भरिएनन् त्रिविका नीजि इन्जिनियरिङ कलेजः इलेक्ट्रोनिक्समा ७० प्रतिशत सिट खाली

भरिएनन् त्रिविका नीजि इन्जिनियरिङ कलेजः इलेक्ट्रोनिक्समा ७० प्रतिशत सिट खाली


इन्जिनियर्स नेपाल |  मंसिर १६, २०७६, काठमाडौं


engineersnepal.com

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका नीजि इन्जिनियरिङ कलेजहरुले भर्ना कोटाअनुसार विद्यार्थी पाएका छैनन् ।

नेपालमा इन्जिनियरिङ शिक्षाप्रति आकर्षण बढ्दै गए तापनि इन्जिनियरिङ कलेजले केही विषयमा मागअनुसारको विद्यार्थी पाउन नसकेका हुन् । इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फरमेसन इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा यस्तो समस्या देखिएको हो ।


नेपालमा हाल नीजिस्तरबाट ४१ वटा र सरकारीबाट आंगिक तथा सामुदायिक गरी ११ वटा इन्जिनियरिङ क्याम्पस संचालनमा छन् । यी क्याम्पसमा १४ विद्यामा २३ वटा इन्जिनियरिङ विषयहरु अध्ययन भइरहेका छन् । त्रिविअन्तर्गतका ९ नीजि क्याम्पस छन् । यी क्याम्पसको भर्ना क्षमता करिब दुई हजार तीन सयको हाराहारीमा छ ।


तर, अधिकांश क्याम्पसमा सिभिल र कम्युटरतर्फ विद्यार्थी भर्ना भए तापनि इलेक्ट्रोनिक्स, र इलेक्ट्रिकलतर्फको अवस्था भने दयनीय छ । विगतमा झै यस नयाँ शैक्षिक शत्र २०७६ का लागि आह्वान गरिएको भर्ना प्रक्रियाको अवस्था पनि उस्तै देखिएको छ । जब कि कक्षा संचालन भएको दुई साता भइसकेको छ ।


त्रिविबाट सम्बन्धन प्राप्त नीजि क्षेत्रबाट संचालित काठमाडौं, कान्तिपुर, सगरमाथा, एडभान्स, हिमालय, नेशनल, ललितपुर, काठफोर्ड र जनकपुर इन्जिनियरिङ कलेजले इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङमा भर्ना कोटाको ३० प्रतिशतमात्र विद्यार्थी भर्ना भएका छन् । 

यस्तो छ अवस्था
नीजितर्फ भक्तपुरमा संचालित ख्वप कलेज अफ इन्जिनियरिङमा १९२ जनाको कोटा रहेकोमा सबै पुरा भएको छ । इन्जिनियरिङ पढाई हुने नीजि क्याम्पसहरु मध्ये शिक्षण शुल्क कम भएको कारणले पनि ख्वपप्रति विद्यार्थीको आकर्षण पढ्दो देखिन्छ ।


उता, काठमाडौं इन्जिनियरिङ कलेजमा ३८४ विद्यार्थीको कोटा रहेकोमा ९१ सिट अझै खाली छ । इलेक्ट्रिकलतर्फ २४, सिभिलतर्फ एक, इलेक्ट्रोनिक्सतर्फ ६६ जनाको सिट खाली रहेको हो ।


कान्तिपुर इन्जिजियरिङ कलेजमा २८८ सिटमध्ये ८३ सिट खाली छ । सिभलतर्फ एक र इलेक्ट्रोनिक्सतर्फ ८२ जनाको कोटा खाली रहेको हो । इलेक्ट्रोनिक्सतर्फ ९६ जनाको सिट रहेकोमा १२ जनामात्र भर्ना भएका छन् ।
सगरमाथा इन्जिनियरिङ कलेजमा १४४ जनाको सिटमध्ये २२ जनाको कोटा बाँकी छ । इलेक्ट्रोनिक्सतर्फ ४८ जनाको कोटामा २२ सिट अझै खाली छ ।


त्यसैगरी, एडभान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा ३३६ जनाको कोटामध्ये १०३ जनाको कोटा अझै बाँकी छ । इलेक्ट्रिकलतर्फ ४८ जनामा ३७ सिट अझै खाली छ भने इलेक्ट्रोनिक्सतर्फ ९६ सिटमध्ये ६६ सिट खाली छ ।


हिमालय कलेज अफ इन्जिनियरिङमा इलेक्ट्रोनिक्सतर्फ ४८ जनाको कोटामा ३५ सिट खाली छ भने नेशनल कलेज अफ इन्जिनियरिङमा इलेक्ट्रोनिक्सतर्फ र इलेक्ट्रिकलतर्फमा ४८–४८ जनाको कोटामा ३४–३४ सिट खाली छ ।


ललितपुर इन्जिनियरिङ कलेजमा कम्युटरतर्फ ४८ जनामा दुई जनाको सिट खाली छ । त्यस्तै, काठफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा इलेक्ट्रोनिक्सतर्फ ४८ मध्ये २७ र कम्युटरतर्फ ४८ मध्ये दुई जनाको सिट खाली छ । 

