नेपाल इन्जिनियरिङ परिषद्मा पाँच सदस्य नियुक्त

नेपाल इन्जिनियरिङ परिषद्मा पाँच सदस्य नियुक्त


इन्जिनियर्स नेपाल |  असार १५, २०७६, काठमाडौं


engineersnepal.com

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल इन्जिनियरिङ परिषद्को बोर्ड सदस्यमा पाँच जना नियुक्त गरेको छ । 

गत असार १२ गते बिहीबार मन्त्रीस्तरको निर्णय अनुसार नियुक्त हुनेहरुमा डा.ई. विष्णु प्रसाद पाण्डे, ई. किरण चन्द्र दाहाल, ई. शम्भु नारायण यादव, ई. रामेश्वर रिजाल र ई. मदन तिमिल्सिना रहेका छन् । 

मन्त्रालयले नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा ५ (१) ग बमोजिम चार वर्षका लागि नियुक्त गरेको हो । 

ऐनमा इन्जिनियरिङ व्यवसायमा संलग्न इन्जिनियरहरु सदस्यको रुपमा सम्बन्धित मन्त्रालयले मनोनित गर्ने परिषद् ऐन, २०५५मा व्यवस्था गरिएको छ । 

नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ मा अध्यक्ष, उपाध्यक्ष सहित नेपाल सरकारबाट मनोनीत पाँचजना इन्जिनियरहरु , नेपाल इन्जिनियर्स एशोसिएसनको अध्यक्ष, नेपाल इन्जिनियर्स एशोसिएसनले निर्वाचन गरी पठाएका पाँचजना इन्जिनियरहरु , इन्जिनियरिङ क्याम्पसका क्याम्पस प्रमुखहरु मध्ये नेपाल सरकारबाट मनोनीत क्याम्पस प्रमुख एकजना, इन्जिनियरिङ अध्ययन संस्थान प्रतिनिधि एक जना र परिषद्बाट मनोनीत दुईजना इन्जिनियर सदस्य रहने रहने ब्यबस्था गरीएको छ ।

त्यस्तै परिषद्को सदस्य–सचिव रजिष्ट्रार रहने ऐनमा उल्लेख छ । 

 



Your Comments