आईओइ 'एमएससी'को प्रवेश परीक्षा आठौं सेमेस्टरको नतिजा प्रकाशन पछि हुने

आईओइ 'एमएससी'को प्रवेश परीक्षा आठौं सेमेस्टरको नतिजा प्रकाशन पछि हुने


इन्जिनियर्स नेपाल |  बैशाख ८, २०७८,


engineersnepal.com

इन्जिनियरिङ अध्ययन संस्थान (आईओइ)ले बीई आठौं सेमेस्टरको परीक्षाफल प्रकाशन पछि स्नाकोत्तर तहमा भर्नाका लागिप्रवेश परीक्षा लिने तयारी गरेको छ । विगतका शैक्षिक सत्रमा फाल्गुण महिनामा हुने प्रवेश परीक्षा कोभिड- १९को कारण ढिला भएको हो। 

आईओइका परीक्षा शाखा प्रमुख तथा सहायक डीन प्रा.डा. ज्ञान बहादुर थापाले मास्टर्सको प्रवेश परीक्षा संचालन गर्न बीईको अन्तिम सेमेस्टरको रिजल्ट आवश्यक भएको बताएका छन्।


ADVERTISEMENT

‘आठऔं सेमेस्टरको परीक्षा सकिएको छ। ती विद्यार्थी पास नभई मास्टर्सको प्रवेश परीक्षा गराउन मिल्दैन,’ थापाले भने ‘हामी आन्तरिक तयारीमा रहेका छौं। सक्दो छिटो रिजल्ट निकाल्छौं। त्यसपछि फर्म खुलाएर प्रवेश परीक्षा गराउँछौं।’

यसअघिको शैक्षिकसत्रमा फागुन महिनामै प्रवेश परीक्षा भएको थियो। 

‘कोभिड संक्रमण बढ्दै जाँदा प्रवेश परीक्षा गराउन चुनौती थपिएको छ । भर्चुअलरुपमा प्रवेश परीक्षा गराउन पनि सकिदैन,’ उनले भने  ‘स्वास्थ्य मापदण्ड पालना गर्दै भौतिक उपस्थितीमै प्रवेश परीक्षा गराउने प्रयास गछौं।’ 

आइओइले सामान्यतय परीक्षा सिकिएकाे २ महिना  भित्रै परीक्षाफल प्रकाशन गर्ने गरेकाे छ। 

उनले अध्ययन अनलाइनको माध्यमबाट संचालन भएपनि प्रवेश परीक्षा परीक्षा भौतिक उपस्थितीमै हुने जानकारी दिए।



Your Comments