सरकारको नीतिः सबै प्रदेशमा त्रिविको आंगिक इन्जिनियरिङ क्याम्पस

सरकारको नीतिः सबै प्रदेशमा त्रिविको आंगिक इन्जिनियरिङ क्याम्पस

प्रदेश २ मा रेलवे इन्जिनियरिङको सम्भावना


इन्जिनियर्स नेपाल |  पुस २९, २०७६, काठमाडौं


#
engineersnepal.com

सरकारले प्रदेश नम्बर दुई, पाँच र सातमा त्रिभुवन विश्वविद्यालयको आंगिक इन्जिनियरिङ क्याम्पस खोल्न समिति गठन गरेको छ । नेपाल इन्जिनियर्स एसोसिएशन (नेईए) का अध्यक्ष एवं इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डिन प्रा.डा. त्रिरत्न बज्राचार्यको संयोजकत्वमा शिक्षा मन्त्रालयले पाँच जनाको समिति गठन गरेको हो ।
समितिमा प्राध्यापक भद्रप्रसाद पोखरेल, प्रेमचन्द्र झा, सह–प्रध्यापक सन्तोषकुमार श्रेष्ठ र प्रशासनतर्फबाट राजेश शाक्य सदस्य रहेका छन् ।

समितिले महोत्तरी, दाङ र डोटीमा इन्जिनियरिङ क्याम्पसको स्थापनाको सम्भावनाबारे स्थलगत अध्ययन गर्नेछ । साथै, समितिले बुटवलमा पनि पूर्वाधारको अध्ययन गर्नेछ ।


ADVERTISEMENT

प्रदेश २ मा रेलवे इन्जिनियरिङको सम्भावना

स्थलगत अध्ययनका क्रममा सो क्षेत्रको भौगोलिक तथा आर्थिक अवस्था, बजार व्यवस्थापन, इन्जिनियरिङ शिक्षा अध्ययनको सम्भावनालगायतका विषयलाई ध्यानमा राखिने छ । त्यसपछि सम्बन्धित विज्ञ, स्टेक होल्डरहरुसँग कुराकानी गरेर एउटा प्रतिवेदन तयार पारिनेछ ।
कुन क्षेत्रमा कुन विषयमा इन्जिनियरिङ शिक्षाको माग छ भन्नेबारेमा समेत अध्ययन गरी प्रतिवेदनमा उल्लेख गरिने छ । ‘महोत्तरीमा रेलवे इन्जिनियरिङको सम्भावना देखिएको छ । जलमार्गको सम्भावना धेरै नदेखिएकाले रेलवे शिक्षालाई प्राथमिकता कसरी दिने सकिन्छ भन्ने विषयमा हामीले प्रदेश दुईमा अध्ययन गर्नेछौँ’ समितिमा संयोजक बज्राचार्यले इन्जिनियर्स नेपालसँग भने ।

हाल नेपालमा रेलवे इन्जिनियरिङको सम्भावना छ । भारत तथा चीनले नेपालमा रेल ल्याउनेगरी काम अघि बढाइरहेका बेला नेपालमा रेलवे इन्जिनियरको संख्या नगन्य छ । इन्जिनियरिङ कलेजहरुमा यो विषय हालसम्म पढाईसमेत भएको छैन । यस्तोमा रेलवे इन्जिनियरिङलाई प्राथमिकतामा राखिएको बज्राचार्यको भनाई छ ।

त्रिभुवन विश्वविद्यालयको लोकप्रियता र इन्जिनियरिङ शिक्षाप्रतिको बढ्दो आकर्षण र मागलाई ध्यानमा राखेर सरकारले सातै प्रदेशमा इन्जिनियरिङ क्याम्पस खोल्ने नीति अवलम्बन गरेको हो ।

जटिलता
नयाँ क्याम्पस स्थापनमा केही जटिलता भने छन् । आवश्यक पूर्वाधारमा समस्या नभए पनि विद्यार्थी भर्ना र गुणस्तरिय शिक्षा मुख्य चुनौती हुन् ।
‘इन्जिनियरिङ पढ्न प्लस टूमा साइन्स विषय पढेको हुनुपर्छ तर अहिले साइन्स र गणितमा विद्यार्थीको आकर्षण घटिरहेको छ’ संयोजक बज्राचार्य भन्छन्, ‘अब विद्यालयस्तरबाट नै इन्जिनियरिङ शिक्षाप्रति आकर्षण बढ्ने खालको पाठ्यक्रम बनाउनुपर्ने देखिन्छ ।’

यस विषयमा आफूले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसँग कुराकानी गरेको र उनी सकारात्मक रहेको बज्राचार्यले जानकारी दिए । डोटीमा इन्जिनियरिङ क्याम्पस खुले त्यहाँको शैक्षिकमात्र नभएर आर्थिक तथा सामाजिक विकास समेत हुने सम्भावना रहन्छ । यी कुरालाई ध्यानमा राखेर सरकारले एक महिनाभित्र अध्ययन प्रतिवेदन पेश गर्न समितिलाई समयसीमा दिएको छ । तर, प्रत्येक जिल्लामा गएर स्थलगत अध्ययन गर्नुपर्ने भएकाले तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने समितिको योजना छ ।

इन्जिनियर्स नेपाल म्यागजिनबाट 



3 Comments

Dr. K R Dahal

Jan. 16, 2020, 4:58 p.m.

Very good. Many engineers can get job and so many poor and marganilized groups would be benefitted.

माधव रिजाल

Jan. 15, 2020, 7:17 a.m.

किन त्रिविकै आङ्गिक क्याम्पस? नेपालमा हरेक प्रदेशमा बिस्वविध्यालय छन् ,उनिहरुको स्तर उन्नतिमा ध्यान दिनु पर्दैन सरकार ले ? सरकारलाई आफैले खोलेको बिस्व- विद्यालयको इन्जिनियरिङ्ग शिक्षाको गुणस्तरमा संका लागेको हो भने स्तरउन्नति पो गर्ने हो। नेपाल इन्जिनियर्स यसोसिससन (NEA) को पहलमा बसेको बैठकले यस्तो निर्णय गर्नुले NEA को, TU केन्द्रिय मानसिकता स्पष्ट हुन्छ।

Saroj Basnet

Jan. 14, 2020, 9:52 p.m.

Ma xu ni yaha arko barsa engineering suru garne.

Your Comments