आइओईकाे मूल्यांकन प्रणाली परिवर्तन गर्ने तयारीमा छौं : डीन जोशी (अन्तर्वार्ता)

आइओईकाे मूल्यांकन प्रणाली परिवर्तन गर्ने तयारीमा छौं : डीन जोशी (अन्तर्वार्ता)

"हामीले कोटा भन्दा धेरै विद्यार्थी पास गराएकाले निजी कलेजलाई भर्नामा समस्या हुँदैन"



engineersnepal.com

प्रोफेसर डाक्टर शशीधरराम जोशी इन्जिनियरिङ अध्ययन संस्था (आइओइ)का  डीन पदमा कार्यरत छन् । स्नातक तह पुल्चोक क्याम्पसबाटै गरेका  जोशी भारत, क्यानेडा, जापानमा स्नाकोत्तर हुँदै पिएचडी  सम्मकाे अध्ययन गरेका छन् । जोशी २०७२ सालको भुकम्पपछि इलेक्ट्रोनिक्सको डिमान्ड घटेर सिभिल इन्जिनियरिङमा विद्यार्थीको आकर्षण बढेको बताउँछन् । उनले इन्जिनियरिङ प्राविधिक विषय भएपनि  प्रयोगात्मक सिकाई कम भएको स्वीकार गरे।  अन्य विश्वविद्यालयले  ग्रेडिङ प्रणालीमा विद्यार्थीहरूकाे मुल्यांकन गरिरहदाँ आइओइलेपनि मूल्यांकन  प्रणालीलाई परिवर्तन गर्ने विषयमा सोचिरहेको जोशीले बताएका छन्।  डीन जोशीसंग कोभिड- १९ पछिको शैक्षिक क्यालेन्डरसंगै समग्र इन्जिनियरिङ शिक्षाको विषयमा इन्जिनियर्स नेपालले गरेको कुराकानीः

कोभिड–१९ को कारण नियमित शैक्षिक क्यालेन्डर बिग्रदा लोकसेवा दिने तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरु समस्यामा परेका छन् । क्यालेन्डरलाई कसरी मिलाउनु हुन्छ ?


ADVERTISEMENT

शैक्षिक क्यालेन्डर सामान्यतया ९० कार्यदिनको हुन्छ । यसलाई घटाएर ७५–८० दिनको बनाउँछौं । कार्यदिन घटाउन कक्षा बढी लिदै जान्छौं । कक्षासंगै ल्यावपनि सिद्धाउछौं । अहिले भर्ना शुरु भएको छ । अवको ३ वर्षमा पहिला जस्तै नियमित क्यालेन्डरमा फर्कन्छाैं ।

हामीकहाँ पहिला पनि यस्तो समस्या आएको थियो । आम हड्ताल हुँदा २–३ महिना ढिला हुन्थ्यो । त्यो बेला पनि कार्यदिन घटाउने कक्षा बढाउने नै गरेका हौं । कोभिडको कारण करिब ६ महिना ढिला भयौं । यसको पूर्तिको लागि ३ वर्षलाग्छ ।

अहिले अन्तिम सेमेस्टरमा पुगेका विद्यार्थीको बाँकी प्रयोगात्मक लगायतको काम छिट्टै सिध्याइदिन्छौं । रिजल्ट छिटो प्रकाशनगरी उहाँहरुको समस्या समाधान गछौं ।

 

 

यो शैक्षिक सत्र देखि  ‘प्लस टु’ मा अध्ययन नहुने ड्रइङ विषय प्रवेश परीक्षाको पाठ्यक्रमबाट हटाइएको छ । ड्रइङ हटाउँदा पनि प्रवेश परीक्षामा बढी विद्यार्थी पास हुन सकेनन् नि ?

सायद कोभिडको कारणले विद्यार्थीहरुलाई तयारी गर्न असहज भयो होला । पहिला तयारी कक्षा भनेर चल्थ्यो । यो पटक त्यस्तो हुन पाएनन् ।  यस कारणले स्कोर कम भयो । ड्रइङ विषय हटाउनुको कारण विद्यार्थी बढी पास गराउनु मात्रै थिएन । इन्जिनियरिङमा ड्रइङ अत्यावश्यक नै रहेको छ । पहिला सबै कुरा हातले गर्नुपथ्यो । अहिले कम्प्युटर आएपछि ‘अटोक्याड’ जस्ता सफ्टवयरहरु  प्रयाेगमा छन् ।

