५३ हजार ३९५ इन्जिनियर काउन्सीलमा दर्ता

५३ हजार ३९५ इन्जिनियर काउन्सीलमा दर्ता


इन्जिनियर्स नेपाल |  भदौ ११, २०७६, काठमाडौं


engineersnepal.com

काठमाडौं । नेपाल इन्जिनियरिङ काउन्सीलमा ५३ हजार ३९५ इन्जिनियर दर्ता भएका छन् । अर्थात, करिब साँढे ५३ हजार इन्जिनियरले इन्जिनियरिङ लाइसेन्स लिएका छन् । 

गत मंसिर अन्तिम साता इन्जिनियर्स एसोसियसनको चुनावको समयमा करिब ५० हजार मात्रै इन्विन्जिनियर परिषदमा दर्ता भएका थिए । निर्वाचन भएपछिको यो आठ महिनामा करिब साँढे ३ हजार इन्जिनियर थपिएका हुन् । 

अदालतबाट भ्रष्टाचारी ठहर भए इन्जिनियरिङ लाइसेन्स खारेज ! 

हाल कुनै पनि अदालतबाट भ्रष्टाचारी ठहर भएकै कारण इन्जिनियरिङ लाइसेन्स खारेज हुने व्यवस्था छैन् । 

इन्जिनियरिङ परिषद्ले इन्जिनियरले गरेको काम इन्जिनियरिङ आचारसंहिता भन्दा बाहिर गएर भएको छ वा छैन ? भन्ने मात्रै हेरेर अध्ययन गर्छ र सोही अनुसार कारबाही गर्ने विषय अगाडि बढ्न सक्छ । 

तर, इन्जिनियरहरु भ्रष्टाचार आरोपमा धमाधम पक्राउ परिरहेका हुन्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भ्रष्टाचारमा संलग्न भएका व्यक्तिको सन्दर्भमा परिषद्सँग जानकारी माग्ने वा लेखी पठाउने गरेको छ । 
अदालतबाट समेत भ्रष्टाचारी ठहर हुँदा समेत परिषद्बाट भने लाइसेन्स खारेज नहुने व्यवस्थाका सन्दर्भमा प्रश्न उठ्न थालेको छ । 

यसलाई सम्बोधन गर्ने आफ्नो सोच रहेको काउन्सीलका अध्यक्ष डिल्लीरमण निरौला बताउँछन् । ‘अदालतबाट भ्रष्टाचार ठहर भएकाका लाइसेन्स अहिलेसम्म खारेज गर्ने गरेको रहेनछ । तर, अदालतबाट कारबाही भयो भने लाइसेन्स खारेज गर्ने प्रक्रिया म सुरु गर्छु,’ परिषदका अध्यक्ष निरौलाले इन्जिनियर्स नेपालसँग भने ।
 



1 Comments

Manish shing

Aug. 30, 2019, 4:10 p.m.

They will correct challenge give the corrupt officers. I am support in your thinkness..

Your Comments