इन्जिनियरिङ अध्ययन संस्थानको डीनमा प्रा.डा. शशिधर राम जोशी नियुक्त

इन्जिनियरिङ अध्ययन संस्थानको डीनमा प्रा.डा. शशिधर राम जोशी नियुक्त


इन्जिनियर्स नेपाल |  साउन ९, २०७७, काठमाडौं


#
engineersnepal.com

#

त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ अध्ययन संस्थान (इ.अ.स.)को डीनमा प्रा.डा.शशिधर राम जोशीलाई नियुक्त गरेको छ । शुक्रबार बसेको त्रिभुवन विश्वविद्यालयको कार्यकारी बैठकले प्रा.डा. जोशीलाई चार बर्षे कार्यकालको लागी नियुक्त गरेको हो।

संस्थानको सर्च कमिटीले नयाँ डीनका लागि प्राध्यापकहरु शशिधर राम जोशी, नवराज कार्की र निमित्त डीन सुशील बज्राचार्य गरि तीन जनाको नाम सिफारिस गरेको थियो। प्राज्ञिक छवि बनाएका नव नियुक्त डीन जोशी इलेक्ट्रोनिक्स बिभाग अन्तर्गतका प्राध्यापक हुन् ।


ADVERTISEMENT

यस अघिका डीन प्राध्यापक रामचन्द्र सापकोटा उमेर हदका कारण जेठ २३ मा अवकाश पाएपछि संस्थानको जिम्मेवारी निमित्त डीनको रुपमा सुशील बज्राचार्यले पाएका थिए ।

बिगत १४ बर्ष देखि त्रिभुवन विश्वविद्यालयको भागबन्डामा इन्जिनियरिङ अध्ययन संस्थानको डीन एमाले निकट प्राध्यापकको कोल्टामा पर्दै आएको छ।



Your Comments