ई. टुकलाल अधिकारीको नेतृत्वमा स्काफको नयाँ कार्यसमिति

ई. टुकलाल अधिकारीको नेतृत्वमा स्काफको नयाँ कार्यसमिति


इन्जिनियर्स नेपाल |  माघ १७, २०७६, काठमाडौं


#
engineersnepal.com

#

सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म (स्काफ)को निर्वाचन सम्पन्न भएको छ । 

शुक्रबार कुपण्डोल स्थीत होटल हिमालयमा भएको भेलाले ई. टुकलाल अधिकारी को अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष ई. अधिकारी यस अघिको कार्य समितिमा उपाध्यक्ष रहेका थिए ।


ADVERTISEMENT

त्यस्तै समितिको उपाध्यक्षमा ई. कृष्ण सापकोटा, महासचिवमा ई. प्रकाश अधिकारी, सचिवमा ई. ठाकुर प्रसाद शर्मा, कोषाध्यक्षमा ई.गोबिन्द देव अधिकारी सहित छ जना सदस्य निर्वाचित भएका छन् ।

सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म(स्काफ)मा इन्जिनियरिङ परामर्शको क्षेत्रमा काम गर्ने करिब दुई सयको संख्यामा सदस्य फर्महरु रहेका छन् ।
 

स्काफ को १६ औं कार्यकारिणी समिति
अध्यक्ष  - ई. टुकलाल अधिकारी  (ITECO)
उपाध्यक्ष - ई. कृष्ण सापकोटा (SITARA)
महासचिव - ई. प्रकाश अधिकारी (ECoCoDE Nepal)
सचिवमा - ई. ठाकुर प्रसाद शर्मा (FBC)
कोषाध्यक्षमा - ई.गोबिन्द देव अधिकारी (HOMELAND)

सदस्यहरु 
ई.गोबिन्द मान ताम्राकार (MEH)
ई.किट्च चित्रकार (D-FORT)
ई.श्रवण कुमार थापा  (NORTHSTAR)
ई. उमेश चौधरी (UNIQUE)
ई.नारायण हरी रिजाल (PARAGON)
ई.पदम ओली (ENGINEERS' World)



Your Comments