इन्जिनियरिङ स्टाफ कलेज स्थापनाका लागि विधेयक ल्याउने तयारी, विधेयक तर्जुमा गर्न कमिटी गठन

इन्जिनियरिङ स्टाफ कलेज स्थापनाका लागि विधेयक ल्याउने तयारी, विधेयक तर्जुमा गर्न कमिटी गठन


इन्जिनियर्स नेपाल |  बैशाख १५, २०७७, काठमाडौं


#
engineersnepal.com

सरकारले इन्जिनियरिङ स्टाफ कलेज स्थापनाका लागि विधेयक ल्याउने तयारी गरेको छ ।

नेपाल इन्जिनियर्स एसोसिएसनले तयार पारेको मस्यौदामा इन्जिनियरिङ स्टाफ कलेजको नाम “नेपाल इन्जिनियरिङ प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठान” राख्ने प्रस्ताव गरिएको छ ।


ADVERTISEMENT

एसोसिएसनले मस्यौदा तयार पारेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएकोमा मन्त्रालयले बैशाख १० गते “नेपाल इन्जिनियरिङ प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठान” स्थापनाको कार्यलाई तार्किक निष्कर्षमा पुर्याउनका लागी समन्वय समिति गठनको प्रस्ताव गरेको छ ।

उक्त विधेयक विधेयक तर्जुमा गर्न बनाइएको समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी सह सचीव प्रमिला देवी शाक्य बज्राचार्यको संयोजकत्वमा नौ सदस्यीय समन्वय समिती गठन गर्ने भएको छ ।

समितिमा इन्जिनियरिङ परिषद् , इन्जिनियर्स एसोसिएसन, परामर्शदात्री समाज लगायत सरोकारवाला निकायको सहभागिता रहनेछ ।

 

 

यो पनि पढ्नुहोस

इन्जिनियरिङ स्टाफ कलेज : सञ्चालन ऐनको मस्यौदा तयार



Your Comments