काठमाडौं महानगरपालिका भवन निर्माण मापदण्ड

काठमाडौं महानगरपालिका भवन निर्माण मापदण्ड


इन्जिनियर्स नेपाल |  पुस २९, २०७६, काठमाडौं


#
engineersnepal.com

#

प्रचलित कानुनले तोकेबमोजिम ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय वा पुरातात्विक दृष्टिले महत्वपूर्ण देखिएका क्षेत्रहरुमा बन्ने भवनको उचाइ, सेटब्याक, छानो, अग्र भाग, निर्माण सामग्रीको किसिम आदि सम्बन्धमा महानगरले विशेष ध्यान दिएको छ ।

विद्यमान काठमाडौं उपत्यकाका महानगरपालिका, नगरपालिका एवं वडाहरुमा प्रयोगमा आउने निर्माणसम्बन्धी मापदण्ड २०६४ र बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ मा भएका व्यवस्थालाई थप विस्तृत, प्रभावकारी र समयसापेक्ष बनाउन भवन निर्माणसम्बन्धी मापदण्ड २०७५ जारी गरिएको छ ।


ADVERTISEMENT

१. बेसमेन्टसम्बन्धी व्यवस्था:

बेसमेन्टसहितको नक्सापासको हकमा पुरानो सहरी क्षेत्रमा जमिनमुनि एक तल्ला मात्र बेसमेन्ट र अन्यक्षेत्रको हकमा जमिनमुनि दुई तल्लासम्म बेसमेन्ट निर्माण गर्न पाइनेछ । दुई तल्लासम्मको बेसमेन्ट निर्माण गर्ने भएमा सँधियारतर्फको सेटब्याक कम्तीमा तीन मिटर छाड्नुपर्नेेछ ।
२. आवासीय भवन निर्माणमा छाड्नुपर्ने दूरी:

आवासीय प्रकृतिका सबै प्रकारका निर्माणका लागि छाड्नुपर्ने दूरीसम्बन्धी व्यवस्था देहायबमोजिम हुनेछ ः
(क) झ्याल, ढोका, बार्दली आदि राख्नुपरेमा कम्तीमा १.५ मिटर सेटब्याक छाड्नुपर्नेछ । छड्के जग्गाको हकमा यस्तो सेटब्याक औसत रुपमा लिन सकिनेछ । तर औसत रुपमा यस्तो सेटब्याक
छाड्दा कम्तीमा १ मिटरभन्दा कम हुने गरी निर्माण गर्न पाइनेछैन ।

(ख) खण्ड (क) बमोजिम निर्माण गर्दा कुनै ठाउँमा १ मिटरभन्दा कम सेटब्याक भएमा १.५ मिटर वा सोभन्दा बढी भएको ठाउँमा मात्र झ्याल राख्न पाइनेछ ।

(ग) पुरानो सहरी क्षेत्रमा सबैभन्दा माथिल्लो तल्लाको छानामा मात्र बढीमा ०.६० मिटरसम्मको सनसेड (टप) बाटो वा चोकतिर राख्न सकिनेछ तर चोकको कर्नरमा (दुईवटा घरको साँधमा) ४५ डिग्री हुने गरी टप राख्नुपर्नेछ । तर १.२ मिटरसम्म चौडाइ भएको बाटोतर्पm बढीमा ०.३० मिटरसम्मको सनसेड (टप) राख्न सकिनेछ ।

(घ) पुरानो सहरी क्षेत्रबाहेकका क्षेत्रमा ६ मिटर वा सोभन्दा बढी चौडाइ भएका सडकसँग जोडिएका कित्तामा भवन निर्माणकार्य गर्दा भुइँतल्लामा व्यापारिक प्रयोजनका लागि सटर राख्न पाइनेछ । भुइँतल्लाभन्दा माथि आवासीय प्रयोजन भएमा मिश्रित उपयोग रहेको भवन मानिनेछ । उक्त भवनका लागि आवासीय भवनको मापदण्ड लागू हुनेछ । तर सटरतर्फको सेटब्याक कम्तीमा २ मिटर हुनुपर्नेछ । यस्ता प्रकृतिका भवनहरुलाई नक्सापास दस्तुर लिँदा व्यापारिक भवनसरहको दस्तुर तथा शुल्क लिइनेछ ।

