इन्जिनियर्स एसोसियसनको बीमा कार्यक्रममा सहभागी हुन एक महिना समय थप
इन्जिनियर्स एसोसियसनको बीमा कार्यक्रममा सहभागी हुन एक महिना समय थप

नेपाल इन्जिनियर्स एसोसियसन (नेइए) ले बीमा कार्यक्रममा यो बर्ष सहभागि हुन असार मसान्तसम्म समय रहेकोमा एक महिना समय थप गरिएको छ ।
एसोसियसनले मंगलबार सूचना जारी गर्दै श्रावण मसान्त भित्र यस अघि छुटेकाहरुलाई सदस्यता लिइसक्न वा यसअघि नै सदस्यता लिइसकेकालाई नविकरण गर्न आग्रह गरेको छ ।
एसोसियसनले असार मसान्त सम्म बीमा कार्यक्रका लागी प्रक्रिया पुगेका १२ हजार एक सय इन्जिनियरहरुको दश लाख बराबरको दुर्घटना बीमा सम्पन्न भएको ५७ औं इन्जिनियर दिवसको कार्यक्रममा घोषणा भएको थियो ।
बीमाका लागि छुट्टै कुनै शूल्क लाग्दैन । बीमा शूल्क नेइएले नै तिर्छ । मात्रै एसोसियसनको सदस्यता लिएको र निरन्तर सदस्यता नवीकरण गरेको भए पुग्ने एसोसियनले जनाएको छ ।
एसोसियसनमा आवद्ध १२ हजार एक सय इन्जिनियरहरुको प्रति इन्जिनियर दश लाख बराबरको दुर्घटना इन्सुरेन्स गराउने कार्यक्रम साउन १ गते देखि लागू भैसकेको छ ।
एसोसियसनको नयाँ सदस्यताका लागि ७५०, नविकरणका लागि ५०० र आजिवन सदस्यताका लागि ५५ सय शुल्क लाग्ने ब्यवस्था छ ।
नयाँ सदस्यता वा नविकरण नेइएको केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुर तथा सम्बन्धित प्रदेश केन्द्रबाट एशोसिएसनको वेबसाइटबाट http://www.neanepal.org.np मार्फत अनलाइन सदस्यता आवेदन तथा नविकरण गर्न सकिने व्यवस्था गरिएको छ ।