पुल्चोकको इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर इन्जिनियरिङ्ग बिभागले रजत जयन्ती मनाउने

पुल्चोकको इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर इन्जिनियरिङ्ग बिभागले रजत जयन्ती मनाउने


इन्जिनियर्स नेपाल |  कात्तिक २२, २०७६, ललितपुर


engineersnepal.com

केन्द्रीय क्याम्पस पुल्चोक अन्तर्गत इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर इन्जिनियरिङ बिभाग स्थापना भई स्नातक तहमा इन्जिनियरिङ कार्यक्रम संचालन भएको २५ बर्षको अवसरमा बिभागले रजत जयन्ती मनाउने भएको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत केन्द्रीय क्याम्पसको रुपमा रहेको उक्त क्याम्पसमा ७६ सालको भर्नामा २५ औं ब्याजमा यो पटक भर्ना लिएको हो ।

यस अवसरमा कार्तीक २२ र २३ गते दुइ दिन सम्म विविध कार्यक्रम गरी मनाउने तयारी भएको आयोजकले जानकारी दिएको छ । 

कार्यक्रममा डिप्लोमा, स्नातक, स्नाकोत्तर र पीएचडी सम्म उक्त बिभागमा अध्ययन/अध्यापन गराएका पाँच सय बढी इन्जिनिरहरु सहभागी हुने आयोजकको दावी छ ।

बिभागमा आवद्ध सम्पूर्ण इन्जिनिरहरु आयोजकको नियम अनुसार स-शुल्क कार्यक्रममा सहभागी हुन पाउने छन् ।

कार्यक्रम बारे बृस्तीत जानकारीका लागी यहाँ क्लीक गर्नुहोस्


 



Your Comments