फुल भर्सनको नागरिक एपः के के काम गर्न सकिन्छ ?

फुल भर्सनको नागरिक एपः के के काम गर्न सकिन्छ ?


इन्जिनियर्स नेपाल |  बैशाख २०, २०७८,


engineersnepal.com

नागरिक एपको फुल भर्जन सार्वजनिक भएको छ। सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट दिने गरी तयार पारिएको नागरिक एपको फुल भर्सन सार्वजनिक भएको हो ।

डिजिटल नेपाल निर्माणको परिकल्पना अनुसार पछिल्लो समय विभिन्न सार्वजनिक तथा सरकारी सेवाहरु अनलाइनमा उपलब्ध गराउन नागरिक एप सार्वजनिक गरिएको सरकारले जनाएको छ।


ADVERTISEMENT

अधिकांश सरकारी सेवा तथा सुविधा एउटै एपमार्फत दिने उद्देश्यसहित सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले गत माघ २ गते नागरिक एपको बेटा संस्करण सार्वजनिक गरेका थिए । नागरिक एपको बेटा संस्करण सार्वजनिक भएदेखि नै स्थायी लेखा नम्बर लिन सकिने सुविधा रहेकोमा केही समय अघिदेखि यसैबाट पुलिस क्लियरेन्स रिपोर्ट समेत प्राप्त गर्न सकिने भएको छ ।

बेटा भर्सनकै क्रममा यो एप सवा पाँच लाखभन्दा बढीले डाउनलोड गरेकोमा एक लाख ९१ हजारभन्दा बढी प्रयोगकर्ताले आफूलाई दर्ता गराइसकेको मन्त्रालयले जनाएको छ। तीन हजारले नागरिक एपबाटै पुलिस क्लियरेन्स रिपोर्ट प्राप्त गरेका छन् भने प्यान नम्बर लिनेको संख्या १० हजारभन्दा बढी छ ।

नागरिक एपमा नागरिकता, राहदानी र मतदाता परिचयपत्र जस्ता नागरिकका प्रमाणीत विवरण छन् । नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोष र सामाजिक सुरक्षा कोषमा रहेको आफ्नो विवरण हेर्न सकिने सुविधा पनि नागरिक एपमा उपलब्ध छ ।

एसईई र प्लसटु तहका शैक्षिक विवरणसमेत एपमा राखिएका छन् । प्रयोगकर्ताले ईमेल भेरिफाई गरेर आफ्नो नागरिक एपमा लिङ्क गराउन सक्छन् । नेपालका जुनसुकै मोबाइल नम्बरबाट नागरिक एपको खाता खोल्न सकिने भएको छ । तर, मोबाइल नम्बर भने अनिवार्य रुपमा आफ्नै नामको हुनुपर्ने छ ।



Your Comments