(ङ) योजनाबद्ध आवासीय उपक्षेत्रमा फार ३.५ हुनेछ साथै ८ मिटर वा सोभन्दा बढी चौडाइको बाटोमा सटर राख्न पाइनेछ । सटर राख्दा २ मिटर सेटब्याक छोड्नुपर्नेछ ।

(छ) संस्थाको नाममा निर्माण हुने भवनको क्षेत्रफल ५०० वर्ग मिटरभन्दा कम भएमा संस्थाको निर्णयबमोजिम आवासीय प्रयोजनको भवन निर्माण मापदण्ड लागू हुनेछ । उक्त भवन संस्थागत वा आवासीय प्रयोजनमा उपयोग गर्न पाइनेछ । तर यो व्यवस्था विद्यालय र अस्पतालको हकमा आवासीय प्रयोजनका लागि मात्र लागू हुनेछ । ५०० वर्गमिटरभन्दा बढी क्षेत्रफलको भवन बनाउँदा संस्थागत भवनका मापदण्ड लागू हुनेछ ।

(ज) पोर्टीको र एट्रियमलाई फ्लोर एरिया रेसियो तथा कभरेजमा गणना गरिनेछैन । एट्रियमलाई छाना राखी छाएको खण्डमा भुइँतल्लाको नक्सा पास दस्तुर लाग्नेछ ।

(झ) पार्किङ प्रयोजनका लागि मात्र उपयोग हुने गरी निर्माण हुने खुल्ला प्रकारको बहुतल्ले पार्किङ भवन निर्माण स्वीकृति दिँदा नियमानुसार सेटब्याक छाडी बाँकी जग्गाको क्षेत्र ओगटी निर्माण अनुमति दिन सकिनेछ ।

३. आवासीय प्रयोजनको भवन भाडामा लगाउँदा : सरकारी तथा अर्ध–सरकारी निकायहरु, स्वास्थ्य संस्था, विद्यालय आदिले आवासीय प्रयोजनका भवनहरु आवासीय प्रयोजनका लागि मात्र भाडामा लिन पाउनेछन् ।

४. मञ्जुरीनामासम्बन्धी व्यवस्था : मापदण्ड पु¥याउने प्रयोजनका लागि सँधियारको मञ्जुरीनामाको आधारमा भवन निर्माण अनुमति वा निर्माणसम्पन्न प्रमाण–पत्र दिइनेछैन । तर मापदण्ड पु¥याउन भवन स्वामित्वकर्ताले जोडिएको कित्ताको थप जग्गा खरिद गरी सोही भवन भएको जग्गामा समावेश गरेमा भवन निर्माण अनुमति वा निर्माणसम्पन्न दिइनेछ । यसरी निर्माण अनुमति वा भवन निर्माण सम्पन्न प्रमाण–पत्र लिइसकेपछि एकमुष्ट कित्तालाई कित्ताकाट वा खाली कित्ता बेचबिखन गर्दा काठमाडौं महानगरपालिकाकोप्राविधिकबाट स्थलगत जाँच गराई स्वीकृत मापदण्ड कायम रहने गरी कित्ताकाट वा खाली कित्ता बेचबिखन गर्न सकिनेछ । स्वीकृत मापदण्ड कायम नहुने गरी कित्ताकाट वा बेचबिखन गरेमा सो भवनको इजाजत–पत्र वा निर्माण सम्पन्न प्रमाण–पत्र नक्सा स्वीकृत गर्ने पदाधिकारी भन्दा एक तह माथिको पदाधिकारीबाट निर्णय भई खारेज हुनेछ ।
५. स्थानीय सडकको क्षेत्राधिकार :
(क) तपसिलमा उल्लिखित बुँदा नं. (ग) बाहेकका सम्पूर्ण सडकहरुको न्यूनतम सेटब्याक १.५ मिटर कायम हुनेछ ।
(ख) कम्पाउण्डवाल निर्माण गर्दा सडकको क्षेत्राधिकार नमिचिने गरी निर्माण स्वीकृति दिइनेछ ।
(ग) ५० मिटरभन्दा छोटो बाटोको क्षेत्राधिकार ३ मिटर कायम गरी छेउबाट कम्तीमा १ मिटर सेटब्याक छाड्नुपर्नेछ ।
(घ) ५० मिटरभन्दा लामो सडकहरुको क्षेत्राधिकार ४ मिटर कायम गरी १.५ मिटर सेटब्याक छाड्नुपर्नेछ ।
(ङ) पुरानो सहरी क्षेत्रमा हाल कायम रहेका १.२ मिटरभन्दा साना
गल्ली बाटोहरुमा नयाँ संरचना निर्माण गर्दा कम्तीमा १.२ मिटर
पुग्ने गरी बाटो कायम गरिनेछ ।

