नेपाल इन्जिनियरिङ परिषद् ऐन प्राथमिकतामा छ : मन्त्री नेम्वाङ

नेपाल इन्जिनियरिङ परिषद् ऐन प्राथमिकतामा छ : मन्त्री नेम्वाङ


इन्जिनियर्स नेपाल |  साउन ४, २०७७, काठमाडौं


#
engineersnepal.com

#

भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री वसन्तकुमार नेम्बाङले इन्जिनियरिङ परिषद् ऐन सरकारको प्राथमिकतामा रहेको बताएका छन् । 

उनले संसद्को आगामी हिउँदे अधिवेशनबाट ऐन पारित हुने जानकारी दिए । इन्जिनियरिङ पेसा मर्यादित र सम्मानित क्षेत्र बनाउन ऐन कोसेढुङ्गा सावित हुने मन्त्री नेम्बाङ्को दाबी छ ।


ADVERTISEMENT

मन्त्री नेम्बाङले इन्जिनियरिङ परिषद् ऐन राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा आएर संसद्को विकास समितिमा भरपुर छलफल भएको जानकारी दिए । शनिबार नेपाल इन्जिनियर्स एसोसिएसनको ५८औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले ऐनमा राखिएका प्रावधान परिस्कृत गरेर फेरि प्रतिनिधि सभामा प्रस्तुत हुने अवस्थामा रहेको र अब हिउँदे अधिवेशनबाट पारित
हुने बताए  ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले २९ जेठ २०७६ मा दर्ता गरेको ‘नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन विधेयक, २०७६’ राष्ट्रिय सभाले ९ पुष २०७६ मा पारित गरी प्रतिनिधि सभामा पठाएको थियो । खासगरी यो विधेयकमार्फत सरकारले इन्जिनियरिङ लाइसेन्स लिन परीक्षा दिनुपर्ने प्रावधान कार्यान्वयनामा ल्याउन खोजेको छ । 

 



Your Comments