बालाजु स्कूल अफ इन्जिनियरिङले सोमबार देखि “टेक्निकल जब फेयर” गर्ने

बालाजु स्कूल अफ इन्जिनियरिङले सोमबार देखि “टेक्निकल जब फेयर” गर्ने


इन्जिनियर्स नेपाल |  माघ १३, २०७६, काठमाडौं


#
engineersnepal.com

बालाजु स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीले प्राबिधिक एस.एल.सी र डिप्लोमा इन्जिनियरिङका प्रशिक्षार्थीहरुलाई लक्षित गर्दै प्राबिधिक रोजगार मेला २०७६ को आयोजना गरेको छ । 

माघ १४ र १५ गते हुने दुई दिने उक्त मेलामा मेकानिकल, इलेक्ट्रीकल, सिभिल, अटोमोबाइल, स्यानेटरी लगायत बिषयका प्राबिधिकलाई स्थलगत अन्तरवार्ता बाटै रोजगारीको अवसर प्रदान गर्ने आयोजकले जनाएको छ । 


ADVERTISEMENT

उक्त रोजगार मेलामा प्रबिधिक जनशक्ती र उद्योगीहरु एक आपसमा चिना परिचयहुने अवसर मिल्नेछ । त्यसैगरी उद्योगी व्यवसायीहरुले कार्यक्रमबाट आफुलाई आवश्यकता अनुसारको मध्यम स्तरको प्राबिधिक जनशक्ती रोज्न पाउने छन् । 

बालाजु औद्योगिक क्षेत्रमा हुन गइरहेको यस कार्यक्रममा नेपाटप, सिप्रदी, पन्चकन्या, नेपाल ट्रान्सफर्मर, कालिका कन्सट्रक्सन, सेफ स्टिल्स्, सिइ मेटल लगायतका प्रतिष्ठित उद्योगहरुको सहभागीता रहने छ ।
सिटीइभिटीको आङ्गीक प्राबिधिक शिक्षालयको रुपमा रहेको बालाजु स्कूल अफ इन्जिनियरीङ एण्ड टेक्नोलोजीले यस किसिमका कार्यक्रम विगत ३ बर्ष देखि गर्दै आइरहेको छ । 
 



2 Comments

Prem tiruwa

Jan. 28, 2020, 6:28 p.m.

Interested for this job and invitation

Mekhraj budha

Jan. 27, 2020, 3:43 p.m.

Nice

Your Comments