।

पुल्चोक क्याम्पसमा हाल ५ सय ७६ मध्ये ६ सिट खालि रहेको छ। रेगुलर अर्थात छात्रावृतिमा एरोस्पेस इन्जिनियरिङमा एउटा सिट बाँकी रहेको छ। 

पूर्ण शुल्क सहितको  इलेक्ट्रिकल इन्जिनियरिङमा २ सिट, इलेक्ट्रोनिक्स कम्युनिकेसन एण्ड इन्फोरमेसनमा १ र एरोस्पेसमा ६ वटा सिट संख्या खालि रहेको छ। 

थापाथली क्याम्पसका ४३२ सिट संख्यामध्ये १० सिट खाली रहेको छ। छात्रावृतीमा  इन्डस्ट्रियलमा र अटोमोबाइलमा १(१ सिट खाली रहेको छ। पूर्ण शुल्कमा मेकानिकल इन्जिनियरिङमा १, इन्डस्ट्रियल इन्जिनियरिङमा २ सिट, अटोमोबाइल इन्जिनियरिङमा ३, सिभिलमा १, इलेक्ट्रोनिक्समा १ सिट खाली रहेको छ। 

पश्चिमाञ्चल क्याम्पसमा ४३२ सिट संख्यामा १५ वटा बाँकी रहेको छ।  फुल फि अटोमावाइल इन्जिनिरिङमा ६,   मेकानिकलमा ३, इलेक्ट्रोनिक्समा ४ सिट र जिओम्याटिक इन्जिनियरिङमा १ सिट खाली रहेको छ। छात्रावृतिमा मेकानिकल १ सिट बाँकी छ। 

पुर्वाञ्चल क्याम्पसमा ४८० सिटमध्ये २५ सिट बाँकी रहेको छ। छात्रावृती तर्फ सिभिलमा १, मेकानिकलमा १, कम्प्युटरमा १, इलेक्ट्रोनिक्समा १, एग्रीकल्चर इन्जिनियरिङमा १, कम्प्युटरमा  १ सिट खाली रहेको छ।

पूर्ण शुल्कमा आर्किटेक्चरमा १, इलेक्ट्रिकलमा १,इलेक्ट्रोनिक्समा २, एग्रिकल्चरमा २, सिभिलमा ६, मेकानिकलमा ६, कम्प्युटरमा २ सिट खाली रहेको छ। 

चितवन इन्जिनियरिङ क्याम्पसमा आर्किटेक्चर इन्जिनियरिङमा १ सिट मात्रै बाँकी रहेको छ। 

इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषयमा सबै कलेजमा खाली 

निजी कलेजतर्फ काठमाडौं इन्जिनियरिङ कलेजको ३८४ सिट कोटा मध्ये १ सय १३ सिट अझै बाँकी रहेको छ। कलेजमा इलेक्ट्रिकलमा ३६, इलेक्ट्रोनिक्समा ७५ र कम्प्युटरमा २ सिट बाँकी रहेको छ। 

कान्तिपुर इन्जिनियरिङ कलेजमा २८८ सिट मध्ये ६३ वटा इलेक्ट्रोनिक्समा बाँकी रहेको छ ।    

सगरमाथा इन्जिनियरिङ कलेजमा १४४ सिट कोटामध्ये २८ सिट बाँकी रहेका छन् । सिभिलमा १, इलेक्ट्रोनिक्समा २६ र कम्प्युटरमा १ सिट खाली रहेको छ। 

एडभान्स कलेज अफ इन्जिनियरिङमा ३३६ मध्ये ८७ सिट खाली रहेको छ।  इलेक्ट्रिकलमा २५, इलेक्ट्रोनिक्समा ६० र कम्प्युटरमा १ र सिभिलमा १ सिट बाँकी छ। 

हिमालय कलेज अफ इन्जिनियरिङमा २४० सिट मध्ये इलेक्ट्रोनिक्समा २३ सिट बाँकी रहेको छ। 

नेश्नल कलेज अफ इन्जिनियरिङमा २४० मध्ये इलेक्ट्रिकलमा ३५, इलेक्ट्रोनिक्समा ४०, कम्प्युटरमा १२ सिटगरी ८७ सिट बाँकी छ।

ललितपुर इन्जिनियरिङ कलेजमा सिभिलमा २ र कम्प्युटर इन्जिनियरिङमा २८ सिट खाली रहेको छ। 

क्याथफोर्ड इन्टरनेश्नल कलेज अफ इन्जिनियरिङमा इलेक्ट्रोनिक्स २६, र कम्प्युटर २ र सिभिलमा १ गरी २९ सिट बाँकी रहेका छन्। 

तथ्यांक श्रोत : आइओइ भर्ना पोर्टल



Your Comments