कोटेश्वर–कलंकीजस्तै सुन्दर बन्नेभयो कलंकी–महाराजगञ्ज सडक

कोटेश्वर–कलंकीजस्तै सुन्दर बन्नेभयो कलंकी–महाराजगञ्ज सडक


इन्जिनियर्स नेपाल |  मंसिर १८, २०७६, काठमाडौं


#
engineersnepal.com

चीन सरकारको सहयोगमा चक्रपथको दोस्रो चरणको विस्तारका लागि कलंकी–महाराजगञ्ज सडकमा तयारीका काम सुरु गरिएको छ । रुख काट्ने, विद्यु्तका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका आवश्यक तयारीका काम भइरहेका छन् ।
 
सडक पहिले खाली गराएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरेर निर्माणको काम सुरु हुने सडक विभागले जनाएको छ । सडकको अधिकार क्षेत्रमा रहेका घर हटाउन भने बाँकी नै छ ।  मुआब्जा वितरण भएपछि सो प्रक्रिया अघि बढ्ने छ ।

कोटेश्वर–कलङ्की सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले यस सडकको निर्माण सुरु पहिले नै सबै अवरोध हटाउन लागिएको हो । 


ADVERTISEMENT

सडकमा दुई ‘अण्डर पास’, प्रत्येक एकएक किलोमिटरमा आकाशे पुल र मुख्य लेनको बीचमा डिभाइटर राख्ने प्रस्ताव सडक विभागले गरेको छ । सोअनुसार बालाजु चोकमा ‘ओभर पास’ र महाराजगञ्ज चोकमा ‘अण्डर पास’  निर्माण गरिने छ । 


आठ लेनको सडकमा चार लेन अण्डरपासमा र चार लेन माथिल्लो सडकमा हुनेछ । आठ किलोमिटर लम्बाइको सडक विस्तारको काम चैतसम्ममा सक्ने गरी तयारी गरिरहेको छ। 
 



Your Comments