संसद पुन:स्थापना भएसंगै इन्जिनियरिङ विधेयक अगाडी बढ्ने

संसद पुन:स्थापना भएसंगै इन्जिनियरिङ विधेयक अगाडी बढ्ने


इन्जिनियर्स नेपाल |  फागुन १६, २०७७,


engineersnepal.com

सर्वोच्च अदालतले प्रतिनिधी सभा पुनस्थापना गरेसंगै इन्जिनियरिङ विधेयक पनि अगाडी बढ्ने भएको छ । प्रतिनिधी सभाको विकास समितिमा दफावार छलफलमा रहेको नेपाल इन्जिनियरि परिषद् (पहिलो संशोधन) विधेयक अगाडी बढ्ने भएको हो ।  

नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष ई.डिल्लीरमण निरौलाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङसंग विधेयक अगाडी बढाउने विषयमा कुरा भैसकेको बताएका छन् । 


ADVERTISEMENT

‘परिषद्को तर्फबाट गर्नुपर्ने लविङको काम हामीले गर्ने हो,’ निरौलाले भने ‘विकास समिति सभापति र मन्त्रीसंग विधेयक अगाडी बढाउन अनुरोध गरेका छौं।’
उनले विधेयक विकास समितिबाट समेत पास भैसकेको बताउँदै प्रतिनिधी सभाको पहिलो वैठकमै पेश गर्न सकिने अवस्थामा रहेको जानकारी दिए । 

प्रतिनिधी सभाको वैठक सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २३ गते आब्हान गरेकी छन् । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गरेसंगै संसदमा रहेका विधेयक समेत अन्यौलमा रहेको थियो । 

संशोधन विधेयकमा इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीले इन्जिनियरिङ लाइसेन्सको लागि परिक्षा दिनुपर्ने व्यवस्था रहेको छ । हालसम्म इन्जिनियरिङ विषयमा स्नातक तह पास गरेका आधारमा विद्यार्थीले परिषद्बाट लाइसेन्स पाउँदै आएका छन् । 
 



Your Comments