नेइएको भवन निर्माणका लागि प्रदेश सरकारको २५ लाख सहयोग

नेइएको भवन निर्माणका लागि प्रदेश सरकारको २५ लाख सहयोग


इन्जिनियर्स नेपाल |  असार ९, २०७६, मोरङ


engineersnepal.com

नेपाल इन्जिनियर्स एशोसिएसन प्रदेश–१ केन्द्रको कार्यालय भवन निर्माणका लागि  को भौतिक पूर्वाधार विकास मन्त्रालयले २५ लाख रकम विनियोजन गरेको  छ ।  

एशोसिएसनको प्रदेश १ को विराटनगर तीनटोलियास्थित निर्माणाधिन भवनका लागि नेइएको केन्द्रीय कार्यालयले प्रदेश सरकारसमक्ष गते जेठ १२ गते ५० लाख रकम माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । 

बाँकी आवश्यक बजेट  मन्त्रालयले क्रमागत रुपमा उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाएको नेपाल इञ्जिनियर्स एशोसिएसन प्रदेश १ का केन्द्रीय सदस्य डेगराज पौडेलले जानकारी दिए । उनले तीनटोलीयामा निर्माणका लागि एक देखि डेढ करोड रुपैयाँ लागत लाग्ने अनुमान रहेको जानकारी दिए । 

‘चर उठाइएको उक्त भवन जीर्ण अवस्थामा छ’, इन्जिनियर्स नेपालसँग कुरा गर्दै उनले भने, ‘अहिलेलाई हामीसँग भएको बजेटले भवन निर्माणको कामलाई अगाडि बढाउँदै गर्छौं ।’

गत मंसिर २८ गतेको निर्वाचन पश्चात नेपाल इन्जिनिएर्स एशोसिएसन पहिलो पटक प्रदेश संचरनामा गएसँगै सबै प्रदेशमा प्रदेश कार्यालयहरु व्यवस्थित गर्ने क्रम चलिरहेको  छ ।



Your Comments