इन्जिनियरिङ पढ्ने ५९ % विद्यार्थी इन्टरनेटको पहुँचमा, ४२ % अनलाइन कक्षा पढ्न इच्छुक

इन्जिनियरिङ पढ्ने ५९ % विद्यार्थी इन्टरनेटको पहुँचमा, ४२ % अनलाइन कक्षा पढ्न इच्छुक


इन्जिनियर्स नेपाल |  असार १३, २०७७, काठमाडौं


#
engineersnepal.com

इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत Laboratory for ICT Research and Development (LITC)ले गरेको सर्वेक्षणमा अनलाइन कक्षामा सहभागी हुन चाहने विद्यार्थी ४१.५ प्रतिशत रहेको पाइएको छ । 

कोभिड - १९ को प्रभावले लकडाउन लम्बिदै गर्दा अनलाइन कक्षा संचालनको संभावनाबारे LITC ले जेठ ११ देखि जेठ २६ सम्म अनलाइन सर्वेक्षण गरेको थियो । 


ADVERTISEMENT

बिहिबार डिन कार्यलयलाई बुझाइएको उक्त Report on feasibility of online teaching/learning process for IOE सर्वेक्षण रिपोर्टमा संस्थान अन्तर्गत ५ आंगिक क्याम्पस र १० सम्बन्धन प्राप्त कलेजका छ हजार तीन सय त्रिपन्न बिद्यार्थी सहभागी थिए । 

 

त्यस्तै संस्थान अन्तर्गतका क्याम्पसहरुमा अध्यापन गराउने २३३ प्राध्यापक र १९ कर्मचारीको पनि अनलाइन सर्भेमा सहभागी भएको डीन कार्यलयले जानकारी दिएको छ ।

सर्वेक्षण अनुसार इन्टरनेट पहुँचका आधारमा भने १५.४५ प्रतिशत विद्यार्थी इन्टरनेटको राम्रो पहुँचमा र ४३.५५ पहुँचमा रहेको पाइएको छ । 

सर्वेक्षण रिपोर्ट सार्वजनिक भए पनि इन्जिनियरिङ अध्ययन संस्थान डीन कार्यालयले अनलाइन कक्षा संचालन गर्ने/नगर्ने बारे कुनै निर्णय भैनसकेको बताएको छ ।

पछिल्लो समय डीन कार्यालयले आंगिक क्याम्पस र सम्बन्धन प्राप्त कलेजहरुका पदाधिकारीहरु र बिद्यार्थी प्रतिनिधिहरु संग गरेको छलफलमा अघिल्लो सेमेस्टरको परीक्षाको टुंगो नलगाइकन अर्को सेमेस्टरको अनलाइन कक्षा संचालन गर्न नसकिने अधिकांसको राय रहेको छ।

अघिल्लो सेमेस्टरको परीक्षाको टुंगो कसरी लगाउने भन्ने बारे त्रिभुवन विश्वबिद्यालयले अहिले सम्म कुनै आधिकारिक निर्णय गरेको छैन ।



1 Comments

Adityaman Shakya

June 28, 2020, 10:13 a.m.

Technical subjects ma online classes upyogi hundain.

Your Comments