‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुँदै

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुँदै


इन्जिनियर्स नेपाल |  माघ २१, २०७६, काठमाडौं


#
engineersnepal.com

#

मिडिया स्पेस सोलुसन्स प्रालि र फर्नेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिको संयुक्त आयोजनामा छैठौँ  ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने भएको छ ।

माघ २४ गते देखि २६ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा हुने प्रदर्शनीमा बिभिन्न देशका ३०० भन्दा बडी ख्याती प्राप्त ब्राण्डका २०० बढि स्टलहरु रहने आयोजकले जनाएको छ । निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण व्यवसाय संग सम्बन्धित उत्पादनहरुको बारेमा प्रदर्शनीबाट जानकारी गराउने छन् । 

प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरणमा टेवा पुर्याउने विश्वास गरिएको छ । प्रदर्शनीमा घर बनाउन चाहाने व्यक्ती, आम नागरीक, आर्किटेक्ट, इन्जिनियर्स, कन्ट्याक्टर्स, विल्डर्स तथा इन्टेरीयर डिजाइनरहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।


ADVERTISEMENT

प्रदर्शनीको मुख्य उदेश्य नेपालको निर्माण क्षेत्रमा नयाँ प्रबिधीका सामान भित्राउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका प्रविधीलाई नेपाली बजारमा सहज रुपमा उपलब्ध गराउने रहेको छ ।



Your Comments