सिडेनका अधिकांश मतदाताहरु युवा उमेरका भएकाले मेरो जित्ने आधार धेरै छ : उमेश थानी (अन्तर्वार्ता)

सिडेनका अधिकांश मतदाताहरु युवा उमेरका भएकाले मेरो जित्ने आधार धेरै छ : उमेश थानी (अन्तर्वार्ता)

सिडेन चलायमान भएन, कुनै भुमिका नै देखिएन भन्ने बनाउने छैन



engineersnepal.com

नेपाल इन्जिनियर्स एशोसिएसनको महासचिव भैसकेका इन्जिनियर उमेश प्रसाद थानी यति बेला नेपाली कांग्रेसको शुभचिन्तक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को अध्यक्षको प्रतिस्पर्धामा छन् ।

पौष ४ गते शनिवार हुने निर्वाचनको लागी १४ बुँदे प्रतिबद्धता सहित इन्जिनियर थानी चुनावी मैदानमा छन् ।


ADVERTISEMENT

 

इन्जिनियर्स एशोसिएसन र इन्जिनियरिङ परिषद्मा रहँदा आफुले सुरुवात गरेका एजेण्डाहरुका बाँकी कामहरु पुरा गर्नका लागि सिडेनको अध्यक्षमा उम्मेदवारी दिएको उनको दावी छ । 

 

नेपाली कांग्रेसको थिंकट्यांकको रुपमा यो संस्थाले काम गर्नु पर्छ भन्ने मेरो मान्यता हो । एउटा पार्टीसंगको सम्बन्धलाई मध्यनजर गर्दै अगाडि बढ्नु पर्ने दायित्व छ भने अर्को एनजिओको रुपमा काम गर्नुपर्ने छ । 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्यानल बाट चुनावी मैदानमा होमिएका अध्यक्ष उम्मेदवार थानी सिडेनलाई कांग्रेसको थिंकट्यांकको रुपमा बिकास गर्नु पर्ने मान्यता राख्छन् । 

उनै सिडेन अध्यक्ष पदका उम्मेदवार इन्जिनियर उमेश प्रसाद थानी संग इन्जिनियर्स नेपालले गरेको संक्षिप्त कुराकानीको संम्पादित अंश

तपाई इन्जिनियरिङ परिषद्मा रजिष्ट्रार, इन्जिनियर्स एशोसिएसनको महासचिव भैसक्नुभएको छ । अहिले सिडेनको अध्यक्षका लागि किन उमेदवारी ?
  
म नेपाल इन्जिनियरिङ परिषद्मा रजिष्ट्रार भएर काम गरे ।  नेपाल इन्जिनियर्स एशोसियसनमा महासचिव भएर काम गरे । यी संस्थामा कामगर्दा इन्जिनियरहरुले लाइसेन्स लिन पाएनन्, ऐन संसोधन भएन, इन्जिनियरिङ स्टाफ कलेज भएन, हामीलाई कुनै पनि वृद्धि विकासको तालिम भएन भन्ने कुराहरु आयो । यति मात्र हैन इन्जिनियरीङ सेवा ऐनका कुरा छन्, अब इन्जिनियरिङ विश्वविद्यालयका कुरा छन्, त्यहाँ रहदा यी सबै कुरा उठाए तर मुर्त रुप लिन पाएनन् । 

 

मेरा प्रतिस्पर्धीको अनुभव धेरै होला उहाँलाई सम्मान गर्ने हो । तर काम त युवा जोसले गर्छ । मेरा सबै मतदाताहरु युवा उमेर समुहका भएको हिसाबले पनि मेरो जित्ने आधार धेरै छ । 

 

म इन्जिनियरिङ काउन्सिलमा बसेर काम गर्दा ऐन, लाइसेन्सका परिक्षाको सबैको विषय म रजिष्ट्रार हुँदा भएको तर कस्तो छ भने ऐन संसोधन गर्ने कुरो त तत्कालिन अवस्थामा मन्त्री परिषद्ले पास गरेर संसद सम्म पुग्नु पर्ने, हामीले आफ्नो  तहबाट गर्ने काम गर्यौ । तर सरकारले गर्नु पर्ने  काम  भएको छैन ।  पछिल्लो समय यो ऐन संसदमा विचाराधिन छ । अब चाडै संसद बस्छ र पास हुने संभावना रहेको छ ।  

इन्जिनियर्स एशोसिएसनमा बस्दा इन्जिनियरिङ स्टाफ कलेजका कुराहरु उठाएको थिए ।  यो ऐनबाट पनि लामो प्रक्रिया भयो ।

भोली संस्था निर्माण गरिसके पछि ऐनको रुपमा दिएर फेरी स्वरुप परिवर्तन गरौंला । तर अहिले कम्तिमा नेपाल सरकार मन्त्रिपरिषद्ले नियमावली मार्फत गर्न सकिने गठन आदेश मार्फत गरौं भन्यौं त्यो काम  भयो । 

यस विषयमा सधै कुराकानी भैरहयो तर सधै चुनावी एजेन्डा पनि भए, अब त्यो ठयाक्कै मुर्त रुप नभएको अवस्था छ । आफु पदमा हुँदा गरेका विभिन्न कामले आफु प्रति गर्व छ ।  

इन्जिनियरिङ काउन्सिलमा बसेर केहि संस्थाको सुधारका काम गरे । मैले इन्जिनियरिङ एशोसिएसनमा बसेर पेसागत हकहितका लागि गर्ने काम गरेको छु ।