जनकपुरमा सिभिल पनि खाली
जनकपुर इन्जिनियरिङ कलेजमा १९२ विद्यार्थीको कोटामा अझै १७६ सिट खाली छ । इलेक्ट्रोनिक्स र कम्युटरतर्फ समान ४८–४८ सिट रहेकोमा एक जना पनि विद्यार्थी भर्ना भएका छैनन् । सिभिलतर्फ ९६ सिटमा ८० जनाको सिट खाली छ ।


अन्य क्याम्पसहरुको सिभिल विषयमा विद्यार्थी भर्ना आकर्षक देखिए पनि जनकपुरको अवस्था भने सन्तोषजनकसमेत छैन । कम्युटरतर्फ समेत जनकपुर कलेजले एक जनासमेत विद्यार्थी पाउन सकेको छैन ।

 

यसो भन्छन् डिन

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) का डिन प्राध्यापक रामचन्द्र सापकोटा त्रिविमातहतका सरकारी क्याम्पसहरुमा यो समस्या नरहेको बताउँछन् । इलेक्ट्रोनिक्सतर्फ केही समस्या रहेको भए पनि त्यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा आफूहरुले छलफल गरिरहेको उनको भनाई छ ।
‘पैसा तिरेर चीन र नेपालमा पढ्न उत्ति नै शुल्क लाग्ने भएकाले इलेक्ट्रोनिक्स पढ्न विद्यार्थीहरु उतै जाने गरेको उनले बताए । भन्छन्, ‘म चीन जाँदा ११ जना नेपालीलाई इलेक्ट्रोनिक्स पढ्न जाँदै गरेको भेटेँ । हामीले अब यसको विकल्प सोच्नुपर्ने बेला भएको छ ।’
 

स्रोतः इन्जिनियरिङ अध्ययन संस्थानको अनलाईन भर्ना प्रणालीबाट । 

 

 

Kathmandu Engineering College

S.No.

Program Name

No of Seats Allocated

Vacant Seats

1

Architecture

48

0

2

Electrical Engineering

48

24

3

Civil Engineering

96

1

4

Electronics, Communication and Information Engineering

96

66

5

Computer Engineering

96

0

Total

384

91

 

Kantipur Engineering College

S.No.

Program Name

No of Seats Allocated

Vacant Seats

1

Civil Engineering

96

1

2

Electronics, Communication and Information Engineering

96

82

3

Computer Engineering

96

0

Total

288

83

 

Sagarmatha Engineering College

S.No.

Program Name

No of Seats Allocated

Vacant Seats

1

Civil Engineering

48

0

2

Electronics, Communication and Information Engineering

48

22

3

Computer Engineering

48

0

Total

144

22

 

Advanced College of Engineering and Management

S.No.

Program Name

No of Seats Allocated

Vacant Seats

1

Electrical Engineering

48

37

2

Civil Engineering

96

0

3

Electronics, Communication and Information Engineering

96

66

4

Computer Engineering

96

0

Total

336

103

 

Himalaya College of Engineering

S.No.

Program Name

No of Seats Allocated

Vacant Seats

1

Architecture

48

0

2

Electronics, Communication and Information Engineering

48

35

3

Computer Engineering

48

0

4

Civil Engineering

96

0

Total

240

35

 

National College of Engineering

S.No.

Program Name

No of Seats Allocated

Vacant Seats

1

Electrical Engineering

48

34

2

Electronics, Communication and Information Engineering

48

34

3

Computer Engineering

48

0

4

Civil Engineering

96

0

Total

240

68

 

Lalitpur Engineering College

S.No.

Program Name

No of Seats Allocated

Vacant Seats

1

Civil Engineering

48

0

2

Computer Engineering

48

2

Total

96

2

 

Kathford International College of Engineering and Management

S.No.

Program Name

No of Seats Allocated

Vacant Seats

1

Electronics, Communication and Information Engineering

48

27

2

Computer Engineering

48

2

3

Civil Engineering

96

0

Total

192

29

 

Janakpur Engineering College

S.No.

Program Name

No of Seats Allocated

Vacant Seats

1

Electronics, Communication and Information Engineering

48

48

2

Computer Engineering

48

48

3

Civil Engineering

96

80

Total

192

176

 

Khwopa College of Engineering

S.No.

Program Name

No of Seats Allocated

Vacant Seats

1

Electrical Engineering

48

0

2

Computer Engineering

48

0

3

Civil Engineering

96

0

Total

192

0



1 Comments

Shiva gautam

Dec. 6, 2019, 12:53 p.m.

Khaas ma engineering clz nai banda hunu parni ho, tetro 10-15 lakh kharcha garera padnu parxa ani pass out vaye paxi berojgaari nai haat parxa, link huni manxe huni le kaam payihalxan, aru middle class hereko heryai, aus america jana badhya, tei america nai janu nai bikalpa ho vanema 15 lakh kina dubaunu nepal ma, bachelor garna nai lamkiye vaihalxa ni

Your Comments