इन्जिनियर्स दिवसको अवसरमा गण्डकी प्रदेशको साताव्यापी कार्यक्रम

इन्जिनियर्स दिवसको अवसरमा गण्डकी प्रदेशको साताव्यापी कार्यक्रम


इन्जिनियर्स नेपाल |  असार २७, २०७६, कास्की


engineersnepal.com

नेपाली इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेश समितिले ५७ औं इन्जिनियर्स दिवसको अवसरमा साताव्यापी विविध कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।

एशोसिएसनले ‘समृद्ध नेपाल निर्माणका लागि इन्जिनियरिङ सेवा’ नाराका साथ सातै प्रदेशमा ५७ औं इन्जिनियरिङ दिवस यही साउन ३ गते मनाउन लागेको हो । 

नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेशका अध्यक्ष बाबुराम भण्डारीले साताव्यापी कार्यक्रम गरेर इन्जिनियर्स दिवस मनाउने तयारी रहेको बताए । 

शनिबारबाट पोखरा होटल ग्रान्डमा सुरु हुने साताव्यापी कार्यक्रममा असार २८ र २९ गते इन्जिनियरबीच फुटसल टुर्ननामेन्ट, ३० र ३१ गते ब्याडमिन्टन, साउन १ गते स्टेसनरी डिस्ट्रिब्युसन, कलर डिस्ट्रिब्युसन  र प्लान्टेसनलगायतका कार्यक्रम रहेको गण्डकी प्रदेश अध्यक्ष भण्डारीले इन्जिनियर्स नेपाललाई जानकारी दिए । 

साथै  ‘वुमन इन्जिनियर टक सो प्रोग्राम’, टेक्निकल जर्नल, ३ गते इन्जिनियरिङ विकासमा पूर्वाधार चुनौती विषयक बहसलगायतका कार्यक्रमहरु रहेका छन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पूर्व योजना आयोगका अध्यक्ष रमेशचन्द्र पोखरेल, मुख्यमन्त्रीलगायतको उपस्थिति रहने आयोजकले जनाएको छ । 



Your Comments