५८ औं इन्जिनियर्स दिवस बिबिध कार्यक्रम गरी मनाइयो

५८ औं इन्जिनियर्स दिवस बिबिध कार्यक्रम गरी मनाइयो


इन्जिनियर्स नेपाल |  साउन ३, २०७७, काठमाडौं


#
engineersnepal.com

#

इन्जिनियरिङ क्षेत्रका संघ-संगठनहरुले बिबिध कार्यक्रम गरी शनिबार ५८ औं इन्जिनियर्स दिवस मनाएका छन् ।

नेपालको सर्वाङ्गीण विकासको क्रममा देशमा इन्जिनियर समुदायको भुमिका सुव्यवस्थित बनाउने उद्देश्यले नेपाल इन्जिनियर्स एशोसिएसन स्थापना गरिएको आज ५८ बर्ष पुगेको अवसरमा ५८ औं इन्जिनियर्स दिवस मनाइएको हो । 


ADVERTISEMENT

पेशागत हित र समुन्नतिका लागि इन्जिनियरहरु औपचारिक रुपमा संगठित भएको दिन भएकाले यस क्षेत्र संग सम्बधित कार्यक्रमहरु गरि मनाइदै आइरहेको छ । 

यस बर्ष भने नेपाल इन्जिनियर्स एशोसिएसनले कोभिड-१९ का कारण सामाजिक दुरी कायम गर्दै प्रमुख अतिथि, अतिथीहरु र आयोजकहरुको मात्र उपस्थितिमा ५८ औं इन्जिनियर दिवस मनाएको छ ।

उक्त कार्यक्रम बिभिन्न संचाल मार्फत इन्जिनियरहरुको भर्चुअल सहभागिताका रहेको थियो । त्यस्तै एशोसिएसनका प्रदेश समितिहरुले रक्तदान तथा बृक्षारोपणका कार्यक्रमहरु सम्पन्न गरेका छन् ।

इन्जिनियर घर पुल्चोकमा भएकोे कार्यक्रममा एशोसिएसनका अध्यक्ष प्रा.डा. त्रिरत्न बज्राचार्यले जोखिमपुर्ण कार्यमा रहेका इन्जिनियरको सुरक्षाको लागि ध्यानदिनु पर्ने बताए । कार्यक्रमा बोल्दै  नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष ई. डिल्ली रमण निरौलाले बिभिन्न दुर्घटनामा परेका इन्जिनियरको उदाहरण दिदै इन्जिनियरको हेल्थ एण्ड सेफ्टीमा राज्य र निमार्ण कम्पनीहरुले जोड दिन पर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि भौतिक पुर्वाधार तथा यातायात मन्त्री बशन्त नेम्वाङ्गले हिउदे अधिबेशन सुरु हुनासाथ इन्जिनियरिङ स्टाफ कलेजको ऐन कार्यान्वयनको लागि अघि बढाउने आश्वासन दिएका थिए । 



1 Comments

Dilip Kumar Yadav

July 18, 2020, 9:28 p.m.

Happy Engineer day

Your Comments