काउन्सिलको लाइसेन्स नपाएपछि विद्यार्थीद्वारा पूर्वाञ्चल क्याम्पस तालाबन्दी

काउन्सिलको लाइसेन्स नपाएपछि विद्यार्थीद्वारा पूर्वाञ्चल क्याम्पस तालाबन्दी


इन्जिनियर्स नेपाल |  असार २६, २०७६, सुनसरी


engineersnepal.com

इन्जिनियरिङ अध्ययन संस्थान, पूर्वाञ्चल क्याम्पसमा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन सकेका विद्यार्थीहरुले क्याम्पस प्रशासन तालाबन्दी गरेका छन् ।  इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थीहरुले क्याम्पसलाई नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता प्रक्रिया अगाडि बढाइदिन,  तत्कालका लागि अस्थायी दर्ता प्रमाणपत्रको व्यवस्था गरिदिन माग राख्दै क्याम्पस प्रशासन बन्द गराएका हुन् । 

 विद्यार्थीहरुले विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनले आफ्ना माग पूरा नगरेको भन्दै अनिश्चितकालिन क्याम्पस प्रशासन बन्दको घोषणा गरेका छन् । 

इलेक्ट्रिकल इन्जिनियरिङ विद्यार्थी समाजका अध्यक्ष सुरज गोसाइले इलेक्ट्रिकल विषय पढाइ भएको चार वर्ष भइसक्दा पनि परिषद्मा इलेक्ट्रिकल संकाय क्याम्पसले दर्ता नगराएकाले बाध्य भएर तालाबन्दी गरेको बताए ।

‘यो भन्दा अगाडिका दाइहरु पास भएर जानु भयो तर, इन्जिनियरिङ काउन्सिलबाट लाइसेन्स आएन । हामीले विद्युत प्राधिकरणले खुालएको विज्ञापनका लागि फाराम भर्न मिलेन’, उनले इन्जिनियर्स नेपालसँग कुरा गर्दै भने, ‘पास आउट भएर फाराम भर्न मिलेन भने किन पढ्नु ? साउन २ गते विद्युत प्राधिकरणको फाराम भर्ने अन्तिम मिति हो । यदी भएन भने हामी क्याम्पस नै बन्द गरिदिएका हौं । 

 



Your Comments