कोरोना रोकथामका लागि नेइएले गठन गर्यो १५ सदस्यीय कार्यदल

कोरोना रोकथामका लागि नेइएले गठन गर्यो १५ सदस्यीय कार्यदल

हरेक प्रदेशलाई एक लाख सहयोग


इन्जिनियर्स नेपाल |  बैशाख १२, २०७७, काठमाडौं


#
engineersnepal.com

काठमाडौं । कोरोना रोकथाममा योगदान पुर्याउन नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए)ले गठन गर्यो १५ सदस्यीय कार्यदल गठन गरेको छ । 

शुक्रबार बसेको नेइएको भर्चुअल बैठकले उपाध्यक्ष ई. आशिष घिमिरेको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको हो । 


ADVERTISEMENT

कार्यदलले इन्जिनियर समुदायको तर्फबाट कोरोना रोकथाम र न्युनीकरणका कस्तो भूमिका निर्वाह गर्न सक्छ भन्ने अध्ययन गरेर सोही अनुसार कार्य गर्नेछ । 

यस्तै, नेइएले प्रत्येक प्रदेशलाई कोरोना रोकथाम गतिविधिका लागि एक/एक लाखका दरले सहयोग गर्ने निर्णय पनि गरेको छ । बैठकले रोजगारदाताहरुलाई इन्जिनियरहरुको तलब नकाट्न समेत आग्रह गरेको छ ।

 

नेपाल ईन्जिनियर्स एशोसिएसन ३२ औं कार्यकारिणी समितिको मिति २०७७ बैशाख १२ को बैठकको निर्णयहरु 

१. विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड-१९ भाइरस संक्रमणबाट देशमा परेको असर तथा त्यसबाट बच्ने उपायका संबन्धमा बैठकमा विस्तृत अन्तरक्रृयात्मक छलफल गरियो । यो रोगको नियन्त्रण
तथा यसबाट सुरक्षित रहनको लागि इन्जिनियर समुदायको तर्फबाट के–कस्तो सहयोग पु¥याउन सकिन्छ भन्ने विषयमा समेत छलफल हुँदा एशोसिएसनका विभिन्न प्रदेश समितिहरुको सक्रियतामा हाल भैरहेका गतिविधी तथा सहयोगहरुलाई थप विस्तार गर्ने निर्णय गरियो ।

यसको लागि नेपाल ईन्जिनियर्स एशोसिएसनका सबै प्रदेश समितिहरुलाई परिचालन गर्ने गरी आवश्यक समन्वय गर्न देहाय बमोजिमको संरचनामा १५ सदस्यीय कोभिड-१९ भाइरस रोकथाम कार्यदल गठन गर्ने निर्णय गरियो ।
संयोजक ई. आशिष घिमिरे, केन्द्रीय उपाध्यक्ष

सदस्य ई. कृष्ण प्रसाद पाण्डे, केन्द्रीय सदस्य, कर्णाली प्रदेश

-ई. ओम प्रकाश गिरी, केन्द्रीय सदस्य, गण्डकी प्रदेश

- आ. जनकराज जोशी, केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश

- ई. पारस खड्का, केन्द्रीय सदस्य, ५ नं. प्रदेश

- ई. लक्ष्मण कुमार यादव, केन्द्रीय सदस्य, २ नं. प्रदेश

- ई. डा. कृष्णराज पाठक, केन्द्रीय सदस्य, वागमती प्रदेश

- ई. डेगराज पौडेल, केन्द्रीय सदस्य, १ नं. प्रदेश

- ई. यशवन्त विक्रम शाह, सभापति, १ नं. प्रदेश केन्द्र

- ई. नन्द किशोर यादव, सभापति, २ नं. प्रदेश केन्द्र

- ई. नन्दलाल बन्जाडे, सभापति, वागमती प्रदेश केन्द्र

- आ. बाबुराम भण्डारी, सभापति, गण्डकी प्रदेश केन्द्र

- ई. कुशुमराज ज्ञवाली, सभापति, ५ नं. प्रदेश केन्द्र

- ई. सोनालाल यादव, सभापति, कर्णाली प्रदेश केन्द्र

- ई. लव प्रसाद जोशी, सभापति, सुदूरपश्चिम प्रदेश केन्द्र

उक्त कार्यदलले ऋइख्क्ष्म्(ज्ञढ भाइरस रोकथाम तथा व्यक्तिगत सुरक्षाका विषयमा सबै तहका सरकारी संयन्त्र तथा सम्पूर्ण सरकारी एवं गैर सरकारी निकायहरुसँग समन्वय गरी एशोसिएसनको तर्फबाट आवश्यक निर्णय लिन सक्ने अख्तियारी प्रदान गरियो । 

