अध्यादेश मार्फत इन्जिनियरिङ लाइसेन्सको परीक्षा गराउने कुरामा सत्यता छैन: अध्यक्ष निरौला

अध्यादेश मार्फत इन्जिनियरिङ लाइसेन्सको परीक्षा गराउने कुरामा सत्यता छैन: अध्यक्ष निरौला


इन्जिनियर्स नेपाल |  माघ १४, २०७७,


engineersnepal.com

नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष डिल्लीरमण निरौलाले अध्यादेश ल्याएर इन्जिनियरिङ लाइसेन्सको परीक्षा गर्ने विषय हल्ला मात्रै भएको बताएका छन् । उनले केहि मिडियामा अहिले नै इन्जिनियरिङ लाइसेन्सको लागि परिक्षा गर्ने भन्ने विषयका सुचनाको खण्डन गरेका हुन् । 

सरकारले नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५ संशोधन गर्न ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६ ल्याएको  थियो । संशोधित ऐनमा इन्जिनियरिङ काउन्सिलले लिने परीक्षा पास नगरी इन्जिनियरिङ लाइसेन्स प्राप्त गर्न नसक्ने व्यवस्थासहितको विधेयक दर्ता भएको थियो । उक्त विधेयक राष्ट्रिय सभाबाट पास भएर प्रतिनिधि सभामा पेश भएको थियो । तर प्रतिनिधी सभा विघटनसंगै अन्यौलमा परेको छ । 


ADVERTISEMENT

‘बाहिर हल्ला आएजस्तो अध्यादेश ल्याएर परिषद्बाट इन्जिनियरिङ लाइसेन्सको परिक्षा हुँदैन,’ निरौलाले भने ‘राष्ट्रिय सभाबाट पासभएको संशोधन विधेयक प्रतिनिधी सभाले पास गरेपछि मात्रै परिषद्ले परिक्षा लिन्छ।’

उनले प्रतिनिधी सभा पुनःस्थापना  वा नयाँ निर्वाचनबाट आएपछि मात्रै संसोधित  विधेयक पास हुने बताए । त्यसअघि पुरानै व्यवस्था अनुसार इन्जिनियरले लाइसेन्स प्राप्त गर्न सक्ने उनले जानकारी दिए । अहिले काउन्सिलमा सुचिकृत भएका विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तह पास गरेपछि परिषद्ले लाइसेन्स दिदै आएको छ । 



Your Comments