इन्जिनियर्स एशोसिएसनको  ‘जर्नल अफ इन्जिनियरिङ इस्युज एण्ड सोलुसनस्’ प्रकाशित

इन्जिनियर्स एशोसिएसनको  ‘जर्नल अफ इन्जिनियरिङ इस्युज एण्ड सोलुसनस्’ प्रकाशित


इन्जिनियर्स नेपाल |  बैशाख २०, २०७८,


engineersnepal.com

नेपाल इन्जिनियर्स एशोसिएसनले इन्जिनियरिङको सरोकारको विषय र समस्या समाधानको बारेमा इन्टरनेश्नल जर्नल प्रकाशन गरेको छ। 

एशोसिएसनले  ‘जर्नल अफ इन्जिनियरिङ इस्युज एण्ड सोलुसनस्’  नामक जर्नल सार्वजनिक गरेको हो। 


ADVERTISEMENT

इन्जिनियरिङ विषयमा अनुसन्धान बढाउने उद्देश्यले उक्त जर्नल सार्वजनिक गरिएको एशोसिएसनले जनाएको छ। 

नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष तथा जर्नलका सल्लाहकार प्रा. डा. त्रिरत्न बज्राचार्यले एकेडेमिक रिसर्चरहरुका अनुसन्धान मुलक लेख सहितको जर्नल भएको बताएका छन्। 

‘यो स्पेसलाइज विषयको जर्नल होइन,’ बज्राचार्यले भने ‘इन्जिनियरिङ भित्रपर्ने टेक्निेकल, म्यानेजेरियल सबैखाले विषयहरु जर्नलमा समेटिएका छन्।

जर्नलको प्रधान सम्पादकको रुपमा प्रा. डा. विष्णु प्रसाद पाण्डे रहेका छन् भने सल्लाहकार सम्पादकको रुपमा प्रा. डा. त्रिरत्न बज्रचार्य, प्रा. डा. नरेन्द्रमान शाक्य, प्रा. डा. राजेश ढकाल, प्रा. डा.सुवर्ण शाक्य, प्रा. डा. विनोद तिवारी रहेका छन् । 

एशोसिएसनले जर्नलमा १३ वटा अनुसन्धान मुलक लेख रचना राखेर प्रकाशन गरेको छ। जर्नल का लागि ३८ प्रतिशत अनुसन्धान मुलक लेख रचना अस्विकृत भएका छन् । जर्नल अनलाइन र पिन्ट दुवै माध्यममा उपलब्ध हुने जनाइएको छ।



Your Comments