  

इन्जिनियरिङ संस्थामा वर्षौदेखी उठेका विषय तर काम  हुनसकेन त्यसलाई मुर्त रुपमा पुर्याउने नै मेरो मुख्य एजेन्डा रहेको छ । 

 

बाँकी कामहरु गर्नका लागि म सिडेनको अध्यक्ष भएर यो संस्था मार्फत फेरी पनि  इन्जिनियर्स एशोसिएसन, इन्जिनियरिङ काउन्सिल, नेपाल सरकारलाई अनावरत रुपमा रचनात्मक सहयोग गरेर हाम्रा धेरै समस्याहरु समाधान गर्ने मेरो चाहाना  छ, त्यस कारण सिडेन अध्यक्षमा मेरो उमेदवारी हो ।

तपाईका प्रतिस्पर्धी इन्जिनियरिङ कम्युनिटीमै काम गर्नु भएका सिनियर इन्जिनियर हुनुहुन्छ । चुनाव जित्ने आधार के छ ?

म यो इन्जिनियरिङ कम्युनिटी भित्र हरेक समय खटिने मानिस हो । कम्युनिटीमा भिजेको मान्छे हुँ ।  म राज्यका भुमिकामा बस्दा इन्जिनियहरुको लागि राम्रै काम गरेको छु ।

मेरो कुरा के हो भने म सधै भरि यहि कम्युनिटीमा हरेक मान्छे संग व्यक्तिदेखि व्यक्तिसंग पेसागत स्वार्थको लागि पनि मैले यो समाजमा बसेर काम गरेको छु । अर्को राजनीतिक दलमा बुढाहरुले च्यापे, यो संस्कारै भएन, युवाहरुलाई ठाँउ नै दिएन भन्ने कुराकानी आउँछ । 

यो कुरा बोलीमा मात्रै  आउने तर संस्कार भने युवालाई  च्यापिहाल्ने संस्कार छ ।  हाम्रो  ३६ सय २४ मतदातामा म भन्दा सिनियर इन्जिनियरहरु करिब करिब २ सयको संख्यामा मात्र हुनुहुन्छ । ३४ सय भोटरहरु भनेको मेरो समकालीन र म भन्दा पछिल्लो पुस्ताका इन्जिनियर साथीहरु हुनुहुन्छ । 

अब हाम्रो उमेरमा विश्वमा कार्यकारी प्रमुख नै छन् भनेपछि  मेरो उमेर अहिले ठयाक्कै काम गर्ने हो । 

मेरा प्रतिस्पर्धीको अनुभव धेरै होला उहाँलाई सम्मान गर्ने हो । तर काम त युवा जोसले गर्छ । मेरा सबै मतदाताहरु युवा उमेर समुहका भएको हिसाबले पनि मेरो जित्ने आधार धेरै छ । 

मतदाताको भोट तान्ने तपाईका मुख्य चुनावी ऐजेण्डाहरु के कस्ता छन् ? र त्यस्लाई पतयाइहाल्ने आधार के छ ?

मुख्य कुरा संस्थालाई चलायमान बनाउने हो । हामो संस्था नेपाली कांग्रेसको शुभचिन्तक संस्था अथवा पार्टिको थिंकट्यांक हौं । नेपाल विकास उन्मुख देश हो नेपालको विकास देखिने भनेको इन्फ्रास्ट्रक्चर मार्फत हो । पूर्वाधार बिकासको कुरा इन्जिनियरिङसंग सम्बन्धित रहेको हुन्छ । 

त्यस कारणले भोली यो देश निर्माणमा परेको यो भुमिकालाई नेपाली कांग्रेसको थिंकट्यांकको रुपमा यो संस्थाले काम गर्नु पर्छ भन्ने मेरो मान्यता हो । एउटा पार्टीसंगको सम्बन्धलाई मध्यनजर गर्दै अगाडि बढ्नु पर्ने दायित्व छ भने अर्को एनजिओको रुपमा काम गर्नुपर्ने छ । 

विश्वमा कस्ता प्रकारका प्रविधिको विकास भएको छ । हामीले प्रयोग गर्दै गरेको प्रविधि कहाँ पुग्यो भन्ने विषयमा छलफल तथा सेमिनार गरेर नेपाली इन्जिनियरहरुलाई बुझाउनु पर्छ । 

इन्जिनियरिङ संस्थामा वर्षौदेखी उठेका विषय तर काम  हुनसकेन त्यसलाई मुर्त रुपमा पुर्याउने नै मेरो मुख्य एजेन्डा रहेको छ । 

अन्तिममा आफ्ना मतदाता इनिजनियरहरुलाई तपाई के भन्न चाहानुहुन्छ ?

म मेरा मतदातासंग भिजेकै मान्छे हुँ । म निर्वाचित भएपछि कमिटीमा तपाईहरुका समस्याको विषयमा काम गर्ने हो । म कस्तो छु भन्ने मेरा मतदाताले बुझेको हुनुहुन्छ । बिगतमा पनि मैलै राज्यले दिएको जिम्मेवारी कुसलता पुर्वक पुरा गरेको छु । 

अब सिडेन चलायमान भएन, कुनै भुमिका नै देखिएन भन्ने बनाउने छैन । मतदातालाई यो पटक मलाई मत दिनुस् मेरा १४ बुँदे प्रतिबद्धता पुरा गर्ने सबैलाई विश्वास दिलाउँछु । 
 



Your Comments