नेइए निर्वाचन : प्रदेश अनुसार कति मतदाता र मतदान केन्द्र ? हेरौं प्रदेश अनुसारको सूची

नेइए निर्वाचन : प्रदेश अनुसार कति मतदाता र मतदान केन्द्र ? हेरौं प्रदेश अनुसारको सूची


इन्जिनियर्स नेपाल |  चैत २३, २०७७,


engineersnepal.com

आउँदो वैशाख २४ गते नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए)को ३३ औं कार्यकारिणी समितिको चुनावका लागि अन्तिम मतदाताको सूची र प्रदेश अनुसारका केन्द्रहरु समेत तोकिएको छ । अन्तीम मतदाता सूची र मतदान केन्द्र नेइएले सार्वजनिक गरिसकेको छ । 

नेइएले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली प्रदेश अनुसार चुनावमा भाग लिने मतदाताको हिस्सा सबैभन्दा बढि बागमती प्रदेशमा रहेको छ ।


ADVERTISEMENT

यस प्रदेशमा ३ ओटा मतदान केन्द्र काठमाडौं, भरतपुर र हेटौंडाबाट कुल मतदाता २१ हजार ६८० मध्ये ५९ दशमलव ५ प्रतिशत अर्थात् १२ हजार ९०० ले भोट हाल्दैछन् । यस प्रदेशमा सबैभन्दा बढि मतदाता भने काठमाडौं केन्द्रमा १२ हजार ४३७ (५७ दशमलव ४ प्रतिशत)रहेका छन् ।

यसैगरी सबैभन्दा कम अर्थात् १/१ मतदान केन्द्र भएका दुई प्रदेश कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने कम मतदाता रहेका छन् । यी प्रदेशमध्ये कर्णालीको सुर्खेतमा ६ सय ११ र सुदुरपश्चिमकको धनगढीबाट ६ सय ५२ जना मतदाता रहेका छन् ।

यस्तै प्रदेश नं. २ मा भने २ वटा केन्द्र विरगञ्ज र जनकपुरमा रहेका छन् । यहाँ कुल मतदाताको संख्या २ हजार ६८८ रहेको छ, भने सबैभन्दा धेरै जनकपुरमा १ हजार १२४ मतदाता रहेका छन् । 



Your Comments