बाहिरतिर विश्व विद्यालयमा डीन कार्यालय अन्तर्गत ‘ट्रेनिङ एण्ड रिप्लेस्मेन्ट‘ भन्ने हुन्छ । हाम्रो देशमा अहिलेसम्म त्यस्तो छैन । मैले इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत शुरु गर्ने पक्षमा रहेको छु ।

 

आइओइले नयाँ विषय एरोस्पेस र केमिकल इन्जिनियरिङ ल्याएको छ । तर त्यस्ता विषयमा विद्यार्थीको प्रतिस्पर्धा अन्य विषयमा भन्दा कम छ । विषयको महत्व बुझाउन सकेनौं वा अध्ययनपछि अवसर नदेखेर प्रतिस्पर्धा कम भएको हो ?

हामीले समयको आवश्यकता अनुसार नयाँ विषय थप गरेका हौं । उद्योगको लागि चाहिने केमिकल इन्जिनियरको लागि उद्योग मन्त्रालयसंग समन्वय गरिरहेका छौं ।

देशभर कति केमिकल इन्जिनियरको आवश्यकता रहेको छ, त्यो हिसाब गरेरै शुरु भएको हो । केमिकल इन्जिनियरिङ पुल्चोक इन्जिनियरिङ क्याम्पसमा मात्रै अध्ययन भैरहेको छ । बाहिर छैन । 

नेपालमा एयरलाइन्सको संख्या बढ्दै जाँदा एरोस्पेसको अध्ययनको महत्वपनि बढ्दै गएको छ । अहिलेसम्म विदेशबाटै आएका एरोनोटिकल इन्जिनियरले काम गरिरहेका छन् । त्यसको ठाउँमा देशभित्रै उत्पादन भएका इन्जिनियरलाई प्रयोग गरौं भनेर सुरु गरका हौं ।

विद्यार्थी वा अभिभावकलाई बजारमा जुन विषय चलिरहेको छ । त्यसैमा अध्ययन गर्ने रुची हुन्छ । चलिरहेका विषयमा राेजगारी कहाँ कसरी काम पाइन्छ भन्ने स्पष्ट हुन्छ । नयाँ विषय अध्ययन गर्दा जागिर पाउने हो कि नाई भन्ने अन्यौलमा रहदाँ  प्रतिस्पर्धा कम देखिएकाे हाे । अहिले यी विषय अध्ययन गरेका इन्जिनियरको माग बढ्दो छ । अब विस्तारै विद्यार्थीको आकर्षण पनि बढ्छ । 

कलेजहरुले विद्यार्थीलाई पढाउने काम गरिरहेका छन् । अध्ययनपछि विद्यार्थी अवसरको लागि भौतारिनु पर्ने आवस्था रहेको छ। क्याम्पस/विश्वविद्यालयको काम अध्यापन गराउने मात्रै हो त ?

बाहिरतिर विश्व विद्यालयमा हेर्दा डीन कार्यालय अन्तर्गत ‘ट्रेनिङ एण्ड रिप्लेस्मेन्ट‘ युनिट हुन्छ । हाम्रो देशमा अहिलेसम्म त्यस्तो छैन । मैले इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत शुरु गर्ने पक्षमा रहेको छु । संस्थानमा ४ जना साहयक डीन सर हुनुहुन्छ । एकजनालाई ट्रेनिङ एण्ड रिप्लेस्मेन्टको जिम्मेवारी दिने पक्षमा रहेको छु । 
अर्को हाम्रो पाठ्यक्रमलाई अझै समय सान्दर्भिक कसरी बनाउने । हामीले उत्पादन गरेको इन्जिनियर बजारमा कसरी बिक्न सक्ने वातावरण बनाउने प्रयासरत रहेको छु । त्यसको लागि हामी बढी प्रयोगात्मक परीक्षामा जानु पर्ने हुन्छ । 

इन्जिनियरिङ अध्ययन प्राविधिक विषय हो । क्याम्पसमा  सैद्धान्तिक विषय बढी पढाउने गरिन्छ । बजारमा बिक्नको लागि बाहिर कुनै संस्थामा विभिन्न सफ्टवयरहरूकाे ट्रेनिङ लिनुपर्ने बाध्यता रहेको देखिन्छ। कलेजको अध्ययन सकेर सिधै फिल्डमा काम गर्ने विद्यार्थी उत्पादन गर्ने विषयमा कसरी साेचिरहनु भएकाे छ ?

