इन्जिनियरिङ अध्ययन संस्थानको नतिजा प्रकाशनमा त्रुटी: नतिजा सच्याइयोस्– पीडित विद्यार्थी

इन्जिनियरिङ अध्ययन संस्थानको नतिजा प्रकाशनमा त्रुटी: नतिजा सच्याइयोस्– पीडित विद्यार्थी


इन्जिनियर्स नेपाल |  साउन ७, २०७६, काठमाडौं


#
engineersnepal.com

#

इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको पुल्चोक क्याम्पसमा स्नात्तकोत्तर तह मेकानिकल विभाग अन्तर्गत टेक्नोलोजी एण्ड इनोभेसन म्यानेजमेन्ट कार्यक्रममा  ०७२ ब्याजका तीन जना विद्यार्थीको आन्तरिक परीक्षाको १० नम्बर विभागले घटाएर परीक्षा नियन्त्रण महाशाखा पठाएको पाइएको छ ।

तीन जना विद्यार्थी जितेन्द्र थापा, चक्र भट्ट र अमित कुमार दासको ४० पुर्णाकको आन्तरिक परीक्षाको प्राप्ताङ्कमा १० नम्बर घटाएर पठाइएको हो । तीन जना विद्यार्थीमध्ये थापा र भट्ट उत्तिर्ण भए पनि दासको भने पास हुन २० नम्बर आउनुपर्नेमा १९ नम्बर मात्र दिइएर अनुत्तिर्ण गराइएको  ति विद्यार्थीले जानकारी दिए । 


ADVERTISEMENT

तीनै जना विद्यार्थी अहिले विभाग, क्याम्पस प्रशासन र परीक्षा नियन्त्रण महाशाखा तीन वटै निकायलाई दुई महिनासम्म अनुरोध गर्दा पनि आफूहरुको समस्या हल नभएको बताउँछन् । जुन–जुन निकायको त्रुटी भए पनि त्रुटी सच्याएर आफूहरुलाई न्याय दिन माग गरेका छन् ।  

 विद्यार्थीले पाएको त्रुटीपूर्ण मार्कसिट

     विद्यार्थीले पाएको त्रुटीपूर्ण मार्कसिट

तर, यता मार्कसिटमा भने १९ आउँदा नै पास भएको भनेर लेखिएको छ । कलेजले विद्यार्थीको नम्बर घटाएर फेल गराएको हो । तर, पनिकाबाट मार्कसिट आउँदा १९ मा पास भनेर लेखिएको छ । यसमा गल्ति भएको कलेजले पनि स्वीकार गरेको पीडित विद्यार्थीको दाबी छ ।

फाइनल डिफेन्सपश्चात लब्धाङ्कपत्रमा आन्तरिक परीक्षामा ४० पूर्णाकमा २० नम्बरले पास हुनुपर्नेमा १९ नम्बर देखिएको तर पास भनेर लब्धाङ्कमा प्रकाशित भएकाले आफू अन्योलतामा परेको पीडित विद्यार्थी दासले बताए । 

साथै इन्जिनियरिङ अध्ययन संस्थानमा  थेसिसको असाइनमेन्ट पास नगरी फाइनल परीक्षा दिन नपाइने प्रावधान रहेको छ । 

त्यसको केही समय पछि उक्त विद्यार्थीहरुले मार्कसिटमा आफूले सुरुमा आन्तरिक परीक्षामा प्राप्त गरेको भन्दा १० नम्बर कम आएको भनेर विभागमै उजुरी गरेपनि विभागले आलटाल गरेको पीडित विद्यार्थीहरुको गुनासो छ । 

स्रोतका अनुसार मेकानिकल विभाग अझै ति विद्यार्थीको नम्बर थपिदिएर पास नै गराउनका लागि परीक्षा नियन्त्रण कार्यालयसँग लविङमा छ । 

साथै पीडित विद्यार्थीलाई पनि सम्बन्धित निकायले अर्को परीक्षा दिन र त्यसमा पास गराइदिने आश्वासन दिइरहेको छ ।

यता संस्थानको परीक्षा नियन्त्रण महाशाखा प्रमुख डा. ज्ञान बहादुर थापाले विद्यार्थीको मार्कसिटमा पास भनेर लेखिनु सामान्य त्रुटी भएको र महाशाखाले त्रुटी भएको लब्धाङ्क पत्र एक महिनाभित्र सच्याउने अधिकार रहेको बताएका छन् । साथै क्याम्पसले परीक्षा महाशाखामा पठाएको  नम्बरमा  महाशाखाले केही गर्न नमिल्ने थापाले बताए । 

पीडित विद्यार्थीले परीक्षा महाशाखालाई लेखेको निवेदन

 


 



1 Comments

Er.Subhash Sah

July 24, 2019, 11:59 a.m.

ईन्जीनीयरीङ अध्ययन संस्थान आफैमा एउटा पुरानो अनुभबी संस्था हो। आफू जस्तो सकै अनुभबी र दक्ष भए पनि सोही किसिमका सेवा प्रदायकहरुको बिचमा के कस्तो प्रकृया ब्यवस्था रहेको हो भने कुरा बेला बेलामा समय सापेक्ष तुलनात्मक अध्ययन गर्न जरुरी हुन्छ। कुनै पनि बिषयको परिक्षा दूई चरणमा लिने प्रावधान राखिन्छ भने पहिला लिने परिक्षा ट्रमिनल वा ऐसेसमेन्ट जे भन्दा नि त्यो बिष्यको पुराै कोर्ष समाप्त नभई नै लिएको हुँदा त्यसमा पनि केहि प्रतिसत मार्क छुट्याई पास मार्कराख्नु गलत प्रकृया हो। ऐसेसमेन्टको मतलब बिद्यार्थीलाई उकत पढाई प्रति नियमित बनाई राख्नु हो। पास र फेल भने बिषयको फुल मार्क मा पास मार्क निर्धारण गरेको प्रकृया हो जसलाई अन्तिमा पुनर योग गरि पास वा फेल भएको यकिन गर्नु पर्ने हो। ऊदाहरणको लागि अधिकांश आर.ई.सी(एन.आई टी.) हरुको ईतिहाँस ईन्जीनीयरिङ अध्ययन संस्थान भन्दा कैऔं वर्ड पुरानो छ। त्यसमा पनि २० मार्क टर्मिनल जसमा पास मार्क र फेल मार्क भने कुरा नै हुदैन र फाईनल परीक्षा ८० मार्कको हुन्छ जसमा मिनिमम २७ ल्याएमा मात्र टर्मिनलको मारक जोडन मिल्ने र सो जोडिएर १०० मार्कमा ३५ आउने लाई पास वा २७ मार्क नआउने बिद्यार्थी टरमिनलमा २० आउट अफ २० नै ल्याउदा उक्त बिषयको ८० मार्कको परिक्षामा २७ भन्दा कम ल्याएको हो भने फेल हुने प्रावधान अधिकान्स NIT r IIT भएको सरह गर्दा बिद्यार्थिहरु पढाई प्रति बिशेष ध्यान दिई राम्रो हुने सुझाब दिन चाहन्छु। धन्यवाद, बिचार गरियोस।

Your Comments