इन्जिनियरिङ परिषद्को रजिष्ट्रारमा शिव मंगल गिरी नियुक्त

इन्जिनियरिङ परिषद्को रजिष्ट्रारमा शिव मंगल गिरी नियुक्त


इन्जिनियर्स नेपाल |  असार ११, २०७८,


engineersnepal.com

सरकारले नेपाल इन्जिनियरिङ परिषद्को रजिष्टारमा शिव मंगल गिरी नियुक्त गरेको छ ।  परिषद्ले ३ सातापछि नयाँ रजिष्ट्रार पाएको छ । मन्त्रिपरिषद्को वैठकले नयाँ रजिष्ट्रारमा एमाले निकट इन्जिनियरिङ संगठनका नेता गिरीलाई परिषद्को नयाँ रजिष्ट्रारमा नियुक्त गरेको हो । 

यसअघि रजिष्ट्रार ई.खेमराज जोशी थिए । उनी ४ वर्षे कार्यअवधि सकिएर जेठ १९ गते परिषद्बाट विदाई भएका थिए । जोशीको बिदाईसँगै परिषद्को रजिष्ट्रार पद खाली थियो । परिषद्को रजिष्ट्रार पदमा सरकारले अनुभवि इन्जिनियरलाई नियुक्त गर्ने प्रचलन छ । 


ADVERTISEMENT

सरकारले इन्जिनियरिङ विधाको कुनै पनि क्षेत्र र १० वर्षको कार्यअनुभवका आधारमा परिषद्मा रजिष्ट्रार नियुक्त गर्छ ।



Your Comments