 हामीले आवश्यक हुने आधारभुत प्रयोगात्मक परीक्षा गराएकै हुन्छौं। विषय अनुसार ल्याब रहेको हुन्छ । त्यो गर्दा गर्दैपनि अलिकती नपुगेको हो की जस्तो हामीलाई पनि महशुस गरेका छौं। उद्योगहरुसंगै समन्वय गरेर विद्यार्थीलाई बजारमुखी कसरी बनाउन सक्छौं भन्ने नयाँ पाठ्यक्रम बनाउने क्रममा त्यो पनि गछौं। 

हामीले उत्पादन गरेको इन्जिनियरले विदेशमा पनि काम पाउँछ भने हामीले चिन्ता गर्नुपर्ने अवस्था होइन।  जापान, चाइना, भारतले विकास गरेको कारण नै आफ्ना इन्जिनियर विदेशमा अझै ट्रेन भई स्वदेश फर्किएर देशको विकासमा सहयोग पुर्याएका छन् ।

 

केन्द्रिकृत भर्ना प्राणालीले भर्नामा निजी कलेजहरुलाई अप्ठारो परिरहेका बताउँछन्। यसमा सुधारगर्न  आवश्यक छ/छैन ?

इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका सबै क्याम्पस तथा कलेजमा केन्द्रिकृत भर्ना प्रणाली रहेको छ। संस्थान अन्तर्गत ५ वटा आंगिक क्याम्पस र १० वटा एफिलिएटेड कलेजहरू रहेका छन् । जसमा ४ हजार २४८ विद्यार्थीको कोटा रहेको छ । प्रवेशपरीक्षाको नजिता सार्वजनिकगर्दा हामीले ६ हजार ७४० जना पास भएका छन् । विद्यार्थीहरुलाई जुन विषय अलि बढी माग छ त्यो विषयमा पढ्ने चाहाना राखेका हुन्छन् । र्यांक राम्रो आएको विद्यार्थीले चाहेको विषय पढ्न पाउने संभावना बढी हुन्छ । कम र्यांक भएका विद्यार्थीले चाहेको विषय पढ्न नपाउने संभावना रहेको हुन्छ । तर हामीले कोटा भन्दा धेरै विद्यार्थी पास गराएकाले निजी कलेज लाई पनि समस्या हुँदैन । 

 

 

निजी कलेजले १० प्रतिशत छात्रावृती दिनुपर्ने व्यवस्था आइओइले तोकेको छ। तर कलेजहरूले पहिला 'फुल फी'मा भर्ना गर्ने पछिमात्रै पैसा फिर्ता गर्ने गरेका छन् । यसले गरिब जेहेन्दार  विद्यार्थीले बढी फाइदा लिन सकेनन् नि ?

१० प्रतिशत छात्रावृती नपाएको भन्ने मैले सुनेको छैन। भर्ना हुने विद्यार्थीलाई म्यारिटको आधारमा दिन्छ । प्रत्येक वर्ष आइओइबाट अनुगमनमा समिती गएको हुन्छ । निजी कलेजले पनि स्कोर अनुसार सुरुमै डिस्काउन्ट दिदाँ विद्यार्थीलाई राम्रै हुन्थ्यो । यस विषयमा हामी छलफल गछौं।

नेपालको विकास नेपालमै उत्पादन भएका इन्जिनियरले मात्रै गर्न सक्दैन् । एक्सपर्टिज् इन्जिनियर हामीले उत्पादन गर्न सकेका छैनौं। त्यसैले बाहिरबाटै ल्याउनुपर्छ ।

 

निजी  कलेजहरूकाे   फरक फरक शैक्षिक शुल्क रहेको छ। यसको नियमन गर्न आईओइले सक्छ कि सक्दैन ?

त्रिभुवन विश्वविद्यालयले नै अधिकतम फि तोकि दिएको हुन्छ । त्रिभुवन विश्वविद्यालयले नै माथीबाट अनुगमन गर्छ। विश्वविद्यालयले तोकेको भन्दा बढी लिन पाइदैन । फ्रि मै कक्षा सञ्चालन गर्छु भन्न पनि पाउँछ । अर्थात विद्यार्थीलाई जतिपनि छुट दिन कलेजले पाउँछ। तर गुणस्तरिय शिक्षा दिएको छ कि छैन भन्ने आईओइले अनुगमन गर्छ । 

पहिला चाँप हुने इलेक्ट्रोनिक्समा पछिल्लो समय विद्यार्थीको संख्या घट्दै गएको छ। विषयको महत्व घट्दै गएको हो की ?

