के गर्दैछन् इन्जिनियर्स एसोसियसनका सात प्रदेश ?

के गर्दैछन् इन्जिनियर्स एसोसियसनका सात प्रदेश ?


इन्जिनियर्स नेपाल |  भदौ १३, २०७६, काठमाडौं


engineersnepal.com

नेपाल इन्जिनियर्स एसोसियसन प्रादेशिक संरचनामा अभ्यासरत छ । निर्वाचन पछिको ८ महिनाको समया अवधीमा सबैजसो प्रदेशले प्रदेशगत रुपका काम गर्नका लागि नीतिगत व्यवस्था (विधान निर्माण, नियमावली, विनियमावली निमार्ण)लाई प्राथमिकतामा राखेका छन् । कतिपयले कार्यलय भवन बनाउदैछन् भने कतिले जग्गाको खोजि गरिरहेका छन् । कतिपयले चियापान र दक्षता अभिबृद्धिका कार्यक्रममा समय बिताए । सातै प्रदेशका अध्यक्षलाई इन्जिनियर्स नेपालले तपाईंहरुको एक वर्षको उपलब्धी के भनेर सोधेको छः

 

नीतिगत रुपमा काम  गर्न योग्य भयौं 
यशवन्त बिक्रमशाह, अध्यक्ष, प्रदेश एक

प्रदेशनम्बर एकनिर्वाचित भएको ८ महिनाको अवधिमा नीतिगत रुपमा काम गर्न योग्य भएको छ । हामीले यो अवधिमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको त विधान संशोधन ग¥यौं । प्रादेशिक संरचनामा स्थानीय केन्द्रहरु गठन गर्न सक्ने भनिएको छ, यसको तयारी भएको छ । नीगिगत व्यवस्थालाई सुदृढ बनाउन नीतिगत रुपमा काम गर्न योग्य भएका छौँ । 
प्रदेश भवनका लागि प्रदेश सरकारसँग कुरा भएको छ । यसका लागि जग्गा खोजि भइरहेको छ । प्रदेशको बैंक खाताहरु खोल्ने, इन्जिनियरको दक्षता अभिबृद्धि गर्न विभिन्न कार्यक्रमहरु÷वर्कशपहरु पनिगरिएको छ । 

 

इन्जिनियरलाई समस्या पर्दा एसोसियसन छ है भन्ने अनुभूती दिलाएका छौं
नन्दकिशोर यादव, अध्यक्ष, प्रदेश दुई

इन्जिनियरहरुको न्युनतम तलब तोक्ने विषय हाम्रो चुनावी एजेण्डा थियो । यसलाई कार्यान्वयन गर्न सरकारले तोकेअनुसार नीजि संस्था वा आयोजनाले पनि लागु गर्नुपर्छ वा सोहीअनुसार हुनुपर्छ भनेर सिफारिस गरी केन्द्रमा पठाएका छौं । हाल इन्जिनियरलाई १०हजार, पाँच हजारमा काममा लगाउने कार्य भइरहेको छ । यसलाई रोक्न पहल गरिरहेका छौं ।

त्यस्तै, बीमाको विषयलाई पनि अगाडि बढाएका छौं । सेवा सुविधाको षियलाई लिएर पुर्ननिर्माण खटिएका इन्जिनियर काम छाडेर बसेका थिए । सरकारसँग कुरा गरेर उनीहरुलाई काममा फार्काउने काम पनि यसबीचमा भएको छ । सडक कस्तो बनाउने, अन्य भौतिक संरचना कस्तो बनाउने भन्नेमा मापदण्डको विषयमा थप सेमिनारहरु पनि गर्दैछौं ।

इन्जिनियरहरुलाई अप्ठ्यारो भएको अवस्थामा प्रेस विज्ञप्तीहरु निकाल्ने, इन्जिनियरहरुको हकहितको बारेमा आवाज उठाउने काम भइरहेको छ । स्थानीय स्तरमा जनप्रतिनिधिहरुले समेत अपहेलना गर्ने लगायतका कार्य हुँदा विज्ञप्ती निकालेर खबरदारी ग¥यौं । यसरी इन्जिनियरहरुलाई समस्या पर्दा इन्जिनियर्स एसोसियसनको प्रदेश टिम छ है भन्ने अनुभूती दिलाएका छौं ।

 

हेटौंडा र काठमाडौंमा कार्यालय खोल्यौँ
नन्द बन्जाडे, अध्यक्ष, प्रदेश तीन

एसोसियनको प्रदेश नम्बर तीनले हेटौंडामा प्रदेश मुख्यकार्यालय र काठमाडौंमा सम्पर्क कार्यालय खोलेको छ । कर्मचारीमा प्रशासन समूहको मात्रै हावी भएकाले संघीय निजामति सेवा ऐनमा प्रावधिकहरुको व्यवस्थापनको विषयलाई प्राथमिकताका साथ उठाउने काम भइरहेको छ । खुला रुपमा प्रतिस्पर्धा गराउने हो भने प्रशासनका कर्मचारीलाई प्रावधिकहरुले पर्छान सक्छन्भन्ने विषयमा हामीले बहस चलायौं । राज्य व्यवस्था तथा सुशासन समितिलाई प्रतिवेदन पनि बुझायौं ।

इन्जिनियरिङ स्टाफ कलेजका विषयमा बहस पनि चलाइरहेका अछौँ । बजेटमा पनि यो विषय समेटिएर आएको छ । सिन्धुपाल्चोकमा एक वडा सदस्यले इन्जिनियरमाथि हातपात गरेका थिए । त्यसबेला प्रदेश तीनले विज्ञप्ती निकालेर विरोध गरेको थियो ।


