इन्ट्रान्स तयारी गरिरहेका विद्यार्थीलाई आइओइ टपरको टिप्स

इन्ट्रान्स तयारी गरिरहेका विद्यार्थीलाई आइओइ टपरको टिप्स


इन्जिनियर्स नेपाल |  साउन १०, २०७६, काठमाडौं


#
engineersnepal.com

#

इन्जिनियरिङ अध्ययन संस्थानको शैक्षिक वर्ष २०७६/७७ को प्रवेश परीक्षा यही श्रावण २० गतेदेखि सञ्चालन हुँदैछ । कम्प्युटर प्रणालीबाट सञ्चालन हुने प्रवेश परीक्षामा १ सय वटा वस्तुगत प्रश्नहरु रहनेछन् । यसै प्रवेश परीक्षाको सन्दर्भमा परीक्षार्थीलाई तयारीका लागि थप सहयोग होस् भन्ने हेतुले गतवर्षको प्रवेश परीक्षाका टपर अतुल कुमार कर्णले आफ्नो अनुभव यसरी सुनाए । 

आइओइको प्रवेश परीक्षाको तयारीमा जुटिरहेका विद्यार्थीलाई कर्णले दिएका टिप्सहरुः
पढ्ने क्रममा आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्ने ।
– सर्वप्रथम पढ्ने वातावरण तनावमुक्त हुनुपर्छ, जस्तैः परीक्षाको बेला रातदिन किताव घोक्ने परिपाटी विद्यमान छ । राति अबेरसम्म पढ्ने, बिहान चाडै उठेर फेरी किताव हेर्ने । त्यस्तो कहिल्यै गर्नु हुँदैन । 
–घण्टा गनेर पढ्नुभन्दा मन लागेको बेला पढ्दा प्रभावकारी हुन्छ ।
–अध्ययन गर्ने विद्यार्थीमा आफ्नो बलियो र कमजोर पक्ष थाहा हुनुपर्छ ।
–पुराना प्रश्नपत्रको संगालोहरु नछुटाइ पढ्ने साथै पुराना प्रश्नपत्रका आधारमा सम्भावित प्रश्नहरुमा ध्यान दिने ।
–कक्षामा शिक्षकले पढाएका कुराहरुसँगै ११–१२ कक्षामा आफूले पढेका किताबहरु पुनः अध्ययन गर्ने ।
– समय भएसम्म टेक्स बुकहरु अध्ययन गर्ने ।
–इन्ट्रान्सका नमूना प्रश्नका सेटहरु अभ्यास गर्ने, यसले आत्मविश्वास बढाउँछ ।
–आफुले अध्ययन गरिरहेको इन्सिच्युटको मात्र भर नपर्ने, घरमा प्रशस्त मिहिनेत गर्ने ।
– पढेर भन्दा लेख्दै पढेको याद हुने हुँदा पढ्ने बानी त्यही अनुसार गर्ने ।
–परीक्षाको एक हप्ता अगाडिदेखि आफूहरुले पहिले पढेका कुराहरु रिभिजन गर्ने ।
–आफूलाई सम्झिन सजिलो हुने गरी सुत्र बनाएर पढ्ने । 
–दिनमा कम्तीमा एउटा सेट अभ्यास गर्ने ।


ADVERTISEMENT



1 Comments

Mahesh kushwaha

Nov. 22, 2019, 11:44 a.m.

Thanks

Your Comments