पूर्वाधार बहस कार्यक्रममा ड्याम र टनेलको निर्माणसँगै जोखिमबारे टिप्पणी

पूर्वाधार बहस कार्यक्रममा ड्याम र टनेलको निर्माणसँगै जोखिमबारे टिप्पणी


इन्जिनियर्स नेपाल |  मंसिर २०, २०७६, ललितपुर


#
engineersnepal.com

नेपाल इन्जिनियर्स एशोसिएसन (नेईए)को आयोजनामा ‘रेजिलेन्ट ड्याम्स एन्ड टनेल्स् फर इकोनमिक डेभलपमेन्ट’ विषयक पूर्वाधार बहस शुक्रबार उपत्यकामा सम्पन्न भएको छ । 

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनको प्रमुख आथित्यमा भएको कार्यक्रममा विभिन्न विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । साथै, सो कार्यपत्रमाथि टिप्पणीसमेत गरिएको थियो ।


ADVERTISEMENT

सो अवसरमा ड्याम सेफ्टी एक्सपर्ट मोहननाथ आचार्य र टनेल एक्सपर्ट प्रा.डा. कृष्ण पन्थीले कार्यपत्र पेश गरे । कार्यपत्रमा नेपालमा टनेल र ड्यामको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय अभ्यास, प्राविधिक पक्ष, यस क्षेत्रमा इन्जिनियरिङ शिक्षाको आवश्यकता, सरकारको कर्तव्य र सहयोगबारे उल्लेख थियो । 

कार्यपत्रमाथि ड्याम डिजाइन एक्सपर्ट डा. हरि शंकर श्रेष्ठ र स्काफ्का उपाध्यक्ष टुकलाल अधिकारीले टिप्पणी गरेका थिए। उनीहरुले ड्याम र टनेलको निर्माणसँगै यसका जोखिमसँग जुध्ने प्रविधिको आवश्यकता रहेको उल्लेख गरे ।

कार्यक्रममा प्रमुख अतिथि पुनले इन्जिनियरिङ क्षेत्रको अध्ययन, अनुसन्धान र परामर्श क्षेत्रमा राज्य तत्पर रहेको बताए । ‘अघिल्लो वर्ष उर्जा, जलश्रोत तथा सिंचाईमन्त्रीले यसका लागि ५ करोड छुट्याएको थियो । अहिले बजेट बढेर २० करोड पुगेको छ’ पुनले भने । 

जलस्रोत तथा सिंचाई विभाग, नेपाल जियो टेक्निकल सोसाइटी र स्काफ् नेपालसँगको सहकार्यमा भएको कार्यक्रममा नेपालमा पानी, कुलो, सिंचाई र ड्यामको वर्तमान अवस्था र भविष्यमा कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा विज्ञ र इन्जिनियरसहित दुई सय जनाको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण नेईएका उपमहासचिव कपिल आचार्यले गरेका थिए । 



Your Comments