सम्पति मूल्यांकनको ब्यावसाय गर्न ‘एनभिए’को सदस्य हुन बाध्यकारी छैन : इन्जिनियर्स एशोसिएसन

सम्पति मूल्यांकनको ब्यावसाय गर्न ‘एनभिए’को सदस्य हुन बाध्यकारी छैन : इन्जिनियर्स एशोसिएसन


इन्जिनियर्स नेपाल |  साउन १४, २०७७, काठमाडौं


#
engineersnepal.com

#

नेपाल इन्जिनियर्स एशोसिएसनले सम्पति मूल्यांकन सम्बन्धि ब्यावसाय गर्न नेपाल भ्यालुयर्स एशोसिएसनको ‘एनभिए’को सदस्य हुनै पर्ने वाध्यकारी नियम नभएको बताएको छ । 

‘एनभिए’मा आबद्ध हुन राखेका सदस्यता शर्त र शुल्कबारे ध्यानाकर्षण भएको बताउदै इन्जिनियर्स एशोसिएसनले मंगलबार विज्ञप्ती जारी गरेको हो ।


ADVERTISEMENT

इन्जिनियरिङ परिषद्को दर्तावाला इन्जिनियरले सरकारको प्रचलित नियमको रित पु¥याई सम्पति मूल्यांकनको सेवा प्रदान गर्न सक्ने एशोसिएसनले स्पष्ट पारेको छ ।

नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएको प्रमाणपत्रको आधारमा स्वतन्त्र रुपमा कुनैपनि सरोकारवाला वा सेवाग्राहीको सम्पति मूल्यांकन गर्न सक्ने भएकाले नेपाल भ्यालुयर्स एशोसिएसन द्धारा भ्यालुर्स सदस्य हुनका लागि तोकिएको मापदण्डहरु अनुचित र अस्वभाविक भएको हुँदा तत्काल निर्णय फिर्ता लिनु पर्ने विज्ञप्तीमा उल्लेख छ ।

‘एनभिए’को सदस्य हुन इन्जिनियरिङ परिषद्मा दर्ता भएको तीन बर्ष हुनुपर्ने

नेपाल भ्यालुयर्स एशोसिएसन ‘एनभिए’ले एशोसिएसनको सदस्य हुन इन्जिनियरिङ परिषद्मा दर्ता भएको तीन बर्ष पुरा भएको हुनुपर्ने मापदण्ड तोकेको छ । त्यस्तै एशोसिएसनले संचालन गर्ने तालिम लिएको हुनुपर्ने अनिवार्य गरेको छ ।

अनुभवी भ्यालुयर्सको रुपमा दर्ता हुन परामर्श कम्पनीले भ्यालुयसनको क्षेत्रमा एकबर्ष अनुभव लिएको हुनुपर्ने थप शर्त राखेको छ । त्यस्तै एशोसिएसनको सदस्य हुन तालीम शुल्क बाहेक तीस हजार रुपैयाँ तोकिएको छ ।



Your Comments