इन्जिनियरिङ लाइसेन्स परीक्षा समिति गठनमा समस्या

इन्जिनियरिङ लाइसेन्स परीक्षा समिति गठनमा समस्या


इन्जिनियर्स नेपाल |  भदौ १३, २०७९,


engineersnepal.com

काठमाडौं । नयाँ इन्जिनियरिङ ऐन २०७९ ले इन्जिनियरिङ लाइसेन्स लिन परीक्षा अनिवार्य गरेको छ । ऐन अनुसार परिषदमा परीक्षा समिति गठन हुनुपर्छ । तर, इन्जिनियरिङ लाइसेन्स परीक्षा समिति गठनमै समस्या उत्पन्न भएको छ ।

नयाँ एनले परीक्षा समितिमा महिला सहभागिता अनिवार्य गरेको छ । तर, परीक्षा समितिमा महिला नियुक्त गर्न परिषद सदस्यहरुमै महिला छैनन् । हाल १७ सदस्यीय परिषद छ । जसमा एक जना पनि महिला छैनन् । नयाँ एनेले परिषदलाई १९ सदस्यीय बनाएको छ । १९ सदस्यीय परिषदमा कम्तिमा ४ जना महिला अनिवार्य गरिएको छ । एक जना पनि महिला परिषदमा नहुँदा परिक्षा समिति गठनमै समस्या भएको हो ।


ADVERTISEMENT

हाल उपाध्यक्षको नेतृत्वमा परीक्षा समिति रहने व्यवस्था छ । यसलाई बदलेर नयाँ ऐनले कुनै पनि सदस्यको नेतृत्वमा परीक्षा समिति गठन हुन सक्ने भनेको छ । तर, महिला सहभागिता अनिवार्य छ । 

नयाँ ऐन प्रमाणीकरण भएको ३१ औं दिनदेखि लागू हुने व्यवस्था छ । भदौ ५ गते राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका कारण असोज ३ गतेदेखि नयाँ ऐन लागू हुन्छ । नयाँ ऐन अनुसार इन्जिनियरिङ लाइसेन्सका लागि परीक्षा अनिवार्य छ । तर, महिला सदस्य नहुँदा परीक्षा समिति गठनमै समस्या भएको हो ।

परिषदका अध्यक्ष डिल्लिरमण निरौला नेपाल सरकारले नियुक्त गर्ने सदस्यहरुमा महिलाहरु नियुक्त गर्न सक्ने बताउँछन् । नयाँ ऐन अनुसार थप दुई जना सदस्य नियुक्त गर्नुपर्ने हुन्छ । त्यही थप नियुक्त गर्ने ठाउँमा महिला नल्याउँदासम्म परीक्षा समिति गठनकै लागि समस्या हुने भएको हो । 



Your Comments