६. पुरानो सहरी क्षेत्रबाहेकका क्षेत्रमा बन्ने १७ मिटरभन्दा अग्ला सबै किसिमका भवनहरुको हकमा भुइँतल्लादेखि नै न्यूनतम सेटब्याक ५ मिटर हुनुपर्नेछ ।

७. भुइँतल्लामा पार्किङ प्रयोजनका लागि निर्माण इजाजत लिने जग्गाले कम्तीमा ३ मिटरको बाटो छोएको हुनुपर्नेछ ।

८. आवासीय क्षेत्र :
(क) व्यापारिक उप–क्षेत्र : व्यापारिक क्षेत्र भन्नाले आवास क्षेत्रअन्तर्गत प्रमुख खुद्रा तथा थोक व्यापार हुने मापदण्डमा उल्लिखित १४ मिटर वा सोभन्दा बढी चौडाइ र फुटपाथको व्यवस्था भएका सम्पूर्ण सडक राजमार्ग, विशेष सडक, चक्रपथ आदि सडकमार्गसँग जोडिएका कित्ताहरु र ती सडकको छेउबाट २५ मिटरको दूरीले छुने दायाँबायाँका सम्पूर्ण कित्ताहरुका क्षेत्रहरु पर्दछन् । २५ मिटर दूरीमा पर्ने कित्ताहरुको कम्तीमा तीन मिटरसम्मको भाग २५ मिटरको दूरीभित्र परेमामात्र व्यापारिक उप–क्षेत्र मानिनेछ ।

९. पुरानो सहरी क्षेत्र :
क) संरक्षित स्मारक उपक्षेत्र : यस उपक्षेत्रमा व्यक्तिगत पार्किङ, निर्माण सामग्री एवं मेसिनरी सामग्रीजस्ता विभिन्नखाले सामग्री भण्डारणको लागि एवं भूकम्पीय दृष्टिकोणले समेत भवनको मजबुत जग निर्माणका लागि वरिपरिका घर, स्मारक, धाराको मुहान आदिलाई प्रतिकूल असर नपर्ने गरी प्राविधिक समितिको सिफारिसमा एक तहमाथिको निर्णयबमोजिम एक तल्ला मात्र बेसमेन्ट वा सेमि–बेसमेन्ट बनाउन स्वीकृति दिन सकिनेछ । यस उपक्षेत्रमा अन्य व्यवस्था भवन निर्माण मापदण्ड २०६४ अनुसार हुनेछ ।

ख) संरक्षित उपक्षेत्र : यस उपक्षेत्रमा व्यक्तिगत पार्किङ, निर्माण सामग्री एवं मेसिनरी सामग्रीजस्ता विभिन्नखाले सामग्री भण्डारणका लागि एवं भूकम्पीय दृष्टिकोणले समेत भवनको मजबुत जग निर्माणका लागि वरिपरिका घर, स्मारक, धाराको मुहान आदिलाई प्रतिकूल असर नपर्ने गरी प्राविधिक समितिको सिफारिसमा एक तहमाथिको निर्णयबमोजिम एक तल्ला मात्र बेसमेन्ट वा सेमि–बेसमेन्ट बनाउन स्वीकृति दिन सकिनेछ । यस उपक्षेत्रको व्यवस्था नराखी निम्नबमोजिम भवनको अधिकतम तल्ला र उचाइ कायम गरिएको छ ।