कुनै जमनामा इलेक्टोनिक्स विषय सबैभन्दा बढी थियो। २०७२ सालको भुकम्पपछि इलेक्ट्रोनिक्सको डिमान्ड घटेर सिभिल इन्जिनियरिङमा बढेको देखिन्छ । दोस्रोमा कम्प्युटर इन्जिनियरिङ रहेको छ । बजारमा जस्तो माग हुन्छ । विद्यार्थी त्यहि अनुसार चाँप हुँदै जान्छ ।  

नेपालमा उत्पादन भएका इन्जिनियर अवसर नपाएर विदेश जान बाध्य छन्। नेपालमा ठुला पूर्वाधारहरूमा  काम गर्नुपर्यो भने विदशबाटै  प्राविधिक जनशक्ति  ल्याउनु पर्ने अवस्था छ । यसको अन्त्य कसरी गर्न सकिन्छ ?

म ग्लोबल भिलेजको कन्सेप्ट राख्ने मानिस हुँ । हामीले उत्पादन गरेको इन्जिनियरले विदेशमा पनि काम पाउँछ भने हामीले चिन्ता गर्नुपर्ने अवस्था होइन।  जापान, चाइना, भारतले विकास गरेको कारण नै आफ्ना इन्जिनियर विदेशमा गएर अझै ट्रेन्ड भइ स्वदेश फर्किएर देशको विकासमा सहयोग पुर्याएका छन् ।

विदेशमा कि अध्ययन गर्न जाने हो कि इन्जिनियरिङ सम्बन्धी काम गर्न जाने हो । यहाँ इन्जिनियरिङ पढेर नेपालमा वा बाहिर केहि काम पाएन भने चिन्ताको विषय हो । बाहिर गएर पनि इन्जिनियरिङ सम्बन्धी काममै लागेका देखिन्छन् ।

नेपालको विकास नेपालमै उत्पादन भएका इन्जिनियरले मात्रै गर्न सक्दैन् । एक्सपर्टिज् इन्जिनियर हामीले उत्पादन गर्न सकेका छैनौं। त्यसैले बाहिरबाटै ल्याउनुपर्छ । विश्वका विकासित मुलुकले पनि सबै आफ्नो देशको इन्जिनियरलाई मात्र काम लगाउने भन्ने हुँदैन। विज्ञलाई बाहिरबाटै ल्याएर काम गर्छन् । 

तपाईले नेपालमा अध्ययन गरेको इन्जिनियर विदेशमा थप अध्ययन तथा अनुभव गरेर फर्कदा नेपाललाई नै फाइदा हुन्छ भन्नुभयो । तर अहिले त विदेश गएको इन्जिनियर सकेसम्म नेपाल फर्कनै खोज्दैनन् नि ?

यदि आफ्नै हिसाबले छात्रावृती वा शुल्क तिरेर विदेश गएर पढेर उतै बस्छ भने हामीले रोक्न सक्दैनौं। अहिलेको जमानामा जो मानिसलाई जहाँ इच्छा लाग्छ त्यहि नै बस्ने हो । तर नेपाल सरकारले उपलब्ध गराएको छात्रावृतिमा विदेश पढ्न पठाएकाहरु पलायन भएभने त्यसमा रोक्नुपर्छ । आफैले खर्च गरेर विदेश जान्छन् भने त्यसलाई रोक्नु पर्दैन । 

नेपाल विकासित हुँदैगर्दा यसरी विदेश जानेहरु विस्तारै फर्कदै जान्छन्। जस्तो भारतमा आईटी क्षेत्रमा धेरै प्रगति गरेको छ । अहिले भारतीय मुलका अमेरिकामा बसेर काम गर्ने नागरिक विस्तारै भारत फर्कदैछन् । भारतमा अवसर बढेसंगै फर्के जस्तै नेपालमा पनि विस्तारै फर्कने विश्वासमा छुँ। 

नयाँ विषयका रुपमा वायोमेडिकल विषय थप गर्ने योजनामा छौं। त्यो कसरी कहाँ सञ्चालन गर्ने ? त्यसको पाठ्यक्रम कस्तो हुने भन्ने पूर्व तयारी सकेपछि वायो मेडिकल इन्जिनियरिङको ब्याच्लर प्रोगाम शुरु गछौं।

 

विद्यार्थीलाई निजी क्षेत्रसंग जोड्नको लागि आइओइ डिन कार्यालय अन्तर्गत लाइजन आफिसरको व्यवस्था गरिएको छ । यसले केहि काम गरेको छ वा नाम मात्रै छ ?

