इन्जिनियरिङ स्टाफ कलेज स्थापना गरौँ

इन्जिनियरिङ स्टाफ कलेज स्थापना गरौँ


इन्जिनियर्स नेपाल |  साउन ३, २०७९,


engineersnepal.com

 

नयाँ  इन्जिनियरहरूलाई  राम्रो किसिमको  तालीम दिन निकै  खाँचो छ । खासगरी  वार्षिक  रुपमा  ३/४   हजार जति न याँ इन्जिनियरहरु  पास आउट हुने गर्छन्  । उनीहरुलाई  राम्रो तरिकाले  तालीम दिने  र मार्गदर्शन गर्ने  राम्रो खालको  संस्थासमेत नेपालमा छैन ।


ADVERTISEMENT

सरकारको प्रशासन,  लेखा सम्बन्धी तालीम दिने संस्थाहरू  छन्  । इन्जिनियरहरुलाई तालीम दिने कुनै संस्था भएन भनेर हामीले एउटा इन्जिनियरिङ स्टाफ कलेज स्थापना गरौँ भनेर धेरै वर्ष अघि देखि लागिएको हो । तर, त्यस अनुसार काम भएन ।  यद्यपि  यस्तो कलेज स्थापना गर्न जरुरी छ ।  

सरकारका तर्फबाट विदेशी युनिर्भसिटीसँग  संयुक्त सहकार्य गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा कसरी इन्जिनियरिङ क्षेत्रको विकास र शिक्षा भइरहेको छ भन्ने विषय अघि बढाउनुपर्छ । यसका लागि  सरकारले नै कार्यक्रम ल्याउनुपर्छ । यदी यस्तो नभएमा पनि नेपालका विश्वविद्यालय र विदेशका विश्वविद्यालयहरुसँग सहकार्य गराएर अध्ययन गराउन खाँचो छ । सरकारका  सम्बन्धीत निकायमा इन्जिनियरहरु  सहायकको  भूमिकामा मात्रै  छन् । 

इन्जिनियर म्यानेजर बनाउने  व्यवस्था गर्नुपर्छ ।  स्थानीय तहमा  बढि  काम गर्नु पर्ने  भएकाले म्यानेजर  तथा प्रमुखको   भूमिका दिएर  अधिकार  सम्पन्न बनाउन पनि जरुरी छ ।  आइटी  हब बनाउन पनि   स्थापना हुनपनि आवश्यक  छ, जसबाट पास आउट भएकाले अवसर पाउने र  स्थानीयतहमा पनि  यस  विकासमा जानकारी वृद्धि हुन्छ ।  अध्ययन तथा अनुसान्धानमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।  अर्को तर्फ   नेपालमा अहिले  पनि कामचलाउ  मात्रै बनाएको अवस्था छ ।  पूर्वाधारहरू  दीर्घकालिन  सोचाई र टिकाउन बनाउन सकिएको छैन ।  काम चलायनमात्रै  भत्कीदा  तुरुन्त बनाउने र खोस्रेर विकास गर्ने जस्तै भएको छ ।

नेपालमा बसेर नेपालीले नै  कामगर्न सक्ने अवस्था छ भने  नेपाली इन्जिनियरहरुले बाहिर  पनिअवसर पाएका छन् । इन्जिनियरिङ  क्षेत्रकालागि  नेपालमा अवसर नै अवसर छ ।  विकासकालागि  नेपाल अहिले  पनिभर्जिन  ल्याण्ड हो। दीगो विकासले  गतिलिँदा  नेपालमा इन्जिनियरहरुका लागि रोजगारीका साथसाथै अनुभव र  सिकाइ पनि उत्तिकै सिर्जना हुन्छ । इन्जिनियर्स दिवस मनाउँदै गर्दा एशोसिएसनले  इन्जिनियर्सहरुको  क्षमताविकास,  हकहितका लागि पनि उत्तिकै जोड दिएर  काम गर्नेछ भन्नेमा आशावादी छु ।

भिम  उपाध्याय,
पूर्वसचिव  



Your Comments