पुनर्निर्माणमा खटिएका इन्जिनियरद्धारा आन्दोलनका कार्यक्रम घोषणा

पुनर्निर्माणमा खटिएका इन्जिनियरद्धारा आन्दोलनका कार्यक्रम घोषणा

माग पूरा नभए ४ हजार इन्जिनियरले राजीनामा दिने


इन्जिनियर्स नेपाल |  बैशाख १२, २०७८,


engineersnepal.com

भुकम्पबाट भत्किएका संरचनाहरु निर्माणको काम सकिने चरणमा रहेका बेला यससँग आवद्ध भएका प्राविधिक तथा इन्जिनियरहरु भने आन्दोनलनमा उत्रिने तयारीका साथकार्यक्रमहरु घोषणा गरेका छन् । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले चरणबद्व आन्दोलन घोषणा गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरेर समितिले खाईपाई आएको भत्तार असार मसान्तसम्ममा सकिन लागेको समय सिमा थपगर्नुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेको हो । 


ADVERTISEMENT

कार्यक्रममा प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष ई. अविनाश अमरले सरकार समक्ष प्राविधिकहरुको सकिन लागेको दरवन्दीको समयसिमा थप गर्न जोडदार माग गरे ।

प्राविधिकलाई राज्यले दायित्वभन्दापनि सम्पत्ति सोचेर व्यवस्थापन गर्नुपर्ने अमरको भनाई थियो । ‘प्राविधिकहरु खुशीभए सारा देश र जनताहरु खुशीहुन्छन् ।’ अध्यक्ष अमरले भने,‘सरकारले प्राविधिक चाही दैन भनेर दरबन्दी कटौती गर्नु दुःखद् कुरा हो ।’

नेपाल इन्जिनियरिङ एशोसियशनका आगामी ३३औं कार्यकारी समितिका महासचिव पदका प्रत्यासी महासचिव ई. डा. शंकर ढकालले ५ वर्षभन्दा बढि कार्यअनुभव बटुलेका प्राविधिकहरुको सम्मानगर्नुपर्ने जोड दिए । 

प्राविधिकहरुलाई तिरस्कृत नगरेर उनीहरुले राखेका जायजमाग पुरा गर्नुपर्ने उनको भनाई थियो । 

आगामी ३३ औं कार्यकारी समितिका अध्यक्ष पदका अर्का प्रत्यासी ई डा. दिलिपकुमार झा ले इन्जिनियरिङ एशोसियएनले पनि प्राविधिकहरुलाई स्थान दिन नसकेको बताए । प्राविधिकहरुले उठाएको मागहरुमा सरोकारवाला तथा एशोसिएन पनि प्रतिबद्व हुनुपर्नेमा जोड दिए । उनले चुनावी एजेण्डामा मात्र नभएर कार्यान्यन तिर लाग्नुपर्ने बताए ।  

एशोसिएसनका महासचिव उम्मेदवार प्रत्यासी ई. अमृतमणि रिमालले प्राविधिकहरुलाई सेवा प्रवेश गराइदाँ देखि नै उपलब्ध गराउने भनिएको अतिरिक्त सुविधा, दुर्गम क्षेत्र निर्धारण र प्रोत्साहनको लागि मापदण्ड बनाउने भनिदिएको आश्वासन पुरा गर्नुपर्ने बताए ।  

इन्जिनियरिङ एशोसियशनका अध्यक्ष उमेद्वारका प्रत्यासीहरु ई. डा. हरिराम पराजुली, ई. डा.सुरज लामिछाने, ई. डा. हरिबहादुर दर्लामीलगायतले प्राविधिकहरुको जायजमाग पुरा गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले घोषणा गरेको चरणबद्व आन्दोलनहरु बैैशाख १३ र १४ गते कालोपट्टीबाँधेर कार्यक्षेत्रमा कामगर्ने, बैशाख १५, १६ र १७ गते कार्यक्षेत्रमा उपस्थित भई ‘पेन–डाउन’ गर्ने र १८ गते सम्पुर्ण प्राविधिकहरुले औपचारिक कार्यक्रम मार्फत राजीनामा दिने रहेको छ । 

 



1 Comments

Shree prasad yadav

April 26, 2021, 9:19 a.m.

Good sir i am with u n keep it up sir

Your Comments