  • अधिकतम तल्ला संख्या ७ ।
  • भवनको अधिकतम उचाइ ६५ फिट ।

ग) मिश्रित पुरानो बसोबास क्षेत्र : यस उपक्षेत्रमा व्यक्तिगत पार्किङ, निर्माण सामग्री एवं मेसिनरी सामग्रीजस्ता विभिन्नखाले सामग्री भण्डारणका लागि एवं भूकम्पीय दृष्टिकोणले समेत भवनको मजबुत जग निर्माणका लागि वरिपरिका घर, स्मारक, धाराको मुहान आदिलाई प्रतिकूल असर नपर्ने गरी प्राविधिक समितिको सिफारिसमा एक तहमाथिको निर्णयबमोजिम एक तल्ला मात्र बेसमेन्ट वा सेमि–बेसमेन्ट बनाउन स्वीकृति दिन सकिनेछ । यस उपक्षेत्रमा फारको व्यवस्था नराखी निम्नबमोजिम भवनको अधिकतम तल्ला र उचाइ कायम गरिएको छ ।

  •  अधिकतम तल्ला संख्या ८ ।
  • भवनको अधिकतम उचाइ ७५ फिट ।

पुरानो सहरी क्षेत्रभित्र निर्माणकार्य गर्दा सडक÷चोकतर्फ सेटब्याक नछाडी निर्माणकार्य गरेमा प्लिन्थ लेबलसम्मको उचाइ बढीमा १ फिटसम्म गर्न सकिनेछ तर सडक÷चोकतर्फ कुनै किसिमको खुट्किला निर्माण
गर्न पाइनेछैन ।
आवासीय क्षेत्र : 

यस क्षेत्रअन्तर्गत देहायबमोजिम फार कायम गरिनेछ :प्रस्तावित
क) व्यापारिक उप–क्षेत्र
– आवासीय÷व्यापारिक (मिश्रित ) ४.५
– तारेहोटल ३.५
– व्यापारिक कम्प्लेक्स ३.५
– विद्यालय, कलेज, विश्वविद्यालय २.५
– सरकारी वा अर्धसरकारी कार्यालय २.५
– सिनेमा हल, थिएटर, सभागृह २.५
– सरकारी  निजी र अस्पताल नर्सिङ्गहोम ३.०

ख) बाक्लो मिश्रित बसोबास उपक्षेत्र
– आवासीय भवन ४.०
– विद्यालय, कलेज, विश्वविद्यालय २.५
– सरकारी, अर्धसरकारी, निजी कार्यालय भवन २.५
– तारेहोटल ३.५
– व्यापारिक कम्प्लेक्स ३.५
– सरकारी निजी अस्पताल नर्सिङ्गहोम ३.० 
ग) अन्य आवासीय उपक्षेत्र
– आवासीय भवन ३.५
– विद्यालय, कलेज, विश्वविद्यालय २.५
– सरकारी, अर्ध–सरकारी, निजी कार्यालय भवन २.५
– तारेहोटल ३.५
– व्यापारिक कम्प्लेक्स ३.५
– सरकारी निजी अस्पताल नर्सिङ्गहोम ३.५

१०. यस मापदण्डमा उल्लिखित व्यवस्थाबाहेक अन्य व्यवस्था काठमाडौं उपत्यकाका महानगरपालिका, नगरपालिका एवं वडाहरुमा गरिने निर्माणसम्बन्धी मापदण्ड २०६४, बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ अनुसार हुनेछ ।

११. निर्माणसम्पन्न वा तल्ला थप स्वीकृतिका लागि पेस हुन आउने तत्कालीन मापदण्डअनुसार बनेका भवनहरुको हकमा स्वीकृति दिनुपूर्व भवन संहिताअनुसारको निर्माणकार्य चेकजाँच गरिनेछ ।

१२. यो मापदण्डले तोकेभन्दा बढी निर्माणकार्य भएको भए सो संरचना काठमाडौं महानगरपालिकाले आदेश दिएका बखत भत्काउने र थप निर्माणकार्य नगर्ने व्यहोराको सनाखत गरी त्यस्तो संरचनाको लागत अभिलेखीकरण मात्र गरिनेछ ।