२. कोभिड-१९ भाइरस नियन्त्रण तथा रोकथामको लागि आवश्यक Logistic Support  तथा व्यवस्थापन लगायतका विषयमा प्रदेश स्तरमा गतिविधिहरु संचालनार्थ प्रत्येक प्रदेश कार्यकारिणी समितिलाई रु. १,००,०००/– (एक लाख रुपैयाँ) का दरले सहयोग गर्ने निर्णय गरियो । भाइरस रोकथामको विभिन्न उपायहरुका बारेमा नविन विचार (-Innovative Idea) हरु मार्फत प्रदेश सरकार तथा स्थानीय सरकारसँग
समन्वय गरी सहयोग गर्न सबै प्रदेश कार्यकारिणी समितिलाई अनुरोध गर्ने निर्णय गरियो । साथै कोभिड-१९ भाइरस रोकथाम लगायत भविष्यमा आउने अन्य बिपदहरुको लागि एक सर्वसंचित राहत कोष स्थापना गर्ने र उ्रक्त कोषबाट हाललाई विभिन्न स्वास्थ्य सामाग्री तथा उपकरणहरुको उत्पादन तथा आविष्कार गर्ने अभियानमा सकृय रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई अन्य प्राबिधिक सहयोग लगायत संस्थागत रुपमा
रु. १,००,०००/– (एक लाख रुपैयाँ) सहयोग उपलब्ध गराउने निर्णय गरियो ।

३. कोभिड-१९ को असर र Lockdown ले गर्दा विभिन्न निजि तथा गैरसरकारी क्षेत्रमा कार्यरत इन्जिनियरहरुको रोजगारीमा समेत असर पर्न लागेको र वहाँहरु कार्यरत संस्थामा रोजगारी गुम्ने अवस्था आएको भन्ने जानकारीप्रति बैठकको ध्यानाकर्षण भयो । यो महामारीको बेला मानवीय संवेदनशीलतालाई विचार गरी कार्यरत इन्जिनियरहरुको Lockdown अबधिको तलब नकाट्न र रोजगारीबाट विमुख नगरिदिन विशेष गरी परामर्श, उद्योग, निर्माण व्यवसाय लगायतको निजि क्षेत्रसँग सम्बद्ध संघ सस्थाहरुलाई अनुरोध गर्ने निर्णय गरियो ।

४. नेपाल ईन्जिनियर्स एशोसिएसनसँग संबन्धित पेशागत हकहित, राष्ट्रिय राजनिति, समसामयिक घटनाक्रम लगायतका विभिन्न गतिविधीहरु उपर समय सापेक्ष बक्तव्य जारी गर्दा संस्थागत निर्णय बाहेक आ–आफ्नो ब्यक्तिगत तथा सामुहिक धारणा राख्ने क्रममा एशोएिसनको Letter Pad एबम प्रयोग नगर्ने र बिगतमा भएका यस्ता कमी कमजोरीहरुलाई मनन्गर्दै त्रुटि दोहोरिन नदिने निर्णय गरियो ।

५. लकडाउनका कारण मुलुक भित्र विभिन्न स्थानमा अलपत्र परेका ईन्जिनियरहरुको अवस्था र वहाँहरुको सुरक्षित गन्तव्य व्यवस्थापनका बारेमा आवश्कता अनुसारको समन्वय गर्न कोभिड-१९ भाइरस रोकथाम संबन्धी कार्यदललाई जिम्मेवारी प्रदान गरियो । उक्त सहयोगको लागि सम्बन्धित ब्यक्तिले एशोसिएसनको मोबाइल नम्बर ९८४१४५२५५९ मा सम्पर्क गर्न अनुरोध गर्ने निणर्य गरियो ।



Your Comments