इन्जिनियरिङ शिक्षा बजार मुखी हुनुपर्यो । त्यसको लागि हामीले उद्योगसंग समन्वय गर्नुपर्यो । त्यही भनेर हामीले पाठ्यक्रम बनाउने बेला विषय समिति बनाएका छाैं। त्यहाँ उद्योगहरुको प्रतिनिधित्वपनि हुन्छ । उहाँहरुको आवश्यकता के हो त्यो अनुसार पाठ्यक्रम बनाउँछौं ।

त्यसलाई अझै बढी प्रभावकारी बनाउनको लागि लाइजन अफिसर राखेका हौं। प्रत्येक आंगिक क्याम्पसमा लाइजन अफिसरको व्यवस्था रहेको छ।  उहाँहरुको मुख्य काम भनेको उद्योगसंग  समन्वय बढाउने हो ।

विकासित देशमा एकेडेमिया इन्डस्ट्री कोलाब्रेसन हुन्छ। यो त्यहि उद्देश्य राखी स्थापना भएको हो । अहिले बढी प्रभावकारी हुन नसकेपनि यसलाई कसरी व्यवस्थित गर्ने  भन्ने विषयमा सोचिरहेका छौं । 

आइओई डिन कार्यालयदेखी आंगिक क्याम्पसका प्रमुखसम्म राजनीतिक दलको आधारमा नियुक्त पाउने गरेका छन् । यसले शैक्षिक क्षेत्रलाई फाइदा गरेको छ त?

हामी सामाजिक प्राणी हौं। हाम्रो देश प्रजातान्त्रीक प्रणालीकाआधारमा चलेकाे छ। प्रत्येक व्यक्तिको आ–आफ्नो सोचाई वा धारणा हुन्छ । हरेक ठाउँमा दलगत सोचाईबाट काम गर्यो भने समस्या हुन्छ । सबैलाई सम्हालेर काम गर्न सक्नुपर्छ । विभिन्न विचारधारका साथीसंग समन्वय गरेर कामगर्दा कुनै समस्या हुँदैन । इन्जिनियरिङ अध्ययन संस्थानमा हामीले सबैलाई समेटेरै काम गरिरहेका छौं।

क्यानेडा अमेरीकाका जस्ता विकासित देशका प्रोफेसरहरु पनि कुनै न कुनै पार्टी धारणा व्यक्त गरेका हुन्छन् ।संसारमा जहाँ पनि राजनीतिक विचारधारा भएका प्रोफेसर हुन्छन् । त्यो धारणालाई मात्रै ध्यान दिने हो भने शैक्षिक संस्था छाडेर राजनीतिक दलमै लाग्दा राम्रो । अलि अलि राजनीतिक धारणा राखेर सबैलाई समेटेर काम गर्न सक्यौं भने त्यो भन्दा उत्कृष्ट अरु केहि हुनै सक्दैन। 

इन्जिनियरिङ क्षेत्रको एउटा महत्वपूर्ण संस्था आईओइ हो । तपाई अहिले त्यसको नेतृत्व सम्हालि रहनु भएको छ। इन्जिनियरिङ शिक्षाको विकासका लागि तपाईको योजना के छ ?

शिक्षा प्रणालीलाई कसरी अझ बजार मुखी बनाउने भन्ने मेरो मुख्य ध्यान हुन्छ । अध्ययनको क्रममा विकासित देशमा जाने मौका मिल्यो । उनीहरुले कसरी काम गरिरहेका छन् ।हामीले कसरी गर्न सक्छौं भन्ने सोचाईमा लागेको छुँ। हामीले नर्थ अमेरिका देखी ब्रिटिस मोडल, जापानिज मोडलको विषयमा तुलनात्मक अध्ययन गछौं। कुन मोडल नेपालको लागि राम्रो हुन्छ । नेपालको उद्योग मुखी हामीले बनाउन सक्छौं भन्ने कुरामा हामी प्रयासरत छौं। 

नयाँ विषयकाे रुपमा वायोमेडिकल विषय थप गर्ने योजनामा छौं। त्यो कसरी कहाँ सञ्चालन गर्ने ? त्यसको पाठ्यक्रम कस्तो हुने भन्ने पूर्व तयारी सकेपछि वायो मेडिकल इन्जिनियरिङको ब्याच्लर प्रोगाम शुरु गछौं। तर हतार गर्दैनौं। अर्को आइओईकाे मूल्यांकन प्रणालीलाई परिवर्तन गर्ने विषयमा सोची रहेका छौं। 



Your Comments