१३. सेवाग्राहीलाई सरल र सहज ढंगले भवन निर्माण गर्ने इजाजतप्राप्त गर्ने प्रणाली विकास गर्न २०७५ साल श्रावण १ गतेदेखि अस्थायी र स्थायी गरी दुई चरणमा हुने गरेको नक्सापास प्रक्रियालाई एकै चरणमा स्थायी इजाजत दिइनेछ । स्वीकृत नक्साबमोजिम भवन निर्माण भए/नभएको जाँच गर्न भवन निर्माणको प्रभावकारी रुपमा अनुगमन गरिनेछ ।

१४. भवनको निर्माणसम्पन्न प्रमाण–पत्रलाई अनिवार्य गरी सेवासँग आबद्धता गरिनेछ ।

१५. निर्मित भवन, तल्ला थप गर्ने भवन तथा नयाँ निर्माण गरिने भवन तथा संरचना इत्यादिको नक्सापास, निर्माणसम्पन्न तथा अभिलेखीकरण कारबाहीका लागि काठमाडौं महानगरपालिका नगर कार्यपालिकाबाट कार्यविधि जारी गरी कार्यान्वयन गरिनेछ ।

१६. यस मापदण्ड जारी हुनुपूर्व बनिसकेको भवन यस मापदण्डबमोजिम हुने गरी नक्सापास वा निर्माणसम्पन्न प्रमाण–पत्रको लागि पेस भएमा फारबाहेकका अन्य व्यवस्था तत्कालीन मापदण्डअनुसार हुनेछ ।

१७. निर्माणसम्पन्न प्रमाण–पत्र जारी गर्दा मापदण्ड र भवन संहिताअनुसार निर्माण भएका भवनहरुलाई मापदण्ड र भवन संहिताअनुकूल भएको निर्माणसम्पन्न प्रमाण–पत्र, मापदण्डअनुसार भई तर भवन संहिता पूरा नगरेको भवनहरुलाई भवन मापदण्डअनुकूल भएको निर्माणसम्पन्न प्रमाण–पत्र जारी गरिनेछ ।

१८. यस मापदण्डमा उल्लिखित कुराहरुलाई थप प्रष्टता गर्नुपर्ने वा कुनै प्रकारको बाधा अड्काउ फुकाउनुपर्ने भए नगरकार्यपालिकाको बैठकबाट निर्णय गरी बाधा अड्काउ फुकाउ गर्न सकिनेछ ।

१९. यो मापदण्डअनुसार भवन निर्माण इजाजत लिन, निर्माणसम्पन्न, प्रमाण–पत्र लिन तथा अभिलेखीकरण गर्न सम्बन्धित सबैमा सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराइनेछ ।


 



5 Comments

Bharat Bahadur Shah

March 31, 2020, 5:38 p.m.

Can i get this in pdf file?

Amrit

Jan. 22, 2020, 7:35 a.m.

Kathmandu should have lots of open spaces. there shouldn't be more than 3 storied building. if govt permits 4 stories building more than 10 within 500 mtr perimeter than there should be more than 1 Romania land. if it allows 8 stories building than it must have at least 10 ana free spaces. Nepal is earth quake prone zone. none of the structures are stronger than nature. mind it. save nature. preserve natural beauty and save human. be prepared to cope natural calamities.

prakash baniya

Jan. 16, 2020, 12:03 p.m.

यसरी सेद ब्याक को नाम मा जबर्जस्ती छोड्न वाध्य पारीयको करडौ मुल्य पर्ने सडक का जग्गा को मुल्य कस्ले तिर्ने ? एक नाले घर वाला हरु सेद ब्याक छोड्न परेपछी उनिहरुको उठिबास् हुन्छ कस्ले ब्यहोर्ने ? संबिधान को धारा २५ को उपधारा १ अन्तर्गत आफ्नो सम्पत्ति भोग गर्न पाउने ब्यबस्था छ भने उपढारा ३ अन्तर्गत जग्गा अधिकरन् गर्दा छेतीपुर्ती दिनुपर्ने ब्यबस्था छ । तेसैले सडक पट्टी सेद ब्याक को नाम मा गरियको अधिकरन् को मुआब्जा छेतिपुर्ती को बारेमा सम्बन्धित निकाय किन मौन छ ???

Lava shrestha

Jan. 15, 2020, 1:05 p.m.

Please post Lalitpur Municipality too.

Rajesh Adhikari

Jan. 15, 2020, 4:35 a.m.

Can i get this in pdf file?

Your Comments