अन्तराष्ट्रिय स्तरको सेमिनार गर्यौं
बाबुराम भण्डारी, अध्यक्ष, गण्डकी प्रदेश

गण्डकी प्रदेश कमिटिले आफ्नो प्रदेशको समृद्धिका लागि इन्जिनियरको भूमिका कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा बहसमुलक कार्यक्रमहरु गर्दै आएको छ । 

‘इन्जिनियर्स डे’ शप्ताहब्यापी कार्यक्रम गरेर मनायौं । त्यसक्रममा ‘गण्डकी प्रदेशको मृद्धिका लागि इन्जिनियरको भूमीका’ विषयक बहस कार्यक्रम ग¥यौं । महिला इन्जिनियरहरुबीचमा पनि बहस चलायौं । यो प्रदेशले आफ्नै भवन बनाउन मेरो नेतृत्वमा एउटा टिम गठन गरेको छ । उक्त टिममा महानगरका प्रतिनिधिसमेत छन् । टिमले जग्गाको खोजि गरिरहेको छ। पोखरा आवाससँग पनि कुराकानीभइरहेको छ । अन्यदक्षता अभिबृद्धिलगायतका कार्यक्रमहरु पनि भइरहेका छन् । 

इगर्भमेन्समा कसरी जान सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री कार्यालयका सल्लाहकारको टिमसँग छलफल ग¥यौँ । साथै यहि विषयमा अन्र्तराष्ट्रियस्तरको सेमिनार पनि भयो । इन्जिनियरिङ काउन्सीलमा दर्ता भइसकेपछि स्थानीय तहमा पुनः सूची दर्ता गर्ने प्रचलन पनि छ । यसले इन्जिनियरलाई समस्या परेको र यसलाई पुनरावलोकन गर्नका लागि ज्ञापनपत्र दिने, नियमअनुसार काम गर्न दिन प¥यो भनेर खबरदारी गरिरहेका छौं ।केही सुधार पनि भएको छ । 

लोक सेवा आयोगले स्थानीय तहले इन्जिनियरलाई छैठौं तहमा राखेर निकालेको विषयलाई पनि हामीले गम्भीर रुपमा लिएर आयोगलाई नै ज्ञापनपत्र बुझाउने काम गरेका छौँ । विभिन्न विद्यालयमा जाने र विद्यार्थीलाई इस्टेशनरीका सामान सहयोग गर्ने, बृक्षारोपण गर्ने लगायतका काम पनि यो प्रदेशले गर्दै आएकोछ । 

 

एकवर्ष भित्र भवन निमार्ण प्रक्रिया सुरु गर्छौं
कुसुमराज ज्ञवाली, अध्यक्ष, प्रदेश पाँच

हामीले एक वर्षभित्र प्रदेश भवन निर्माण प्रक्रिया सुरु गर्दैछौँ । भवन निमार्णका विषयमा कुराकानी भइरहेको छ । दुई वटा बहसमुलक कार्यक्रम गरेर नेपालको हालको इन्जिनियरिङ क्षेत्रको अवस्थाका सन्दर्भमा गहन छलफल भएको छ । यससँगै अन्य अतिरिक्त कामहरु पनि भएका छन् । प्रदेश संरचनालाई कसरी अगाडि बढाउने र उपलब्धी हाँसिल गर्ने भन्नेमा हामी दृढताका साथ लागिपरेका छौँ ।

 

सबै पक्षलाई समेटेर अडाडि बढ्दै छौं
सोनालाल यादव, अध्यक्ष, कर्णाली प्रदेश

हामीसबै पक्षलाई समेटेर गत चुनावमा पराजित टिमसँग पनि सहकार्य गर्दै अगाडि बढेका छौं । योजना निर्माणदेखि सबै प्रक्रियामा उहाँहरुको सहभागिता छ । प्रदेश भवन निर्माणका लागि जग्गा खोजिरहेको छौँ । विभिन्न वर्कसप, बृक्षारोपण, रक्तदानजस्ता कार्यक्रमहरु पनि भइरहेका छन् ।

निर्वाचित भएर आएपछि त्यस्तो उल्लेखनिय काम नै भएको जस्तो नदेखिए पनि हामी योजना बनाउँदै छौं । नयाँ संरचना र अभ्यास भएकाले त्यसमा भिज्न र नीतिगत रुपमा अगाडि बढ्न केही समय लाग्छ भन्ने मेरो बुझाई हो ।

 

इन्जिनियरको दक्षता बृद्धिमा ध्यान दिएका छौँ
लव प्रसाद जोशी, अध्यक्ष, प्रदेश सात

हामीले ८ महिनाको अवधिमा १०/१२ वटा काम गरेको गरेका छौँ । इन्जिनियरहरुको दक्षता बृद्धि गर्नका लागि ट्रेनिङहरु ग¥यौं । रचनात्मक कार्यक्रम तथा प्रशिक्षण पनि भएका छन् । भूकम्पछिको विकृति सम्बन्धी कार्यक्रम पनि कैलालीमा ग¥यौं । नयाँनयाँ प्रविधिका विषयमा पनि जानकारी गराउने कार्यहरु भइरहेका छन् । इन्जिनियर्स डे’को अवसरमा बृक्षारोपणलगायतका कार्य ग¥यौं ।

समसामयिक विषयमा विज्ञप्तीहरु निकालेर सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गर्ने लगायतका कार्य पनि गर्दै आएका छौँ । एक वर्षको समयलाई मुख्य गरी इन्जिनियरको दक्षता बृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयमा खर्चिएका छौँ ।

इन्जिनियर्स नेपाल मासिक पत्रिका बाट


 



Your Comments